स्याङ्जा ९ असोज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षामा स्याङ्जाका सहभागी परिक्षार्थीमध्ये करिब ३४ प्रतिशत ग्रेडेड (उत्तीर्ण) र ६६ प्रतिशत ननग्रेड भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यका अनुसार, ‘एसईईको ग्रेड बृद्धितर्फ ३३ दशमलब ४८ प्रतिशत उत्र्तीण भए। परिक्षार्थी मध्ये ग्रेडबृद्धिमा ७१७ जना विद्यार्थी सफल भएका छन् । सहभागी मध्ये एक हजार ४२४ जना ननग्रेडेड भए। ननग्रेडेड हुने ६६ दशमलब ५१ प्रतिशत छ । दुइ हजार १४१ बिद्यार्र्थी ग्रेड परिक्षामा सहभागि थिए ।’ ग्रेडेड अन्र्तगत ३.६ देखि ४ जिपिए ल्याउनेमा ४ जना छन्। यसैगरी, ३ दशमलब २ देखि ३ दशमलब ६ जिपिए…
Author: Syangja Sandesh
स्याङ्जा ८ असोज । स्याङ्जामा भदौ अन्तिम दिनसम्म २ सय ७ जनामा डेङ्गीको संक्रमण देखिएको छ । यो तथ्यांक जिल्ला अस्पताल सहित जिल्लाका १० पालिकाको हो । चालु आर्थिकबर्षको २ महिनामा जिल्लाका १० वटा पालिका र जिल्ला अस्पताल समेतगरी २ सय ७ जनामा डेगी संक्रमित भएको स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ । ल्याब अधिकृत पृथ्वी लामिछानेका अनुसार, ‘साउन महिनामा ८२ जना संक्रमित थिए । यहाँका ११ पालिका मध्ये फेदिखोला गाउँपालिका बाहेक सबै पालिकामा संक्रमित भेटिएका छन ।पाँच नगरपालिका र ६ गाउँपालिका मध्ये गल्याङ्मा सबैभन्दा धेरै ५७ जनामा संक्रमण पुष्टी भएको छ । यसपछि क्रमशः भीरकोट नगरपालिकामा ४१ जना, जिल्ला अस्पताल…
स्याङ्जा ८ असोज । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना तथा आँधीखोला गाउँपालिकाको ब्यवस्थापनमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरिएको छ । स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी मंगलबार आँधीखोला गाउँपालिकामा सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रमको उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले स्याङ्जा प्रशासन कार्यालय मार्फत उपलब्ध हुने सेवा प्रवाहका बारेमा पालिकामा बसेर जानकारी पाउनु सुखद पक्ष रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी समक्ष आफना समस्या तथा कठिनाइएका बारेमा प्रत्यक्ष जानकारी गराउन पाएको अवसरको सदुपयोग गर्न सुझाव दिनुभयो । पालिकाबासीको सकारात्मक सहयोगले आँधीखोलालाई समुन्नत बनाउने उहाले बताउनुभयो । उहाले भन्नुभयो, ‘जसले पालिकामा बसेर सुखदुखमा साथ दिएका छन् उहाहरुका…
स्याङ्जा ५ असोज । जिल्ला क्रिकेट संघ स्याङ्जाको तेस्रो साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले क्रिकेट खेलका लागि नेपाली खेलाडीको भविष्य उज्जवल देखिएकाले संघ, प्रदेश र स्थानीय सरकार बढी जिम्मेवार बनेर खेलाडीलाई सहयोग गर्नु पर्ने बताउनुभयो । क्रिकेट खेलाडीका लागि नियमित अभ्यास उपयुक्त खेलमैदान आवश्यक पर्ने भएकाले यसतर्फ सरोकारवाला सबैको ध्यान जानु पर्ने उहाको भनाई छ । स्याङ्जामा क्रिकेटका खेलाडी राम्रा उत्पादन भएको र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सहभागिता जनाउने सक्ने गरि खेलमा प्रर्दशन गर्नु उत्कृष्ठ कार्य भएको बताउनुभयो । राज्यले खेलाडीलाई स्वदेशमै टिकाउने र जिबिकोपार्जन हुने खालका निती अवलम्बन गर्नु पर्नेमा…
स्याङ्जा ५ असोज । पुतलीबजार नगरपालिका अन्र्तगतको प्रगतीनगर — बहाकोट— नाम्चे— काल्खु कच्ची पक्की मोटरबाटो निर्माण कार्य कार्यान्वयनमा भएका अवरोध हटाई परियोजना संचालन गर्नका लागि सरोकारवाला पक्ष सहमत भएका छन् । शनिवार बिहान पुतलीबजार नगरपालिकाको सभाहलमा भएको कार्यदल सहित सरोकारवालीबीच भएको बैठकमा ४ वुदे सहमति भएपछि आजसम्म भएका अवरोध हटाई परियोजना संचालन हुन दिने सहमती जुटेको हो । जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङजाका प्रमुख श्रीप्रसाद घर्ति, उपप्रमुख खडगराज सुवेदी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी पौडेल, प्रहरी उपरीक्षक शालिकराम शर्मा, उपभोक्ता समिति, लगायत वडा नं. १४ का सरोकारवाला ब्यक्ति…
स्याङ्जा ४ असोज । पुतलीबजार नगरपालिका अन्र्तगतको प्रगतीनगर — बहाकोट— नाम्चे— काल्खु कच्ची मोटरबाटो निर्माण कार्यलाई सहज बनाउनेगरी छलफल भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा हिजो आयोजित छलफलमा सहभागी सरोकारवालाले जिल्लाकै नमूना मोटर बाटो निर्माणका लागि अवरोध गर्न नहुनेमा जोड दिनुभएको छ । ढुंगाा, गिटी, बालुवा उत्खनन, संकलन सहित क्रसर संचालनका लागि स्थानीयको बिरोधले निर्माण कार्य ढिलाई एवं प्रभावित भए पछि जिल्ला अनुगमन समितिले छलफलका लागि सरोकारवालालाई बोलाई छलफल गरेको हो । जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङजाका प्रमुख श्रीप्रसाद घर्तिले समस्यालाई समाधान गर्ने बिबिध उपाय हुने जनाउदै नगरको गौरबको आयोजनालाई प्रभावित बनाउन नहुने बताउनुभयो ।…
स्याङ्जा ४ असोज । नेपाल प्रजातन्त्र सेनानी संघ स्याङ्जाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले १७ सदस्यीय कार्य समिति गठन गरेको छ । स्वतन्त्र सेनानी ताराप्रसाद सुवेदीको अध्यक्षतामा नेपाल प्रजातन्त्र सेनानी संघ स्याङ्जाको कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा टीकाराम ढकाल, सचिवमा लक्ष्मण भट्टराई, कोषाध्यक्षमा भक्तबहादुर मल्ल रहनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा रामकृष्ण अधिकारी, जीवलाल काफ्ले, बोधराज रेग्मी (गोविन्द), दीर्घनारायण अर्याल, अम्विकादेवी पौडेल, रामनाथ शर्मा, मेघबहादुर खड्का, हिरण्य आचार्य, खगराज भट्टराई, गीता भट्टराई, कर्मवीर नेपाली, ओमनाथ शर्मा र रामबहादुर आले चयन हुनुभएको छ । नवनिर्वाचित समितिलाई नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति विश्वप्रेम अधिकारीले प्रजातन्त्र प्राप्तीका लागि उहाँहरुका योगदान अतुलनीय रहेको…
काठमाण्डौं ३ असोज । शिर्ष पाँचमा पुग्न महत्वपूर्ण मानिएको खेलमा वालिङ नगरपालिकाले बिहीवार जारी महिला फुटबल लिगमा वागमती युथ क्लवमाथि फराकिलो जित निकालेको छ । लिगको शिर्ष पाँचभित्र अटाउने टोलीले सुपर लिगको यात्रा तय गर्नेछ । त्यसैले शिर्ष पाँचका दाबेदार मानिएको वालिङ र सघंर्षरत वागमती दुवैका लागि यो खेल महत्वपूर्ण थियो । तर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स फुटबल मैदानमा वालिङ हाबी भयो र महत्वपूर्ण तीन अंक पनि प्राप्त ग¥यो । वालिङको जितमा विदेशी खेलाडी सिसी एनटोङ्गो र ज्याकलिन नसालीको प्रदर्शन उत्कृष्ट रह्यो । जितसँगै ६ खेलबाट १२ अंक जोड्दै वालिङ चौथो स्थानमा उक्लिएको छ । यता शिर्ष पाँचकै दाबेदार वागमती भने…
स्याङ्जा ३ असोज । जिल्ला समन्वय समिति स्याङ्जा र पुतलीबजार नगरपालिकाको संयुक्त आयोजनामा बिहीवार संबिधान दिवस एवं राष्ट्रिय दिवस मनाइएको छ । पञ्चेबाजा र नेवारी बाजागाजा सहित बिभिन्न जातीय भेषभुषामा निस्किएका नगरबासी र निजामति तथा अन्य कर्मचारी, सुरक्षाकर्मी, बिभिन्न पेशा ब्यवसायमा आवद्ध ब्यक्तिहरुको उल्लेख्य सहभागितामा बिहान प्रभातफेरि सहित शुभकामना आदानप्रदानगरी दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रम शुभारम्भमा प्रहरी, सेना, सशस्त्र बल नेपालबाट १÷१ टुकडी सलामी अर्पण गरिएको थियो । त्यसपछि, प्रभातफेरिमा भिमसेनस्थान मन्दिर हुदै अदालत लाईन — अभियानपथ — लोकतान्त्रिक चोक — वीपीचोक — चौकी— हुलाक मार्ग— रेडियो चोक — सहिदचोक हुदै पुन ः प्रशासन कार्यालयमा पुगेर…
स्याङ्जा २ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर आधारभूत तह र माध्यमिक तहका विद्यार्थीहरुको लागि अर्जुनचौपारी गाउँपालिकामा छुट्टाछुट्टै विषयमा बक्तृत्वकला प्रतियोगिता गरिएको छ । संस्कार शिक्षाको महत्वका बारेमा पालिकाभित्रका ९ वटा आधारभूत तहका बिद्यार्थी सहभागी रहेको प्रतियोगितामा पञ्चकन्या माविका छात्रा सुप्रीया क्षेत्री प्रथम हुनु भएको छ । यसैगरी, चिल्ड्रेन एकेडेमीका छात्रा सुलता थापा मगर द्धितिय र बुद्ध आविका छात्रा रश्मि पौडेल तृतीय हुनु भएको छ । यसैगरी, विद्यालय शिक्षा सुधारमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरकारको भूमिकाू भन्ने बिषयमा गरिएको माध्यमिक तहका ७ विद्यालयको सहभागितामा चिल्ड्रेन एकेडेमीकि छात्रा दिपिका अर्याल प्रथम, सर्वोदय माविका रीता खनाल द्वितीय र दरौं मावि…
स्याङ्जा २ असोज । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवस मनाइएको छ । शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको आयोजनामा आयोजित दिवसको उदघाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तिले शिक्षा आर्जनबाट कोही पनि बंचित हुन नहुने बताउनुभयो । शिक्षा बिना सबै अपूर्ण रहने जनाउदै संस्कारयुक्त शिक्षा आजको आवश्यकता रहेको औल्याउनुभयो । शिक्षामा राज्यको लगानी बमोजिम अभिभावक, शिक्षक, बालबालिका लगायत सरोकारवालाले इमान्दारितापूर्वक आ आफना जिम्मेवारी र कर्तब्य पुरा गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल शिक्षक संघ केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, आधीखोला गाउपालिका…
स्याङ्जा २ भदौ। स्याङ्जामा जाईकाले १ देखि ३ कक्षा सम्म अध्ययरत बालबालिकाको शिक्षा सुधारमा सहयोग गर्ने भएको छ। गणित बिषय मार्फत बालबालिकाको जग बलियो बनाउने उदेश्यले स्याङ्जामा आधारभूत बिद्यालय शिक्षा सुधार (आईबीएसई) परियोजना मार्फत सुधार गर्ने भएको हो। शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयसंगकोे समन्वयमा जापानीज सरकार (जाईका) को सहयोगमा आईबीएसई परियोजना गण्डकी प्रदेश अन्र्तगत स्याङ्जा जिल्ला मात्र छनौटमा परेको हो। एउटा प्रदेशमा एक जिल्लामा मात्र सो परियोजना कार्यान्वयन गरिने भएको हो। शिक्षा विकास समन्वय इकाई स्याङ्जा र यहाँका ११ वटै पालिकामा कार्यरत युवा तथा खेलकूद शाखा प्रमुखलाई सो का बारेमा जानकारी दिने उदेश्यले स्याङ्जामा आयोजित कार्यक्रममा जापानीज शिक्षाबिज्ञ आतुसी सुकुईले…
स्याङजा २ असोज । संबिधान दिवसको अवसर पारेर पुतलीबजारमा फलफूल वितरण र रक्तदान कार्यक्रम गरिएको छ । असोज २ गते बुधवार विहान फलफूल सहित रक्तदान गरिएको हो । स्याङ्जा कारागारमा रहेका कैदीबन्दीलाई फलफूल बितरण गरिएको छ । कारागार शाखा सहित जिल्ला प्रहरी कार्यालयको प्रांगणमागरी २० जनाले रक्तदान गर्नुभएको छ । कारागारमा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले फलफूल प्रदान गर्नुभएको थियो ।यसैगरी, रक्तदान कार्यक्रम नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, प्रजिअ सुनिता नेपालले सामुहिक रुपमा रक्तदानको ब्याग हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमका लागि पुतलीबजार नगरपालिकाको सहयोग रहेको छ भने रक्तदानका लागि जिल्ला रेडक्रस सोसाइटीको प्राबिधिक सहयोग…
स्याङ्जा ३१ भदौ । पुतलीबजार नगरपालिकाले बजार अनुगमन कार्ययोजना बमोजिम अनुगमन गर्ने भएको छ । चालु आर्थिक बर्ष सुरु भएसंगै नगरपालिकाले निश्चित मापदण्ड तोकी कार्ययोजना तयार पारेको जनाएको छ । बजार तथा पसल अनुगमन र उपभोक्ता सचेतीकरण गर्नेगरी बनाइएको कार्ययोजना नगर स्तरीय बजार अनुगमन समितिको बैठकले मंगलवार पारित गरेको छ । कार्ययोजनामा सचेत, जरिवाना र जफत गर्नेसम्मका अधिकार राखिएका छन । ‘ब्यापारी र उपभोक्ता कुनै पनि ब्यवसायिक मारमा पर्नु हुदैन्। खरिद तथा बिक्री गर्ने सबै सामाग्रीमा शुद्धता र तोकिएको मूल्य बमोजिम कारवार गर्न सुझाव दिनेगरी अनुगमन तथा निरीक्षण कार्य अघि बढाईनु पर्ने’ नगरप्रमुख तुलसीराम रेग्मीले सुझाव दिनुभयो । खाद्यान्न, औषधी,…
स्याङजा ३१ भदौ । ईस्लाम धर्मका सन्देशष्टा पैगम्बर मोहम्मद सलल्लाहो अलैही वस्सलमको जन्मोत्सवको अवसर पारेर मुस्लिम समाजले बिबिध सामाजिक काम गरेको छ । मुस्लिम समुदायका सन्देष्टा वस्सलमका असोज १ गते १४९९ औ जन्मोत्सव हो । जन्मोत्सवको अवसर पारेर बाडखोला मुस्लिम समाजको आयोजनामा पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेल मैदान वरपर वृक्षारोपण गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा, अनुसन्धान कार्यालय प्रमुख एव पंहरी उपरीक्षक सुसान्त बराल, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना र उधोग बाणिज्य संघ स्याङजाका अध्यक्ष महादेव श्रेष्ठ लगायतको सहभागितामा बृक्षरोपण गरिएको हो । यसैगरी, जिल्ला अस्पताल स्याङजाका उपचारत विरामीलाई फलफूल बितरण गरिएको छ । समाजका…