स्याङ्जा ८ असार । पुतलीबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक बिद्यालय गैरीखेतलाई लुमा डिभाईस हस्तान्तरण गरिएको छ । लुमा एजुकेशन र रोटरी क्लव अफ पोखराले विद्यालयलाई एक थान लुमा डिभाईस उपलब्ध गराएको हो । उक्त डिभाईस नगरप्रमुख तुलसीराम रेग्मीले प्रधानाध्यापक कृष्णबहादुर गोदारलाई हस्तान्तरण गर्नुभएको छ । नगर प्रमुख रेग्मीले लुमा डिभाईसको प्रयोगले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने भएकोले लुमा डिभाईसको पूर्ण सदुपयोग गर्नुपर्ने बताउनुभयो । जादुमय बाकस ( म्याजिक बक्स) नाम दिईएको यो डिभाईसमा प्रोजेक्टर, कम्प्युटर, सर्भर तथा व्याट्री समेत जडान गरिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट स्वीकृत प्राप्त…
Author: Syangja Sandesh
स्याङ्जा ८ असार । भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि १४ औं नगर सभाले ७८ करोड २६ लाख २० हजारको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर उपप्रमुख भगवती अर्यालले आर्थिक वर्ष २०८१÷०८२ का लागी चालू तर्फ ५९ करोड ८९ लाख ७० हजार अर्थात ७६.५३ प्रतिशत रहेकोमा शसर्त अनुदानमा ४० करोड ९० लाख ७९ हजार रुपैँया अर्थात ५२.२७ प्रतिशत र नगरपालिकाको चालू खर्च १५ करोड ३८ लाख ९१ हजार रुपैँया अर्थात १९.६६ प्रतिशत रहेको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको हो । त्यस्तै पुँजिगततर्फ १८…
स्याङ्जा ८ असार । आँधीखोला गाउँपालिकाले पालिकाका सबै नागरिकको दुर्घटना बिमा गर्ने भएको छ । पालिका गाउँसभाको १५ औ अधिवेशनको नीति तथा कार्यक्रममा पालिका भित्रका १३ हजार ९७० जनाको बिमा गर्ने भनिएको छ । हरेक नागरिकको बिमा बापत लाग्ने शुल्क पालिकाले भुक्तानी गर्नेछ भने दुर्घटनामा घाइतेले एक लाख बराबरको औषधी उपचार खर्च पाउने छन् । मृत्यु भएमा एक लाख नगद पालिकाले हस्तान्तरण गर्ने गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । हरेक वडामा मोटर बाटो, हरेक वडा कार्यालय बनाएर सङ्घीयताको प्रत्याभूति गरेको पालिकाले यस आर्थिक वर्षमा समेत स्वास्थ्य, शिक्षा र पूर्वाधारमा चासो देखाएको छ । पालिकाले शिक्षा क्षेत्रमा सकारात्मक, गुणात्मक, नतिजामूलक परिवर्तन…
पोखरा ६ असार । घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजाले जितेको छ । पोखरा रंगशालामा बिहीबार सम्पन्न प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको कास्की १९।३ ओभरमा सबै १० विकेट गुमाउँदै १०७ रन मात्रै जोड्न सक्यो । यता जवाफी व्याटिङका लागि उत्रिएको स्याङ्जा ३९ बल बाँकी छंदै ४ विकेटको क्षतिमा १११ रन बनाउँदै उपाधि जितेको हो । उपाधि संगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।कास्कीका सिव्रिन श्रेष्ठ १६ बलमा १८ रन बनाउनुभयो । उहालाई करण पगेनीले रन आउट गर्नुभयो । मुस्कान…
स्याङ्जा ६ असार । स्याङ्जामा लागु औषध दुब्र्यसन तथा ओसारपसार बिरुद्धको अन्र्तराष्ट्रिय दिवसको सप्ताहब्यापी कार्यक्रम बिहीवारदेखि सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजित कार्यक्रमको समुदघाटन गर्दे संघिय सांसद थापाले दुब्र्यसनीका पहिलो सुधार केन्द्र आफनै मन भएको बताउदै मनलाई बाँधेर बलियो बनाउदै लागुऔषध दुब्र्यसनमा नफस्न आग्रह गर्नुभयो । प्रतिनिधिसभा सदस्य थापाले दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको लागुऔषध दुब्र्यसनले आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा नकरात्मक असर पारिरहेको जनाउदै यसका नियन्त्रण तथा नियमनका लागि प्रत्येक घर घरदेखि सुरुवात गर्नुपर्ने उहाको भनाई छ ।‘सबैभन्दा पहिला त संस्कार सहितको उचित रेखदेख सबै अभिभावकले घर घरदेखि सुरु गर्नुपर्छ, त्यसपछिको दायित्व राज्यको हो।’ उहाले भन्नुभयो, ‘अव कोही…
स्याङ्जा ५ असार । पुतलीबजार नगरपालिकाको आयोजनामा खानेपानी र खाद्यबस्तु गुणस्तर निगरानी सम्बन्धी सरोकारवालाबीच छलफल एवं अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले नगरका सबै वडामा शुद्ध र पीउन लायक खानेपानीको ब्यवस्थापनका लागि छिटै खानेपानी शुद्धता परिक्षण मेशिन खरिद गर्ने बताउनुभयो । नगरपालिका मार्फत सबै वडाबासीलाई सो सुबिधा उपलब्ध गराउने समेत जानकारी गराउनुभयो । स्वास्थ्य नै धन भएकाले शुद्ध खानेपानी भएमा मात्र पनि ८० प्रतिशत सरुवा रोगका संक्रमणबाट बच्न सकिने जनाउदै खानेपानीसंगै खाद्य पदार्थको सुद्धतामा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाले मुहानदेखि संकलनकेन्द र धारा हुदै हातदेखि मुखसम्मका प्रक्रियामा समेत शुद्धता हुन जरुरी रहेको औल्याउदै कोलीफर्मयुक्त खानेपानीको…
स्याङ्जा ५ असार । स्याङ्जामा सेवारत सशस्त्र प्रहरी बल गुल्म नं. ३० प्रदेशकै उत्कृष्ट भएको छ । वालिङ नगरपालिका –८ घ्याङलीङ्मा मुख्य कार्यालय रहेको गुल्म गण्डकी प्रदेशकै उत्कृष्ट भएको हो । गुल्मको कार्यसम्पादनका आधारमा सशस्त्र प्रहरी बल — ४ मुक्तिनाथ बाहिनी मुख्यालयको २३ औँ स्थापना दिवसको अवसर पारेर गुल्मलाई उत्कृष्ट घोषणा गर्दै प्रशंसापत्र प्रदान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण इकाईको योग्यता क्रम निर्धारण सम्बन्धी निरीक्षणबाट सो गुल्म उत्कृष्ट भएको गुल्मपति देवराज जोशीले जानकारी दिनुभयो । कार्य सम्पादनमा ४४८ दशमलब ९६ अर्थात् ७३ दशमलब ६० प्रतिशत अङ्कसहित गुल्म प्रदेशकै उत्कृष्ट र, देशभरमा चौथो भएको बताइएको छ ।…
स्याङ्जा ३ असार । न्युनतम पारिश्रमीक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको समन्वयमा सोमबार वालिङमा श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संसोधनको विषयमा जिल्लास्तरीय छलफल तथा अन्र्तक्रिया भएको छ । कार्यक्रममा पत्रकार तथा मिडिया संचालकहरुले स्थानीय तहमा मिडियाहरुलाई संस्थागत गर्न नसक्दा श्रमजिवि पत्रकार ऐनको पुर्ण रुपमा कार्यान्वयन गर्न नसकिएकोमा जोड दिइएको छ । कार्यक्रममा स्थानीय तहबाट प्रकाशन हुने विज्ञापनहरुबाट वार्शिक करोडौँ बाहिरिएको पत्रकार महासंघ स्याङ्जाका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्माले बताउनुभयो । देश संघिय संरचनामा गईसकेपछि स्थानीय तहहरुबाट प्रकाशन हुने विज्ञापनहरु विज्ञापन एजेन्सीहरुबाट गर्ने कारण स्थानीय मिडियाहरु समस्यामा परेको भन्दै वार्शिक रुपमा यसरी बाहिरिने करोडौँ रकमलाई जिल्लाभित्रै…
स्याङ्जा ३ असार । ईद ऊ जोहा’ अथवा ’ईल उद अधा’, धेरै नामले नेपाल लगायत विश्वभरिका मुसलमान समुदायले आज बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो ’हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ’जुल हिज्जा’ महिनाको १०औं दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा समेत दिने गरेको छ। बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु तीन भाग लगाइन्छ, त्यसमध्ये एक भाग…
स्याङ्जा १ असार । दुध तथा दुधजन्य पदार्थमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित वालिङ नगरपालिकाले उन्नत (जर्सी÷होलस्टन) गाई पाल्ने किसानलाई ५० प्रतिशत अनुदानको सुबिधा उपलब्ध गराएको छ । नगरपालिकाका मापदण्ड पुरा गरेका सामुहिक तथा फर्मलाई ५० प्रतिशत अनुदान दिएको हो। पालिकाले प्रति एक गाईको ५० हजार रुपैया अनुदान दिएको हो । दैनिक १५ लिटर दुध दिने होलिस्टन तथा जर्सी जातका गाई खरिद गर्ने किसानलाई सो सुबिधा पाएका छन । नगरप्रमुख कृष्ण खाँणले ३ समूहका ३० वटा गाई खरिदका लागी १५ लाख रुपैँयाको चेक प्रदान गरेका छन्। वालिङलाई दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता अभियान सुरु गरेको उहाले बताउनुभयो । किसानको परिश्रमको…
स्याङ्जा ३२ जेठ । पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालयले शुक्रवार छात्रबृत्ती सहित पाठ्यपुस्तकका रकम वितरण गरेको छ । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले छात्रछात्रालाई ७० हजार बराबरको रकम प्रदान गर्नु भएको हो । कक्षा एकदेखि १० कक्षासम्म अध्ययरत ७० जना बिद्यार्थीलाई सो रकम प्रदान गरिएको छ । सो रकम हस्तान्तरण गर्दै प्रमुख रेग्मीले नगरपालिका शिक्षाप्रति संवेदनशील रहेको बताउनुभयो । पालिकाको लक्ष्य र भावना बमोजिम अभिभावक, शिक्षक, बिद्यार्थीले पनि सो कुरा मनन् गर्दै अध्ययनतर्फ रुचीको बिषय बनाउन सुझाव दिनुभयो । सबैको साथ र सहयोगले मात्र बिद्यालयले गति लिने उहाको भनाई छ । प्रमुख रेग्मीले भन्नुभयोे, ‘आफुले सब— इन्जिनियरिङ्…
स्याङ्जा ३१ जेठ । पुतलीबजार नगरपालिका १ मालेबगर स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको साधारणसभा, प्रवेशद्धार उदघाटन एवं शिलालेख अनावरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले ती कार्यक्रमहरुका बिहीवार उदघाटन गर्दै समय सापेक्ष शिक्षा निती बनाईनुपर्ने बताउनुभयो । ब्यबहारिक एवं दक्ष जनशक्ति उत्पादन गर्ने खालका सीपमूलक शिक्षा दिनुपर्नेमा उहाले जोड दिनुभयो । हालको शिक्षा नीति संशोधन गर्दै ४ बर्षे स्नातक तहलाई ३ बर्षे बनाउनु पर्नेमा जोड दिनुभयो । ४ वर्षे स्नातक तह अध्ययन बोझिलो र खर्चिलो भएको बताउनुभयो । ४ बर्षे स्नातक तह अब्यवहारिक भएको बताएको छन। शिक्षा नीति संशोधन गर्दे स्नातक तहको अध्ययनलाई ३ बर्षे…
स्याङ्जा ३१ जेठ । वालिङका मेलमिलापकर्तालाई ५ दिने मेलमिलाप तालिम दिइएको छ । वालिङ नगरपालिकाका १४ वडाका गरी २७ जना मेलमिलाप कर्ताहरुलाई स्थानीय सरकार सवलिकरण कार्यक्रम अन्तर्गत ५ दिवसीय उच्च तालिम प्रदान गरिएको होे । नगरपालिका भरिका १ सय १ जना मेलमिलाप कर्ताहरु मध्ये समावेशिताका आधारमा २७ जनालाई तालिममा सहभागी गराइएको छ । कार्यक्रममा वालिङ नगरपालिकाका उप प्रमुख एवम् न्यायिक समितिका संयोजक कविता तिवारी गैह्रेले नागरिकहरुबाट आउने विवादलाई सहजिकरणमा सवल र सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । नागरिकहरुबाट आएका विवाद समाधान गर्ने क्षमता अभिवृद्धिका लागि मेलमिलाप कर्ताहरुलाई महत्वपूर्ण सिकाई हुने उप प्रमुख गैह्रेले बताउनुभयो । वालिङ नगरपालिकाका प्रमुख…
स्याङ्जा ३० जेठ । चापाकोट नगरपालिका — ७ साँखरका ३५ बर्षिया सृजना ढकालको घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको छ । बुधवार बिहान करिब ७ बजे आफनै बारीमा रहेको पिपलको रुखको घाँस काट्ने क्रममा उहा खख्नु भएको थियो । खसेपछि घाईते उहालाई उपचारका लागि पाल्पा पुरयाइएको थियो । उपचारका क्रममा आज (बुधवार) करिब साढे ९ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो घटना बारे अनुसन्धान जारी रहेको प्रनाउ रानाले बताउनुभयो ।
स्याङ्जा २९ जेठ । ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालय प्रगतीनगर शाखा स्याङ्जाले ५ दिने राजयोग मेडिटेशन प्रशिक्षण सम्पन्न गरेको छ । पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा दैनीक ३ चरणमा आन्तरिक शान्ति एवं पारिवारिक सुखका लागि राजयोग प्रशिक्षण गरेको हो । प्रशिक्षणलाई समापन गर्दै वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठले मानवीय जीवनका मूल्य, मान्यता र असल जीवन जीउने कला पत्ता लगाउन प्रशिक्षणको आवश्यकता रहने बताउनुभयो । योगा तथा मेडिटेशनले सत्कर्म, सहकार्य र सकारात्मक कार्यमा उत्प्रेरित गर्ने जनाउदै उनले जति नै ब्यस्त भए पनि योग÷ध्यान÷मेडिटेशनका लागि केही समय छुट्टयाउन आग्रह गर्नुभयोे । ब्रम्हकुमारी इश्वरीय विश्वबिद्यालय कुस्माका प्रमुख एवं ब्रम्हकुमारी राधिका दिदी, कास्की लब्ली…