स्याङ्जा २७ पुस । निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रिय उपाध्यक्ष कृष्ण अधिकारीले राज्यले निजी तथा सरकारी बिद्यालयबीचको बिभेद हटाउनु पर्ने बताउनु भएको छ । शिक्षाका लागि ठूला लगानी तथा मेहनत गरिरहेका निजी बिद्यालयलाई राज्यले हेर्ने नजरमा बिभेद गर्न नहुनेमा जोड दिनुभयो । प्याब्सन स्याङजाको १५ औं अधिवेशनको उदघाटन गर्दै अधिकारी पैसा कमाउनकै लागि निजी बिद्यालय नखोलिएको उहाले बताउनुभयो । उहाले भन्नभयोे, ‘शिक्षाका माध्यमबाट शिक्षा, सीप र संस्कारको चेतना दिनु हाम्रा उदेश्य हुन । ’ सरकारी बिद्यालयको बिरोध होइन, निजी तथा सरकारी बिद्यालयमा पढ्ने हाम्रै छोराछोरी हुन् । राज्यले तोके बमोजिमका कर र अन्य सेवा सुबिधा समेत…
Author: Syangja Sandesh
स्याङ्जा २७ पुस । पुतलीबजार नगरपालिका १ स्थित चण्डीकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्री प्रसाद घर्तीले स्याङ्जा सदरमुकाममा पहिलो पटक स्थापित चण्डीकालिका सहकारीले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । सहकारी नियमित बचत तथा ऋण लगानीको जोखिममा नरहेको जनाउदै आर्थिक संकटका बेला पनि सहकारीको तथ्यांक अत्यन्त राम्रो देखिएकाले सहकारी सञ्चालकलाई धन्यवाद दिनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष महेश श्रेष्ठ, नि वर्तमान अध्यक्ष यज्ञ प्रसाद पौडेल, पत्रकार भवानी अधिकारी शेयर धनी हरि नारायण शर्मा लगायतले स्याङजा सदरमुकाममा स्थापित पहिलो स्थापित सहकारीले निम्न स्तरका ब्यक्तिलाई लक्षित…
सुशील सुवेदीस्याङ्जा २५ पुस । पछिल्लो समय विद्यार्थीहरुमा भविष्यको अन्यौलता बढ्दै जान थालेको छ । माध्यमिक तह सम्पन्न गरेपश्चात विद्यार्थीमा भविष्यमा के गर्ने भन्ने अन्यौलता हुने गर्दछ ।यस्तै समस्यालाई निराकरण गर्न सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र वालिङ नगरपालिकाको सहकार्यमा वृत्ति मार्ग निर्देशन कार्यक्रम बुधबारबाट संचालन गरिएको छ ।यहाँको ४ विद्यालयलाई केन्द« बनाएर कक्षा ९ मा अध्यायनरत १८६ जना विद्यार्थीलाई सहभागी गराईने शिक्षा अधिकृत गीता पाठकले बताउनुभयो ।भविष्यको चिन्ता र अन्यौलतामा रहेका विद्यार्थीलाई सम्बोधन गर्न यो कार्यक्रम प्रभावकारी रहेको बताउँदै पाठकले भन्नुभयो , ” दिगो तथा सम्मानित रोजगारीको लागि विद्यार्थीलाई आत्मसम्मान मिल्ने विश्वास लिएका छौँ । “पहिलो चरणमा सरस्वती…
स्याङ्जा २५ पुस । स्याङ्जाका पशुपालक किसान पशुधन सुरक्षण (बिमा) कार्यक्रमप्रति आर्कषित देखिएका छन्। कृषि विकास बैंकको सहयोगमा कृषि सहकारी मार्फत गर्न सकिने पशुधन सुरक्षण कार्यक्रमले किसानका लागी लाभदायी बनेको किसानहरु बताउछन । पुतलीबजार नगरपालिका वडा नं. १३ का यामकुमारी आलेले अघिल्लो बर्ष भेंसी बिमा गर्नुभएको थियोे । नवज्योती कृषि सहकारी मार्फत उहाले स्थानीय एक भैसींको ७ सय रुपैयामा बिमा गर्नुभएको हो । सत्तरी हजार रुपैंया मूल्यांकनगरि गरिएको भैंसी भदौ १२ गते म¥यो। उहाले ३ दिनपछि नै ५६ हजार रुपैंया पाउनुभयो । आलेको स्थानीय दुधालु भैसी अचानक बिरामी भई मरेको बताइएको छ। उहाले ७० हजार मूल्य बराबरको बिमा गर्नुभएको थियो…
स्याङ्जा २३ पुस । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघद्धारा आउदो फागुन ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्न लागेको सातौं स्याङ्जा महोत्सबलाई भब्यताका साथ सम्पन्न गर्न बिभिन्न समिति र उपसमितिबीच आज छलफल एवं रायसुझाव संकलन गरिएको छ । संघको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष महादेव श्रेष्ठले ५ बर्षपछि आयोजना गर्न लागिएको महोत्सवलाई सफल बनाउन जिल्ला स्थित सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । सबैले अपनत्व गर्नेगरी महोत्सवको तयारी भैरहेको बिभिन्न ३९ वटा उपसमिति सहित एक हजार १११ सदस्यीय मुल समारोह समिति गठनगरि जिम्मेवारी बाडफाँड गरिएको जानकारी दिनुभयो बताउनुभयो । प्रदेश स्तरीय सातौं कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाले स्थानीय उत्पादनको प्रचारप्रसार…
स्याङ्जा २२ पुस । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको आयोजनामा फागुन ६ गतेदेखि हुने भएको ७ औं स्याङ्जा महोत्सवको तयारी तिव्र रुपमा भैरहेको छ । महोत्सवलाई भब्यरुपमा सफल बनाउन आज महोत्सव सचिवालयको उदघाटन गरिएको छ । सचिवालयको उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य दीपक लम्सालले महोत्सव सफल बनाउन सबैसंग सहकार्य गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । बिगतमा भएका महोत्सवबाट सिको गर्दै आ आफना जिम्मेवारी बहन गर्दै अघि बढ्नु पर्ने उहाको भनाई छ । कार्यक्रममा गण्डकी प्रदेश उद्योग वािणज्य महासंघका कोषाध्यक्ष नवराज सुवेदी, च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले जिल्लाको पहिचान…
स्याङ्जा २२ पुस । पुतलीबजार नगरपालिका १ मा रहेको नवज्योति कृषि सहकारी संस्था लिमिटेडको ९ औं बाािर्षक साधारणसभा सम्पन्न भएको छ । सबैको सहभागी आत्मनिर्भरको माध्यम कृषि सहकारी भन्ने मुल नाराका साथ कृषि सहकारी तथा पशुधन सुरक्षणको साधारणसभा सहित अधिवेशन गरिएको हो । सभाको उदघाटन गर्दै कृषि विकास बैंक स्याङ्जा शाखाका प्रवन्धक डोलराज पाठकले कृषिका माध्यमबाट आर्थिक समृद्धि ल्याउन राज्यले सामान्य किसानमुखी भएर निती ल्याउनु पर्ने बताउनुभयो । ठुल्ठूला ब्यवासायी किसान लक्षित नभई तल्लो तहसम्मका किसानले समेत राज्यका सेवा सुबिधा उपभोग गर्न पाउनेगरी नीति ल्याउनु पर्नेमा बताउनुभयो । उहाले वाली सुरक्षण मार्फत बिमा गरेर राहत लिन समेत सुझाव दिनुभयो ।…
स्याङ्जा २१ पुस । नेपाल विद्यार्थी संघ वालिङ नगरको दोस्रो अधिवेसनले बादल लामिछानको सभापतित्वमा ५१ सदस्यीय नगर समिति गठन गरिएको छ । समितिको उपसभापतिमा यादव पौडेल, खगेन्द्र रेग्मी(सुरज), सचिवमा सगुन बुढाथोकी, साजन भुषाल, सह—सचिवमा जीवन पाठक, कोषाध्यक्षमा समुन्द्र काफ्ले र सह—कोषाध्यक्षमा सुमन अर्याल चयन हुनु भएको छ । अधिवेसनमा नेपाली काँग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले नेविसंघ काँग्रेस पार्टीको मेरुदण्ड भएको बताउदै नेपाली काँग्रेसलाई बलियो बनाउन नेविसंघको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । पार्टीलाई क्रियाशिलता बनाउन नेविसंघले आफ्नो क्रियाशिलता बढाउन आवश्यक रहेको सभापति पाण्डेले जोड दिनुभयो । अधिवेसनमा नेविसंघका केन्द्रीय सदस्य हेमप्रकाश गुरुङ्, नवनिर्वाचित सभापति बादल लामिछाने, नेविसंघ वालिङ बहुमुखी…
स्याङ्जा २१ पुस । वालिङ नगर उद्योग वाणिज्य संघको १८ औँ साधारणसभा सम्पन्न भएको छ । सभाको उद्दघाटन गर्दै नगरप्रमुख कृष्ण खांणले जनप्रतिनिधि नभएको अवस्थामा पनि वालिङ उद्योग वाणिज्य संघले जनप्रतिनिधिले गर्ने काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ । २०५३ सालमा वालिङ नगरपालिका स्थापना भएको र २०५४ सालमा स्थापित संघले अहिलेसम्म अनवरत रुपमा वालिङको पहिचान र समृद्धिका लागी कार्य गर्दै आएको बताउनुभयो । वालिङको पहिचानका लागी संघले गरेका गतिविधि तथा वालिङमा मालपोत कार्यालय, नापी कार्यालयको स्थापना गर्नका लागी संघको निकै ठुलो भुमिका रहेको भन्दै संघको प्रशंसा गर्नुभयो । संघले आफ्नो स्थापना काल देखि स्थानीय उत्पादनको बजारीकरणका लागी गरेका मेला महोत्सवले…
स्याङ्जा २० पुस । छैठौँ अधिवेसनबाट निर्वाचित नेपाल पत्रकार महासंघ स्याङ्जाका पदाधिकारीले शुक्रवार स्याङ्जा सदरमुकाममा सपथ ग्रहण गरेका छन् । पुतलीबजार नगरपालिका १ स्थित महासंघको कार्यालयमा आयोजित निर्वाचन समितिका संयोजक एवं अधिवक्ता तुलसी गिरीले नवनिर्वाचित अध्यक्ष सहितको कार्यसमिति लगायत केन्द्र एवं प्रदेश प्रतिनिधिलाई पद सहितको सपथ गराउनुभएको थियो । सपथसंगै संयोजक गिरीले पत्रकारिताका धर्म, कर्म र मर्म बुझेर पत्रकारिकता गर्नुपर्ने बताउनुभयो । पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा क्रियाशिल हुन समेत उहाले सुझाव दिदै अधिवेशनका क्रममा दिइएको जिम्मेवारीलाई कुशलतापूर्व हस्तान्तरण गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो । कार्यक्रममा मुक्तिनाथ विकास बैंक संचालक सदस्य भरतप्रसाद लम्सालले महासंघको कार्यालयका लागि आवश्यक फर्निचर खरिदका लागि भन्दै…
वालिङ २० पुस । वालिङ नगरपालिकाका जनप्रतिनिधि,कर्मचारी तथा सरोकारवालाहरुको सहभागितामा हेफर आधारशिला अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पालिकाले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘वालिङ कृषि विकास परियोजना’ अन्तर्गत परियोजना समन्वय समितिका सदस्य तथा सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा बोल्नु हुँदै वालिङ नगरपालिकाका प्रमुख कुष्ण खाँणले कृषि र पशुपालनको क्षेत्रमा फरकशैलीबाट काम गर्न पालिकामा कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । कृषि र पशुपालन पालिकाको प्रमुख क्षेत्र भएको भन्दै प्रमुख खाँणले विभिन्न संघसंस्थाको सहकार्यमा काम गरिरहेको बताउनु भयो । उपप्रमुख कविता तिवारी गैह्रे कृषि र पशुपालनमा नै नगरलाई आत्म निर्भर बनाउन योजनाबद्ध रुपमा पालिका…
पोखरा, १९ पुस । गण्डकी प्रदेशमा आयोजना गरिएको जलवायु समिक्षा कार्यशालाका सहभागिले हरेक सरकारी गैरसरकारी संयन्त्रबाट जलवायु परिवर्तनको मुद्दा संबोधनको प्रयास गरेको भएपनि किसान, महिला, अपाङ्गता साथै सिमान्तकृत बर्गमा सामना गर्ने क्षमता बढाउन जलवायु शिक्षा र जलवायु संस्कृति निर्माण गरी नीति निर्माण, कार्यक्रम सहयोग र प्रभावकारी अनुगमन प्रणालीमा जोड दिनुपर्ने निचोड निकालेका छन् । सहभागिल जलवायु परिवर्तन प्राकृतिक र सामाजिक परिस्थितिबाट सिर्जित भएकोले यसको अनुकुलन र न्युनिकरणमा बिज्ञान र परम्परागत ज्ञानको संयोजन गर्न जरुरी हुने, जलवायु परिवर्तनको असरको घण्टी समुदायले सुनेर बिकल्प चाहेको, गैससले पैरवी गर्दै गर्दा सरकारले केही अनुदानका व्यवस्था गरेपनि प्रभावकारी हुन नसकेको अवस्थामा प्रदेशमा बजेट तथा कार्यक्रम…
स्याङ्जा १९ पुस । स्याङ्जाबाट सुरुवात गरेको मुक्तिनाथ विकास बैंकले १९ औं बार्षिकोत्सव मनाएको छ । विस २०६३ पुुस १९ गते पुतलीबजार नगरपालिका १ मा स्थापना गरिएको हो । बैंक स्थापनाका छोटो समयमै मुलुकभर ख्याती कमाउन सफल विकास बैंकले स्थापनाको १९ को बार्षिकोत्सवलाई मुलुकभरका एक सय ९० शाखामा बिभिन्न कार्यक्रम गर्दै मनाएको छ । यसैक्रममा पुतलीबजारमा रहेको शाखा कार्यालयमा आयोजित कार्यक्रममा मुक्तिनाथ विकास बैंकका संचालक सदस्य भरतप्रसाद लम्सालले मैनबत्ती बाल्दै केक बाडेर बार्षिकोत्सवको उदघाटन गर्नुभएको थियो । १९ औं बर्ष प्रवेशको शुभारम्भ गर्दै स्याङजा सदरमुकाममा स्थापित बैंक आज मुलुककै नमूना बैंक बन्न सफल भएको बताउनुभयो । जिल्लाबासी असल कारोवारीका कारण…
स्याङ्जा १९ पुस । अपाङ्ग समाज स्याङ्जाको आयोजना तथा सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा दृष्टिबिहिन बालबालिकालाई न्यानो कपडा सहित सरसफाई सामाग्री प्रदान गरिएको छ । फेदीखोला गाउँपालिका २ स्थित कालाभैरव माध्यमिक विद्यालयकामा अध्ययरत ७ जना दृष्टिबिहीन बालबालिका सहित आयालाई न्यानो कपडा वितरण गरिएको हो । सोही बिद्यालयमा स्थापित विशेष स्रोत कक्षामा अध्ययनरत बालबालिकालाई न्यानो कपडा, साबुन, ब्रस, र अन्य सरसफाईका सामग्री प्रदान गरिएकोे हो । सामाग्री प्रदान गर्दे वडाअध्यक्ष अभिलास गुरुङ्ले स्याङ्जा अपाङ् समाज स्याङ्जा र सामाजिक विकास कार्यालयको अपाङ्गताका क्षेत्रमा पुरयाएको सहयोग एवं अनुकरणीय कार्यको प्रशंसा गर्दै गाउँपालिका सहित वडाले पनि आउदा दिनमा आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा…
स्याङ्जा १९ पुस । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा जीवन वाटिका स्याङजाको समन्वयमा लागु औषध तथा कुलतमा लागेका युवाका लागि मनोपरामर्श तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले युवायुवती कुलतमा फस्न नदिने उदेश्यले यस्ता पराशर्म कार्यक्रम गरिएको बताउनुभयो । सचेतनामूलक कार्यक्रमले परिवार र समाजमा सकारात्मक प्रभाव पार्ने जनाउदै उहाले यस्ता कार्यक्रम आवश्यक भएमा सम्पर्क राख्न समेत सहभागीलाई सूचित गराउनुभयो । स्याङ्जा सदरमुकाममा आयोजित सो कार्यक्रममा जीवन बाटिका स्याङ्जाका अध्यक्ष समिर गुरुङले लागु औषधका बारेमा जानकारी गराउदै यसको कुलमा कसरी फस्न सकिन्छ र फसेपछि के कस्ता बिबि र उपाय अपनाउन सके लागु…