स्याङ्जा १७ मंसिर । अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र पुतलीबजार स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिका नगरकार्यपालिकाको सहयोगमा अपांगता सम्बन्धी सचेतना अभियान अन्र्तगत सोमबार सो कार्यक्रम स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालयमा गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरपालिका वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठले अपांगता जन्मसिद्ध र जन्मेपछि पनि हुन सकिने बताउदै अपांगतालाई आवश्यकता अनुरुप सहयोग गर्न सुझाव दिनुभयो । अपांगता ब्यक्तिका लागि राज्यले उपलब्ध गराएका सेवा सुबिधा र अवसर प्रदान गर्नका लागि वडा कार्यालयले सहयोग गर्दे आएको र भोली पनि निरन्तरता दिईने बताउनुभयो । अपांगता भित्रको फरक क्षमता पहिचान गर्दै अघि बढाउनु पर्ने उहाको…
Author: Syangja Sandesh
स्याङ्जा १६ मंसिर । अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र पुतलीबजार स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरकार्यपालिकाको सहयोगमा अपांगता सम्बन्धी सचेतना अभियान कार्यक्रम आइतवारदेखी सुरु भएको छ । स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आर्दश बहुमुखी क्याम्पसमा अध्ययरत छात्रछात्रालाई लक्षित गर्दे सो कार्यक्रम सुरु गरिएको हो । अभियानको उदघाटन गर्दै नगर उपप्रमुख देवी अर्यालले सबै ब्यक्ति एकै हुन र सबैले समान अवसर पाउनु पर्छ भन्ने मान्यताले पुतलीबजार नगरपालिका अघि बढेको बताउनुभयो । पछिल्लो समय अपांगता भएका ब्यक्तिले राम्रा र उदाहरणीय काम गरेर अन्य ब्यक्ति भन्दा फरक नदेखिएको प्रमाणित गरिसकेको उहाको भनाई छ । नगरपालिकाले अपांगता परिचयपत्र बितरण, स्वास्थ्य बिमा र स्याहारे भत्ता लगायतका…
स्याङ्जा १५ मंसिर । पुतलीबजार नगरपालिका १३ मैनिखामा र अर्जुनचौपारी गाउँपालिका १ जोड्ने ठाडाखेतमा मोटरेवल पुलको उदघाटन गरिएको छ । विस २०७४ पुसमा निर्माण सुरु गरिएको पुलको झण्डैं ८ बर्षपछि उदघाटन गरिएको हो । संघिय सांसद राजु थापाले शनिवार पुलको उदघाटन गर्दै ढिलो भए पनि पुलको उदघाटन भएको र पुलले पुतलीबजार र अर्जुनचौपारीका स्थानीयबासी लाभान्वित भएको बताउनुभयो । बहुदलीय ब्यवस्थापछि विकासले गति लिएको उहाको भनाई छ । पञ्चायती ३० बर्षे शासनकाल र त्यसपछिका समयलाई तुलना गर्दै आमनागरिकको शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था राम्रो देखिएको उनले जनाउनुभयो । अहिलेसम्म ५ बर्ष एउटै दलले शासनसत्ता संचालन गर्न नपाउनु विकास समृद्धिको वाधक बनेको सांसद…
स्याङजा १४ मंसिर । कालीगण्डकी गाउँपालिकामा छैठौं अध्यक्ष कप तथा खेलकुद महोत्सव आज (शुक्रवार) बाट सुरु भएको छ । कालीगण्डकी गाउँपालिका –७ मिर्मी खेलमैदानमा संचालित महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सवको उद्घाटन गर्नुहुदै नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले गाउँपालिकाभित्र एक उच्च स्तरको खेलमैदानको आवश्यकता रहेको बताउनुभयो । उहाँले गाउँपालिकामा एउटा सामुदायिक हलको आवशयकता रहेको समेत औल्याउनुभयो । कालीगण्डकी अस्पतालमा आधारभुत आँखा उपचार सेवाको शुभारम्भ गर्दै मन्त्री गुरुङ्ले गाउँपालिकामा स्वास्थ्य क्षेत्रको उपस्थिति कमजोर रहेकाले त्यसको उचित प्रबन्ध मिलाउन आफुले मन्त्रीपरिषद्मा आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यसैगरी, गण्डकी प्रदेश…
स्याङजा १४ मंसिर । स्याङ्जामा पहिलो पटक महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस मनाइएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर सो दिवस मनाइएको हो । जिल्लामा महिलाका अवस्था, मानवअधिकारकर्मीका काम, कर्तब्य अधिकार, चुनौती र आवश्यकताका बारेमा अन्र्तक्रिया गरिएको थियो । कार्यक्रममा बोल्दै पुतलीबजार नगरउपप्रमुख देवी अर्यालले महिला हिंसाको अन्त्य गर्न महिला मानवअधिकारकर्मीहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले अझैंपनि समाजमा महिलामाथि शारिरिक र मानसिक हिंसा हुनुको साथै सामाजिक तथा साँस्कृतिक रुपले विभेद कायम रहेको बताउनुभयो । महिला मानवअधिकार कर्मीले नै महिलाको पिडा बुझ्ने भएकोले लैंगिक हिंसाको अन्त्यको लागि सबै महिला मानवअधिकारकर्मीसँग…
स्याङ्जा १४ मंसिर । स्याङ्जा सदरमुकाममा गण्डकी प्रदेश स्तरीय सातौ औद्योगिक पर्यटन तथा व्यापार मेला एवं स्याङ्जा महोत्सव गरिने भएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको आयोजनामा फागुन ६ देखि १८ गतेसम्म स्याङ्जा महोत्सव २०८१ गर्नेगरी निर्णय भएको हो । प्रदेश स्तरीय औधोगिक पर्यटन तथा कृषि ब्यापार मेलाका बारेमा यही मंसिर ३० गते पत्रकार सम्मेलन गरि जानकारी गराईने स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका महासचिव रविन केसीले जानकारी दिनुभयो । महोत्सव पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदान सञ्चालन गरिने भएको छ । ‘कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री राखिने भएको छ । कपडा, भान्सामा…
काठमाडौं १३ मंसिर । भाषा विज्ञान नेपालको ४५ औं अन्तराष्ट्रिय सम्मेलनमा तीनजना विद्यार्थीहरु ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत भएका छन् । दर्शनाचार्य–विद्यार्थीवरिधि एमफिल–पिएचडीमा अध्ययनरत युवा भाषा वैज्ञानिकहरु मोहन गुरुङ, सिर्जना घिमिरे र नेह गर्ग ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’को आवार्डबाट पुरस्कृत भएका हुन् । गुरुङ र घिमिरे त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग र गर्ग बनारस हिन्दु युनिर्भसिटीका विद्यार्थी हुन् । मंसिर ११ र १२ गते काठमाडौंमा सम्पन्न सम्मेलनमा अनुसन्धान लेखन र प्रस्तुतीकरणको आधारमा उनीहरु नगद १० हजार रुपैयाँ, प्रमाणपत्र र आवार्डबाट पुरस्कृत भएका हुन् । ‘गण्डकी क्षेत्रको ठाडो भाकाः समाज भाषिक अध्ययन’ विषयको अनुसन्धान लेखन एवम् प्रस्तुतीकरणको आधारमा गुरुङले आवार्ड…
स्याङ्जा १० मंसिर । निजामति सेवामा महिला सहभागिता बढाउने उदेश्यले स्याङ्जामा मंगलबारदेखि २० दिने निशुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा महिलालाई लक्षित गर्दै (खसआर्य, जनजाती, दलित, अपांग) लगायत ४० जनालाई सहभागी गराई खरिदार तह सरहका कक्षा सुरु गरेको हो । तयारी कक्षाको औपचारिकरुपमा शुभारम्भ गर्दे स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले कक्षाको सहिसदुपयोग गर्दै अध्ययनको बानी बढाउन सुझाव ििदनुभयो । ‘यहाँ छुट्टयाइएको २० दिन पर्याप्त होइन। यो तपाईका लागि सूचना मात्र हो। यसै कक्षालाई आधार मानेर नियमित अध्ययन गरेमा अवश्य सफल भईन्छ। मेहनत गर्न छाड्नु हुदैन।’ उहाले भन्नुभयो्, ‘मलाई पनि यसरी नै निजामति…
स्याङ्जा १० मंसिर । प्रतिनिधिसभा सदस्य राजु थापाले सदरमुकाममा योग केन्द्र निर्माणका लागि आफुले पहल एवं सहयोग गर्ने बताउनुभएको छ । स्याङ्जा सदरमुकाममा आयोजित स्वजागरण कार्यक्रमको आइतवार उदघाटन गर्दै सांसद थापाले योगद्धारा शारिरीक एवं मानसिक स्वस्थयता रहने जनाउदै स्थानीय सरकारहरुले यस कार्यको सुरुवात गर्नुपर्ने बताउनुभयो । ‘नेपाल ऋषिमूनिहरुको तपोवन हो। नेपाली भूमि नेपाल योग र साधनाका लागि उपयुक्त छ । योगाभ्यासले ब्यक्तिलाई स्वअनुशासित र स्वस्थ्य रहने भएकाले पनि योग केन्द्रको आवश्यक छ । योगाभ्यासलाई बुझेकै कारण हिजोआज पश्चिमा देश लगायत विश्वभर योगाभ्यास बढ्दै गएको छ।’ सांसद थापाले भन्नुभयो । योग, ध्यान, साधनालाई बिद्यालयस्तरदेखि नै सिकाउनु पर्नेमा उहाले जोड दिनुभयो ।…
स्याङ्जा ९ मंसिर । उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि भन्ने नाराका साथ आइतवार दशौं राष्ट्रिय दिवस स्याङ्जामा मनाइएको छ । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा उद्यमी सम्मान तथा अन्तरक्रियागरि मनाइएको हो । कार्यक्रममा ५ जना उद्यमीलाइृ सम्मान गरिएको थियो । सम्मानित हुनेमा सृजना कुवर, इन्द्रकुमारी थापा, सुन्दरप्रसाद श्रेष्ठ, रमेश सुवेदी र पृथ्वीराज अर्याल रहनु भएको छ । उहाहरुलाइृ प्रजिअ सुनिता नेपाल र पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद ढकालले सम्मानपत्रद्धारा सम्मान गर्नुभएको हो । उद्यमीहरुलाई सम्मान गर्दै प्रजिअ सुनिता नेपालले सकारात्मक सोच र कामले मानिसलाई सफल बनाउने बताउनुभयो । स—साना लगानीबाट…
स्याङ्जा ८ मंसिर ।नेपाली कांग्रेस स्याङ्जाले क्रिकेट महिला खेलाडीहरु ३ जनालाई जनही १५ हजार र जिल्ला क्रिकेट संघ स्याङ्जालाई १० हजार रुपैयाले सम्मान गरेको छ । आईसीसी यु–१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीको हौसला बढाउने उदेश्यले नेपाली कांग्रेसले सम्मान गरेको जनाएको हो । पुतलीबजार १ का ज्योत्सनिका मरासिनी र वडा १३ का सिमाना केसी र कुसुम गोदारका साथै जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाइ सम्मानित गरिएको हो । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सम्मान गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति एवं संघिय सांसद राजु थापाले स्याङजाको इतिहास रच्न सफल महिला खेलाडी स्याङ्जाको मात्र नभई राष्ट्रकै गहना भएको बताउनुभयो । खेलाडीको मनोबल उचो…
स्याङ्जा, ६ मंसिर । अर्जुनचौपारी गाउँपलिकाले दोश्रो राष्ट्रपति रनिङ शिल्ड तथा खेलकूद महोत्सवको उदघाटनका दिन यू–१९ विश्वकपका छनोट स्याङ्जाका तीन महिला खेलाडीलाइ सम्मान गरेको छ । पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना केसी र कुसुम गोदारलाई जनही १५÷१५ हजार नगद सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मानपत्रले सम्मान गरेको छ । क्रिकेटका ३ जना खेलाडी र अध्यक्ष थापालाई गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रकाशकिय अधिकृत कौशल पाण्डेले सम्मान गर्नु भएको हो । सम्मान गर्दै अध्यक्ष तिवारीले खेलाडी देशको गहना भएकाले सबैले खेल र खेलाडीको सम्मान गर्नुपर्ने…
स्याङ्जा ६ मंसिर । पुतलीबजार नगरपालिका वडा नं. १ ले ३ जना यू १९ महिला क्रिकेट खेलाडी सहित क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मानपत्रले सम्मान गरेको छ । वडा कार्यालयमा आयोजित सम्मान कार्यक्रममा नगर कार्यपालिका सदस्य अनिता रुचाल, वडा सदस्यहरु जानुका लम्साल, हिटलर पौडेलले विश्वकपका लागि छनौटमा परेका खेलाडी सहित अध्यक्षलाई थापालाई सम्मान, बधाई तथा शुभकामना दिनुभएको थियो । स्याङ्जा अनि पुतलीबजार सहित वडा नं. १ बाट प्रतिनिधित्व गर्दै विश्वमा आफु सहित जिल्लाकै नाम परिचित गराएकोमा वक्ताहरुले खुशी ब्यक्त गर्दै आउने दिनमा वडा कार्यालयले खेलकूदका क्षेत्रमा आवश्यक सहयोग गर्ने बताउनुभयो । जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले पनि छनौट…
स्याङ्जा ५ मंसिर । आइसीसी महिला यू १९ विश्वकपका लागि छनौट पुतलीबजार नगरपालिकाका ३ खेलाडीलाई पुतलीबजार नगरपालिकाले ३ खेलाडीलाई जनही ३३ हजार ३३३ रुपैया नगद सहित सम्मानित गर्ने भएको छ । यू १९ महिला राष्ट्रिय क्रिकेट समूहमा पुतलीबजार नगरपालिकाबाट प्रतिनिधित्व गर्न सफल ३ जना खेलाडीलाई पुस महिनामा हुने १६ औ नगरसभामा सम्मान गर्ने गरी निर्णय भएको हो । आउँदो जनवरी १८ देखि फेबु्रअरी २ सम्म मलेसियामा हुने विश्वकप खेल्ने अवसर पाएका स्याङ्जामा तीन महिला क्रिकेट खेलाडीलाई पुतलीबजारले आउँदो नगरसभामा नगद सहित सम्मान गर्ने निर्णय भएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । अन्र्तराष्ट्रिय स्तरको प्रतिस्पर्धामा स्याङ्जाको पनि पुतलीबजार नगरपालिकाबाट प्रतिनिधित्व गर्दै…
स्याङ्जा ५ मंसिर । आइसीसी महिला यू १९ विश्वकपका लागि छनौट भएका कास्की र स्याङ्जाका ४ र क्रिकेट संघ स्याङ्जाका अध्यक्षगरी ५ जनालाई जनही २०÷२० हजार नगद सहित सम्मान गरिएको छ । पुतलीबजार नगरपालिकाका ३ जना र पोखराका एक जना महिला क्रिकेट खेलाडी सहित प्रशिक्षक एवं संघका अध्यक्षलाई पुतलीबजार नगरपालिका १ स्थित रोशनी आवासिय अंग्रेजी माध्यमिक बिद्यालय परिवारले नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना के.सी., कुसुम गोदार, कास्की पोखराका रचना चौधरी र स्याङ्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापालाई नगद सहित संघिय पूर्व सांसद एवं बिद्यालयका निर्देशक नारायणप्रसाद मरासिनी…