स्याङ्जा २९ मंसिर । गण्डकी प्रदेशकी नवनियुक्त सांसद सुनिता थापालाई स्याङ्जामा स्वागत एवम् सम्मान गरिएको छ । गण्डकी प्रदेशका निवर्तमान सांसद भागवत् प्रकाश मल्ल सहितको टोलीले शनिबार स्याङ्जाको निर्माण व्यवसायको हलमा नेपालको राष्ट्रिय झण्डा ओडाएर सांसद थापालाई स्वागत तथा सम्मान गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस स्याङ्जाका युवा नेता तथा निवर्तमान सांसद मल्लले मुलुककै पहिलो बहिरा सम्बन्धी अपाङ्गता भएको सांसद पाएर स्याङ्जाले इतिहास बनाएको बताउनुभयो । उहाँले स्याङ्जाले बहिरा तथा अपाङ्गता भएको पहिलो प्रतिभाशाली युवा सांसदका रुपमा सुनिता थापालाई पाएको बताउँदै मुलुकलाई शिरमा राखेर काम गर्नका लागि सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै सांसद सुनिता थापाले आफूले देशका लागि र…
Author: Syangja Sandesh
स्याङ्जा २९ मंसिर । पत्रकार महासंघ स्याङ्जा शाखा अध्यक्षमा प्रदिप कोईराला निर्वाचित ह्नु भएको छ । प्रेस यूनियन र प्रेस चौतारिका साझा उम्मेदवार कोइराला र प्रेस सेन्टरका प्रतिक्षा काफलेबीच प्रतिस्पर्धा भएको थियो। अध्यक्ष कोइरालाले ३४ र प्रतिस्पर्धी काफलेले १३ मत पाएका थिए । यसैगरी, उपाध्यक्ष द्धयमा माधव गैरे र साधना न्यौपाने, सचिव हरिप्रसाद सुवेदी ’शुसिल’, सहसचिव द्धयमा रमेश गोदार र कला राना, कोषाध्यक्ष जोगराज पाठक निर्वाचित भएका हुन। सदस्यहरुमा आरती कँवर, नारायण विक, भूमबहादुर रखाली (बिनोद), हिमलाल घर्ति, युवराज पौडेल, रामबहादुर रोकाह , कृष्ण बस्याल , सबिनचन्द्र डोटेल एवं राष्ट्रिय परिषद सदस्यमा ओमप्रकाश शर्मा र पार्वती पाण्डे र गण्डकी प्रदेश…
काठमाण्डौ २९ मंसिर । भारतका पूर्व प्रधानमन्त्री श्री अटल बिहारी बाजपेयीको स्मृतिमा भारतीय शहर जयपुरमा १६ डिसेम्बरमा आयोजना गरिएको अटल जयन्ती महोत्सवमा नेपालका यवराज आचार्य प्रमुख अतिथीको रुपमा जानु हुने भएको छ ।इन्डो नेपाल रिलेशनसीप फाउण्डेशनका महासचिव आचार्यलाई यो अवसर प्रदान गरिएको हो । राष्ट्रिय समता स्वतन्त्र मंचद्धारा आयोजना गरिएको उक्त कार्यक्रममा विश्वस्तरमा बढ्दै गइरहेको अशान्ति र सामरिक होडबाजी नियन्त्रण गर्न बसुधैव कुटुम्बकम्, ग्लोबल भिलेज र सत्यम् शिवम् सुन्दरम् जस्ता बिषयमा बृहत छलफल गरिने छ । उक्त कार्यक्रममा बिभिन्न ७१ क्षेत्रका प्रतिभाहरुलाई अटल श्री अवार्ड प्रदान गर्ने कार्यक्रम समेत रहेको इन्डो नेपाल रिलेशन पीस फाउण्डेशनले जानकारी दिएको छ । अधिवक्ता…
स्याङ्जा, २३ मंसिर । स्याङ्जाको साहित्यिक कृति लोकार्पण तथा अक्षयकोष घोषणा भएको छ । नारायणप्रसाद ज्ञवाली स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार कोष, गल्याङ नगरपालिका( ११, दिमिक, कुमाल्दी, स्याङ्जाको आयोजनामा शनिबार गल्याङ( ११ स्थित स्वर्गीय नारायणप्रसाद ज्ञवालीको निवासमा कोषको पहिलो कार्यक्रममा ती कार्य गरिएका हुन । अनौपचारिक रूपमा आयोजना गरिएको कृति लोकार्पण तथा अक्षयकोष घोषणा कार्यक्रममा स्वर्गीय नारायणप्रसाद ज्ञवालीद्वारा लेखिएका अनि मिलन समीरद्वारा सम्पादन गरिएका संस्मरण र नियात्राहरुको कृति ती दिनहरुको लोकार्पण समारोहमा समुपस्थित सम्पूर्ण परिवारजन, आफन्त, इष्टमित्र एवम साहित्यकार महानुभावहरुद्वारा संयुक्त रूपमा गरिएको थियोे । समारोहमा स्वर्गीय नारायणप्रसाद ज्ञवालीको स्मृतिमा उहाँको परिवारजनको तर्फबाट हरेक वर्ष नारायणप्रसाद ज्ञवालीको पुण्य तिथि अर्थात् नारायणप्रसाद…
स्याङ्जा २३ मंसिर । ७६ औ अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भलाई लक्षित गर्दै जिल्ला कारागार शाखाको निरीक्षण गरिएको छ । गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय पोखरा, राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पोखरा र अनौपचारिक सेवा केन्द्र इन्सेक पोखरा, मानवअिधकारकर्मी र वकिलहरुको भेलाले कारागार र प्रहरी कार्यालयमा रहेका बन्दी तथा थुनुवाको अवस्थाका बारेमा जानकारी लिएको हो । कैदीबन्दी तथा थुनुवासंग भेटेर उनीहरुले कुराकानी सहित गुनासा सुनेका छन् । कारागारको ६५ जना क्षमताको कारागारमा पाँच महिला सहित १४७ रहेको बताइएको छ । अनुगमनमा मुख्यमन्त्री कार्यालयका कानुन महाशाखाँका उपसचिब शालिकराम रेग्मी, इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल, मानवअधिकार अधिकृत टंकप्रसाद खनाल, महिला मानवअधिकार रक्षकहरुका सजांल…
स्याङ्जा २३ मंसिर । अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र पुतलीबजार स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिका नगरकार्यपालिकाको सहयोगमा अपांगता सम्बन्धी सचेतना अभियान अन्र्तगत सो कार्यक्रम स्याङ्जा सदरमुकाम स्थित स्याङ्जा माध्यमिक बिद्यालयमा गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले मानिसहरु जन्मदा मात्र होइन जुनसुकै समयमा पनि अपांगता हुनसक्ने बताउदै अपांगताका बिषयमा सबैजना संवेदनशील बन्नुपर्ने बताउनुभयो । अपांगता भन्ने बिषयलाई कुनै पनि भाग्य र कर्मको खेलमा जोड्न नहुने उहाको भनाई छ । अपांगता भनेको शारिरीक अवस्था रहेको जनाउदै अपांगता भएका ब्यक्तिका आवश्यकता पहिचानगरी अवसर दिनुपर्नेमा उहाले जोड दिनुभयो । अपांगता ब्यक्तिका लागि राज्यले उपलब्ध गराएका सेवा सुबिधामा पुतलीबजारले पहेंलो…
स्याङ्जा २३ मंसिर । ब्यस्त जीवनलाई तनाव न्यूनिकरण गर्ने बनाउने उदेश्यले पुतलीबजार नगरपालिकाले शनिवार तनाब न्युनिकरण सम्बन्धी प्रशिक्षण गरेको छ । पुतलीबजार प्रज्ञा प्रतिष्ठानको आयोजनामा भाषा, कला, साहित्य र संगीतको उपयोग गर्दै तनाव न्यूनिकरण गर्न सकिने जनाउदै प्रशिक्षण गरिएको हो । मुरली वादकलाई मुरली हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले कला, भाषा, साहित्य र संगीतको माध्यमबाट जीवनमा आइपर्ने जुनसुकै तनाबहरुलाई न्युनिकरण गर्न सकिने बताउनुभयो । उहाले ब्यस्त जीवनले उत्पन्न हुन सक्ने मानसिक, सामाजिक तथा शारिरीक थकानलाई घटाउन भाषा, कला, साहित्य र संगीतको उपयोग गर्न सकिनेमा जोड दिनुभयो । पुतलीबजारको भाषा, कला, साहित्य र संगीतको सम्बद्र्धन र…
स्याङजा २१ मंसिर । रोयल बचत तथा ऋण सहकारी संस्था लि को २३ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनमा पत्रकार प्रदीप कोइरालालाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमवाट सहकारीमा पुरयाएको योगदानको स्मरण गर्दै प्रेस यूनियनका निवर्तमान अध्यक्ष कोइरालालाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटी, मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल, सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले अविर र दोसल्ला ओढाई सम्मान गरिएको हो । उहा लगायत अन्य ९ जनलाई पनि बिभिन्न बिधामा रोयल सहकारी सम्मानबाट सम्मानित गरिएको थियो । पुतलीबजार नगरपालिका १ मा मुख्य कार्यालय रहेको सहकारी जिल्लाकै नमूना सहकारीको रुपमा परिचित छ…
स्याङजा २१ मंसिर । पालिकास्तरीय शिक्षक विद्यार्थी वक्तृत्वकला प्रतियोगितामा पुतलीबजार नगरपालिकाले प्रथम स्थान ओगट्न सफल भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा शिक्षक बिद्यार्थी प्रतिभा पहिचान गर्ने उद्देश्यले दुई वटा छुट्टाछुट्टै बिषयगत शिर्षक तोकेर वक्तृत्वकला प्रतियोगिता गरेको थियो । प्रतियोगितामा शिक्षकका लागि ‘पाठ्यक्रम, पाठ्यपुस्तक र निर्देशिकाको प्रयोग र नतिजा सुधार ’ भन्ने बिषय रहेको थियो। भने, बिद्यार्थीका लागि ‘स्वस्थ्य जीवनका लागि योग र ध्यान’ भन्ने शिर्षक दिइएको थियो । शिक्षकतर्फ पुतलीबजार नगरपालिका स्थित त्रिभुवन नमुना आदर्श मा.वि. शिक्षक अमृत रेग्मी प्रथम भएका छन्। विरुवा गाउँपालिका स्थित अरनीको मावि शिक्षक जीवन लामिछाने द्धित्तिय र फेदिखोला स्थित सिद्धार्थ मावि शिक्षक शोभाकान्त…
स्याङजा २१ मंसिर । पुतलीबजार नगरपालिका १ स्थित रोयल बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २३ औ बार्षिक साधारणसभा तथा दशौं अधिवेशन शुक्रवारदेखि सुरु भएको छ । अधिवेशनको उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले २०४६ सालअघि जिल्ला सदरमुकाममा दुई बटा बैंक रहेको र सेवा लिनका लागि यही आउनु पर्ने वाध्यता हुने गरेको बताउनुभयो । बहुदलीय ब्यवस्थासंगै निजीकरणको अवधारणा अनुरुपपछि धेरै निजी क्षेत्रका पनि बैंक तथा बित्तिय संस्थाको स्थापनाले आमनागरिकलाई सहज बनाएको उहाले भन्नुभयो । जिल्लाकै उदाहरणीय तथा नमूना सहकारीका रुपमा परिचित रोयल सहकारीले सर्वसाधारणमा समेत राम्रा प्रभाव पार्न सकेको जनाउदै बहुउदेश्यीय सहकारी बन्न लागेकोमा खुशी ब्यक्त गर्नुभयो ।…
स्याङ्जा २० मंसिर । लैङ्गिक हिंसा निवारणमा नागरिकको भुमिका¨ शिर्षकमा भएको खुल्ला वक्तृत्वकला प्रतियोगितामा दिपीका अर्याल प्रथम हुनु भएको छ । १२ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै अर्यालले प्रथम स्थान बन्नु भएको हो । यस्तै द्धितीय सुलता थापा मगर र प्रविन विकले तृतीय स्थान हात पार्नु भएको हो भने नन्दकली तिवारीले सान्तवना स्थान प्राप्त गर्नु भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले अर्जुनचौपारीमा पनि विभीन्न प्रकारका हिंसा हुने गरेको बताउदै विस्तारै निस्तेज गरेको र बांकी भित्र लुकेर रहेका हिंसा निस्तेज गर्ने बताउनुभयो यस अभियानमा आमा समुह तथा स्वास्थ्य स्वयं सेविका सबैको साथ चाहिने तिवारीकोा भनाई थियो । कार्यक्रममा उपाध्यक्ष सपना…
स्याङ्जा २० मंसिर । भीरकोट नगरपालिका १ बयँरघारीबजारमा क्षयरोग खोजपड्ताल शिविर गरिएको छ। शिविरमा आएका मध्ये ११ जनामा क्षयरोगका संक्रमण पुष्टि भएको छ भने थप ३९ जना शंकास्पद देखिएका छन । स्याङ्जाका एघार पालिकामध्ये भीरकोट एक हो। यसरी हेर्दा यहाँ परिक्षण गरिएका मध्ये २ दशमलब ४ प्रतिशतमा क्षयरोगको संक्रमण देखिएको छ । शिविरमा आएका मध्ये ४ सय ५० जनाले स्वास्थ्य परिक्षण गरेका थिए । ती मध्ये ३९ जनामा क्षयरोग हुनसक्ने आशंकामा खकारको नमूना परिक्षणका लागि जीन एक्सपर्ट ल्याब पठाइएको स्वास्थ्य कार्यालयका क्षयरोग अधिकृत बिष्णु सुवेदीले जानकारी दिनुभयोजापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र) को आयोजनामा स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वय…
स्याङजा १९ मंसिर । पुतलीबजार नगरपालिकाले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवस मनाएको छ । दिवसको अवसर पारेर पुतलीबजार नगरकार्यपालिकाको आयोजनामा नगरपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित लैगिंक हिंसा लगायतको स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिइएको छ । दिवसको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले स्वयंसेवीभावबाट सेवारत स्वयंसेविका पहिलो डाक्टर भएको बताउनुभयो । स्वास्य स्वयंसेविकाको सहयोग र भूमिका समाजमा अतुलनीय रहेको जनाउदै उहाहरु सधैधरी सम्मानयोग्य रहेको जनाउनुभयो । महिला स्वयंसेविकालाई लक्षित गर्दै उहाको आयआर्जनमा ध्यानदिई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले बिशेष योजना सहित अघि बढेको जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नगर प्रवक्ता मनोज पौडेल, सिनियर अनमी गीता न्यौपाने, स्वास्थ्य स्वयंसेविका…
स्याङ्जा १८ मंसिर । शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाको आयोजनामा अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनका लागि पत्रकारसंग अन्र्तक्रिया गरेको छ । स्याङ्जा जिल्लामा क्रियाशिल पत्रकारहरुको समूहलाई लक्षित गर्दै अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ तथा नियमावलीका बारेमा जानकारी गराउदै सबैका लागि अनिवार्य शिक्षा दिनुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जिल्लाको साक्षरताको स्थिती, अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रममा सरोकारवालाको भूमिका सहित छापा तथा बिद्युतीय संचार माध्यमबाट शिक्षाका बारेमा प्रचार प्रसार गराउने उदेश्य रहेको बताउनुभयो । सोही कार्यक्रममा प्रमुख आचार्यले ऐन र नियमावलीका बारेमा जानकारी गराउदै जिल्लाका सरकारी तथा निजी बिद्यालय…
स्याङ्जा १८ मंसिर । अपांगता भएका ब्यक्तिहरुका ३३ अन्र्तराष्ट्रिय दिवस पारेर मंगलबार सांझ पुतलीबजार नगरपालिका १ स्थित सहिद चोकमा दिप प्रज्वलन गरिएको छ । पुतलीबजार नगरपालिका नगरकार्यपालिकाको कार्यालयको आयोजना स्याङ्जा अपांग समाज जिल्ला कार्य समिति स्याङ्जा र अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाको समन्वयमा दिप प्रज्वलन सहित बिबिध कार्यक्रम सम्पन्न गरिएको छ । दिप प्रज्वलन कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले ब्यक्तिभित्रका अन्र्तनिहिन ब्यक्तित्व र क्षमता रहने बताउनुभयो । अवसर पाएमा अपांगता ब्यक्तिहरुले धेरै राम्रा काम तथा सेवा गरिरहेको बताउदै लक्षित बर्गलाई आमनागरिक सरह बनाउनेगरी राज्यले बिशेष शिक्षा सहितका बिशेष अवसर सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।…