Author: Syangja Sandesh

स्याङ्जा ३ चैत । मदिरा ब्यवसायी संस्था स्याङ्जाको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । तीन जना ब्यवसायीलाई सम्मान, सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत नगद सहयोग लगायत बिबिध कार्यक्रम गर्दे साधारणसभा गरिएको हो । पुतलीबजार नगरपालिका १ प्रगतीनगर स्थित ब्लु पर्ल पार्टी प्यालेसमा शनिवार सम्पन्न साधारणसभाको उदघाटन गर्दै मदिरा ब्यवसायी संघ गण्डकी प्रदेशका गोबिन्द बहादुर केसीले मदिरा ब्यवसायलाई हेर्ने सरकारको दृष्ट्रिकोण सकारात्मक हुनुपर्ने बताउनुभयो । राजश्व संकलनमा २० प्रतिशत भन्दा बढी योगदान पुरयाएको मदिरा ब्यवसायीका हितका पक्षमा समेत राज्य ध्यान दिन नसकेको उहाँले भन्नुभयो । कोरोना संक्रमणका समय भन्दा अहिलेको आर्थिक मन्दिका कारण धेरै मदिरा ब्यवसायी पेशाबाट विस्थापित बन्नु परेकोमा दुखेसो…

Read More

काठमाडौँ १ चैत । चार रुपैंयामा कपाल काटेर बिस्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको उदघाटन गर्दै बुढानिलकण्ठ नगरपालिका प्रमुख मीठाराम अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक बिक्रम गौतम लगायत सलुनलाई बधाई एंव शुभकामना दिनुभयो । उहाले यसरी आफनै मुलुकमा बसेर ब्यवसाय गर्ने युवालाई आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । वडा नं १० का वडाध्यक्ष नमराज भट्टराई, वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, समाजसेवी हरि निरौलाले संचालक एवं मेकअप आर्टिस्ट बिक्रम गौतमको मेहनत र संघर्षले यो स्थानसम्म आइपुगेको भन्दै खुशी ब्यक्त गर्नुभयो । सोही कार्यक्रममा कलाकार दीपक आचार्य…

Read More

स्याङ्जा १ चैत । दुई÷तीन बर्षका तुलनामा यसबर्ष स्याङ्जामा कफी उत्पादनमा बृद्धि भएको छ । सुन्तला जस्तै स्याङ्जामा कफीको पनि राम्रो उत्पादन हुने भुगोल हो । जिल्ला कफी सहकारी संघ लिमिटेड स्याङ्जाका अनुसार यसबर्ष ३० हजार किलो पार्चमेन्ट कफी उत्पादन हुने अनुमान छ । जसका निम्ती १ लाख ५० हजार किलो कफी फलेको सहकारीका अध्यक्ष फणिनारायण अर्यालले जानकारी दिनुभयो ।उहाका अनुसार गतबर्ष १६ मेट्रिक टन अर्थात १६ हजार किलो कफी उत्पादन भएको थियो । कफीबाटै यसबर्ष स्याङ्जाले झण्डै २ करोड आम्दानी गर्ने लक्ष्य लिएको छ । किसानका लागि फ्रेसचेरी (बोटबाटै टिपेर ल्याएको राता दाना) को प्रतिकिलो मूल्य १ सय १३…

Read More

स्याङ्जा ३० फागुन । च्याम्बर अफ कमर्श गल्याङ्द्धारा जिमुवामा आयोजित आलु तथा कृषि प्रर्दशनीमा लालीगुराँसको जुसले चर्चा एवं प्राथमिकता पाएको छ । गल्याङ् नगरपालिका ६ स्थित भाल्थुम सामुदायिक होमस्टेद्धारा संचालित स्टलमा राखिएका मध्ये लालीगुराँस फूलको जुस प्राथमिकतामा परेको हो । लालीगुराँस फुलको सदुपयोग गर्दे होमस्टे संचालकले फूलैफूलको रस खुवाएको जानकारी दिनुभयो । बर्र्षौदेखि खेरा गएको लालीगुराँस फूलको सदुपयोग गर्दै उहाहरुले राम्रो आयआर्जन गर्न सफल भएका छन । होमस्टेका अध्यक्ष तीलबहादुर तरामगरका अनुसार, ‘लालीगुराँस बहुउपयोगी मानिन्छ। माछा खादाँ घाटीमा काडाँ अड्कियो भने पनि लालीगुराँसको फूल खाएमा सञ्चो हुन्छ भने लालीगुराँसको जुसले गर्मि हटाउछ। मासिको औषधी पनि हो। मौसममा फुल सुकाउने र…

Read More

स्याङ्जा, ३० फागुन । वालिङ नगरपालिकाले दुघ किसानलाई प्रति लिटर दुधमा १० रुपैया अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०(८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर कार्यक्रम तथा गाइ भैसी प्रवद्धन कार्यक्रम अन्तरगत वालिङ नगरपालिका र अकला नमुना कृषि सहकारी संस्था विच सम्झौता भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । अकला नमुना कृषि सहकारी संस्थाले उपलब्ध गराएको पास बुककोमा भएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा १० रुपैया उपलब्ध गराउनेछ । नमुना कृषि सहकारीले नगरपलिकाको सम्झौता अनुसार दैवि प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा ३५० दिन किसानको दुध खरिद गर्नुपर्नेछ । सहकारी संस्थाले हरेका एक महिनामा दुइ पटक संकलित दुधको…

Read More

स्याङ्जा २९ फागुन । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजदेखि शुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरू दिनभर निराहार बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअघि नै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बतको रमजान नवौँ महिना हो । रमजानमै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको…

Read More

स्याङ्जा २७ फागुन । गण्डकी प्रदेश सांसद महेश भट्टराईले गल्याङ आलुका लागि उर्वरभूमि रहेको जानकारी गराउन चेम्बरले कृषि कार्यक्रमलाई महत्व दिएर कृषि प्रदर्शनी कार्यक्रमको आयोजना गरेको बताउनुभएको छ । उहाले आलुका माध्यमबाट गल्याङ्लाई चिनाउनुका साथै यहाका किसानको आर्थिक अवस्था उकास्न सकिनेमा समेत जोड दिनुभयो । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा जिमुहाँमा आयोजित ३ दिने आलु तथा कृषि प्रदर्शनी दोस्रो गल्याङ नगर कृषि प्रदर्शनीको आधार,आलु तथा अन्य बीउमा आत्मनिर्भर भन्ने मुन नाराका साथ आयोजित दोस्रो आलु तथा कृषि प्रदर्शनीको उद्घाटन गर्दै सांसद भट्टराईले सो कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो प्रदेशसरकारले धेरै सहयोग गरेको छ बीउ खरिदमा ७५प्रतिसत अनुदान…

Read More

स्याङ्जा २७ फागुन । वालिङमा स्थित आँधिखोला सञ्चार सहकारी संस्थाको छैटौं अधिवेशनले शान्ता थापाको अध्यक्षतामा सञ्चालक समिति चयन गरेकोे छ । समितिको उपाध्यक्षमा ताराप्रसाद श्रेष्ठ, सचिवमा हिमलाल पराजुली र कोषाध्यक्षमा विमल अर्याल रहनुभएको छ ।सदस्यहरुमा अमृतप्रसाद खनाल, लोकनाथ अर्याल, श्रीकृष्ण सिग्देल, ध्रुव पङ्गेनी, हिमबहादुर विक, टङ्कप्रसाद तिवारी, चक्रबन्धु रेग्मी, ओमप्रसाद शर्मा र गोपाल जिटी सर्वसम्मत चयन हुनुभएको हो । लेखा सुपरिवेक्षण समितिको संयोजकमा तोयनारायण रेग्मी र सदस्यमा छायाँदेवी अधिकारी र खुमा कोइराला अर्याल चयन निर्वाचन संयोजक धु्रव शर्मा पङ्गेनीले जानकारी दिनुभयो । विस २०६३ सालमा स्थापित सहकारी संस्थाले २०६४ को मंसिर ६ गते सामुदायिक रेडियो आँधिखोला १०५.४ मेगाहर्जको परिक्षण प्रसारण…

Read More

स्याङ्जा २७ फागुन । नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं प्रदेश सांसद कल्पना तिवारीले प्राप्त अवसरको सदुपयोग गर्दै अघि बढ्न सुझाव दिनुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ स्याङ्जको प्रथम अधिवेशनको उदघाटन गर्दे उपसपभाति एवं सांसद तिवारीले नेपाली कांग्रेसले २०५५ सालमा जनजाती महासंघ गठन गरेर महिला, दलित, जनजाती र अल्पसंख्यक जातीलाई राज्यका मूलधारमा ल्याउने नीति अघि सारेको स्मरण गराउनुभयो । धेरैका लागि अवसर भए ता पनि सो अवसर लिन नसकेकोमा उहाले चिन्ता ब्यक्त गर्नुभयो । सांसद तिवारीले भन्नुभयो, ‘मैले जति पाएको अवसर तथा सेवा सुबिधा तपाईंहरुले पनि उपयोग गर्ने अवसर मिलोस् भन्ने मेरो लक्ष्य हो ।’ जनजाती बर्गको हित…

Read More

स्याङ्जा २७ फागुन । पुतलीबजार नगरपालिका १४ स्थित आमडाँडामा नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गरिएको छ । वडा कार्यालय भवनको संघिय सांसद राजु थापाले उदघाटन गर्नु भएको हो । भवन उदघाटन गर्दै सांसद थापाले आफनै भवनबाट कार्यालयका सेवा सुबिधा पाउनेभएपछि वडाबासीलाई सेवाप्राप्तिमा सहज हुने बताउनुभयो । धेरै वडा कार्यालयले भाडामा लिएर कार्यालयका सेवा प्रवाह गरिरहेका बेला १४ वडाले सुबिधासम्पन्न भवन निर्माण गरेकोमा खुशी ब्यक्त गर्दे धन्यवाद दिदै आउदा दिनमा कार्यालयलाई आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुद देवी अर्याल, नगर प्रवक्ता मनोज पौडेल, पुतलीबजार नगरपालिका ८ का वडाअध्यक्ष इमबहादुर सेन, नेपाली काग्रेसका सहसचिब धु्रवबन्धु पौडेल, एकिकृत समाजवादीका…

Read More

स्याङ्जा २६ फागुन । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति स्याङ्जाले शनिवार २५ औं प्रतिनिधिसभा स्याङ्जा सदरमुकाममा सम्पन्न गरेको छ । सभाको उदघाटन गर्दे पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले दक्ष जनशक्ति निर्माण गर्ने जिम्मा गुरुबर्गको रहेको बताउनुभयो । उहाले शिक्षकका हक, हित, अधिकार सुनिश्चििताका लागि शिक्षा आफु र आफनो पार्टी प्रतिवद्ध रहेको जनाउनुभयो । शिक्षा ऐन संशोधनको अन्तिम गृहकार्यमा पुगेको बताउदै बर्तमान अनपेक्षित घटनाले सो कार्य रोकिएको जानकारी गराउनुभयो । नेपाली कांग्रेस हिजो पनि ठूलो पार्टी थियो । आज पनि छ र भोली पनि ठूलो नै रहने दावी गर्नुभयो । हात्ती लम्कने हो । भुक्नेहरु भुकिरहन्छ उहाले भन्नुभयो…

Read More

स्याङजा २४ फागुन । नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको ३९ औं जिल्ला सभा स्याङजा सदरमुकाममा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्र्दै संघिय सांसद राजु थापाले जुन सुकै वादका पछि लागेपनि अन्तिम गन्तब्य भने मानव सेवा नै भएको बताउनुभएको छ । क्षणिक स्वार्थका लागि मानवले नै मानवमाथि आक्रमण गरिरहेको उहाले भन्नुभयो । संसारकै मानवीय क्षमता बिशिष्ट रहेको जनाउदै उहाले रेडक्रसको स्थापना भन्दा पहिला नै नेपालमा गौतम बुद्धले मानवता सिकाएको स्मरण गराउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, नेपाली कांग्रेसका सहसचिव धुवबन्धु पौडेल, रेडक्रस सोसाइटीका पूर्व केन्द्रिय सदस्य हिरादेवी शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष…

Read More

स्याङजा २४ फागुन । ११४ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर पुतलीबजार नगरपालिकाले शुभकामना आदानप्रदान सहित एकल महिलालाई रातो टिका सहित रातो पछ्यौरी लगाई दिने कार्यक्रम गरेको छ । पुतलीबजार नगरपालिकको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङजाको सहआयोजनामा महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ दिवस मनाइएको हो । कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले उपप्रमुख देवी अर्याललाई रातो दोसल्ला प्रदान गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रेग्मीले सभ्य र समुन्नत समाज विकासमा एकल महिलाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले एकल महिलाको हकअधिकारको सुरक्षाकालागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता…

Read More

स्याङ्जा २३ फागुन । स्याङजा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले नवआगन्तुक कार्यालय प्रमुखलाई स्वागत एवं सम्मान गरेको छ । संघका नवनिर्वाचित पदाधिकारी सहित सदस्यहरुले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक शालिकराम पौडेल, अनुसन्धान कार्यालय प्रमुख सुशान्त बराल, ट्राफिक प्रमुख कृष्णबहादुर मल्ल र करदाता कार्यालय प्रमुख बिजय भुषाललाई स्वागत गरेको छ । संघको कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकार सुनिता नेपालले प्रहरी, प्रशासन र उद्योग वाणिज्य संघबीच सहकार्य गर्दै ब्यवसायी र उपभोक्ताका हितका पक्षमा काम गर्ने बताउनुभयो । उहाँले जथाभावी पार्किङ, होडिङ बोर्ड, फुटपाथ अतिक्रमणका कारण पैदल यात्रुलाई नकरात्मक असर पारेको जनाउदै यसका नियन्त्रणका लागि स्थानीय पालिका,…

Read More

स्याङ्जा २३ फागुन । पुतलीबजार नगरपालिकाको आयोजना तथा वी एम फाउण्डेशनको प्राबिधिक सहयोगमा पुतलीबजार नगरपालिका १३ स्थित कालिका माध्यमिक बिद्यालयमा आखाँ उपचार शिविर गरिएको छ । शिविरको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले अति संवेदनशील अंग आँखाको संरक्षण तथा अवस्थाका बारेमा जानकारी लिने उदेश्यले पुतलीबजारले वीएम फाउण्डेशन संग सहकार्य गर्दै शिविर संचालन गरेको बताउनुभयो । आखा शिविरबाट बिद्यालय परिवार र स्थानीय नागरिकसले समेत सेवा लिन पाउने अवसर नगुमाउन उहाले आग्रह गर्नुभयो । एकै पटक सबै वडामा संभव नभएकाले यसपटक नगरपालिका भित्रका ३ वटा वडाका ३ वटा बिद्यालयमा आखाँ शिविर गर्ने पनि उहाले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक पुतलीबजार नगरपालिका ९…

Read More