Author: Syangja Sandesh

स्याङजा १३ मंसिर । फेदीखोला गाउँपालिकामा आयोजना गरिएको आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा जनआदर्श मावि प्रथम भएको छ । मैदान मा.वि द्वितीय , स्वाभिमान बोर्डिङ स्कुल तृतीय र चण्डीडाँडा मा.वि शान्त्वना भएका छन् । गाउँपालिकाका १२ विद्यालय सहभागी रहेको सो प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुनेले क्रमश ः ४ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार सहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता ः साझेदारी र प्रणालीगत सक्षमता“ भन्ने मूल नाराका साथ फेदीखोलाको नियमित शैक्षिक क्यालेण्डर अन्तर्गतको कक्षा ६–८ मा अध्ययरत बालबालिकाबीच अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता गरिएको हो । प्रतियोगितामा…

Read More

स्याङजा १३ मंसिर । डाँका चोरी मुद्दामा फरार एक फरार कसुरदार ३८ वर्षपछि पक्राउ परेका छन् । फरार कसुदारहरुलाई पक्राउ गर्ने क्रममा ३८ वर्ष अघिको घटनाका फरार कसुदारलाई पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका– ८, बस्ने ६४ वर्षका बुद्विबहादुर शाहीलाई पक्राउ गरेको हो । वि.सं. २०४३ माघ ७ गते स्याङ्जा जिल्ला अदालतले डाँका चोरी मुद्दामा ८ महिना ४ दिन कैद सजाय तोक्नुका साथै जमाना बुझाउन आदेश दिएको थियो । कैद सजाए तोके फरार रहेका उनलाई बुधबार पक्राउ गरेको प्रहरी नायव उपरिक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

Read More

स्याङ्जा १३ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस मनाइएको छ । दिवससंगै अभिमुखिकरण तथा अन्तरक्रिया सहित लैङ्गिक हिंसा विरुद्धको प्रतिबद्धता अभियानमा हस्ताक्षर गरिएको छ । प्रबिधिको सही प्रयोग गर्राैं, लैगिंक हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ सामाजिक विकास तथा एकिकृत सेवा कार्यालय स्याङ्जाको आयोजना तथा मानवअधिकार तथा शान्ति समाज स्याङ्जा, महिला मानवअधिकार रक्षकहरुको संजाल, स्याङ्जा र एकद्धार संकट ब्यवस्थापन केन्द्र प्रदेश अस्पताल स्याङ्जाको समन्वयमा अभिमूखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमको उदघाटन गर्दै गण्डकी प्रदेश सदस्य कल्पना तिवारीले महिला र पुरुषबीचको बिभेदका कारण यस्ता खालका अभियान सुरु भएको बताउनुभयो्…

Read More

स्याङजा ११ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटमा स्याङ्जा एमालेले सहमतिको प्रयास प्रारम्भ गरेको छ । संसदीय निर्वाचन क्षेत्र नं. १ बाट खुलातर्फ ४ र क्षेत्र नं. २ बाट ३ गरी ७ जना छनौट गरिने छ । अन्य ८ जना भने बिभिन्न क्लष्टरबाट प्रतिनिधि छानिने छन् । चालिस बर्ष मुनिका युवा उम्मेदवारहरु मध्ये क्षेत्र नं. १ बाट १३ जनाको मनोनयनपत्र दर्ता भएको छ । नामांकनपत्र दर्ता गर्नेहरुमा नारायण लामिछाने, केशव ढकाल, पूर्णचन्द्र शर्मा, पिताम्बर खनाल, पवनकाजी अधिकारी, राजन पोखरेल, दीपेन्द्र शर्मा, डोलबहादुर मल्ल, अमृत नेपाली थापा, युवराज आचार्य, शिवराज वाग्ले, राधाकृष्ण शर्मा पौडेल र…

Read More

स्याङजा ११ मंसिर । पुतलीबजार नगरपालिका ३ स्थित सामाग्रीचोक — इन्द्रेस — रानीश्वारा — नुवाकोट मोटरबाटो (गणेशमान सिंह मार्ग) मोटरबाटो शिलान्यास गरिएको छ । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले मोटरबाटोको शिलान्यास गर्दै सुबिधायुक्त मोटरबाटो निर्माण गर्दै नुवाकोटसम्म पुरयाउने बताउनुभयो । सुबिधायुृक्त मोटरबाटोको पहुँचसंगै यहाँका स्थानीय उत्पादन बढाउन सकिनेमा जोड दिनुभयो । विकास पहिलो आवश्यकता र प्राथमिकतामा रहेको सडक संजालको निर्माणपछि विकासले गति लिने जानकारी गराउदै सडक निर्माणपछि गाउँघर चलायमान बन्ने बताउनुभयो । लामो समयदेखिको प्रतिक्षामा रहेको मोटरबाटो स्तरोन्नती सहितको निर्माण अव छिटै पूर्ण हुने चरणमा आएको जानकारी गराउनुभयो । सोही वडाका कार्यवाहक अध्यक्ष सोमबहादुर कुँवर, स्थानीय समाजसेवीहरु शाह मोहम्मद मिया, शेर…

Read More

स्याङ्जा ११ मंसिर । स्याङ्जा जिल्लामा २३ करोड भन्दा बढिको लागतमा ५ पक्की (सडक) पुल निर्माण हुने भएका छन् ।चालु आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लाका विभिन्न सडकखण्ड अन्र्तगत २३ करोड ११ लाख ७४ हजार ३७४ रुपैयाँको लागतमा ५ वटा पक्की पुल निर्माण हुने भएका हुन् । निर्माण हुने पुलमध्ये गौरिघाटमा ५ करोड ५१ लाख ७५ हजार ६६६ रुपैयाँको लागतमा पुल निर्माण हुनेछ । सेतीखोलामा चार करोड ९४ लाख ६३ हजार ८९१ रुपैयाँ लागतमा पुल निर्माण हुँदैछ भने राक्सेघाटमा चार करोड ९२ लाख ७१ हजार २१ रुपैयाँको लागतमा पुल बन्दै छ । सिहालेमा चार कराड ५२ लाख ६८ हजार ८४६ रुपैयाँमा…

Read More

स्याङ्जा ११ मंसिर । नेवाः देय दबू जिल्ला कार्य समिति स्याङ्जाद्धारा आयोजित प्रथम स्याङ्जा सडक महोत्सव र सामुहिक वेल विबाहको बारेमा पत्रकार सम्मेलन गरेको छ । स्याङ्जा सदरमुकाममा आयोजित सम्मेलनमा आउदो माघ २६, २७ र २८ गतेसम्म गरिने दुबै कार्यक्रमलाई सभ्य, भब्यरुपमा सफल बनाउन र महोत्सवका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको हो । सम्मेलनमा नेवा देय दबूका केन्द्रीय सदस्य देवेन्द्रकुमार श्रेष्ठ, पत्रकार महासंघका पूर्व अध्यक्ष द्धय ओमप्रकाश शर्मा र प्रकाश डोटेल, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठ, पुतलीबजार नगरपालिका ३ का कार्यवाहक अध्यक्ष सोमबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टी पुतलीबजार नगरसभापति डा. बसन्त पंगेनी, च्याम्बर अफ कमर्शका ओमप्रसाद पौडेल,…

Read More

स्याङ्जा १० मंसिर । वालिङ नगरपािलका–८ काफ्लडाँडास्थित गौशालाको ब्यवस्थापकीय संचालनका लागि वालिङ्मा बृहत सांस्कृतिक कार्यक्रम गरिने भएको छ । गौैशालामा दिनानुदिन गाई बढ्दै जाँदा नियमित आम्दानीको श्रोत अभाव र दानदाताको संख्यामा कमि भएपछि गौशाला चलाउनै मुस्किल हुँदैै गएको छ । गौशाला चलाउनै मुस्किल भएपछि ईन्द्रेणी बृहत सांस्कृतिक कार्यक्रम मार्फत रकम संकलन गरिने भएको हो । वालिङ नगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न २०७६ सालबाट संचालन गरेको गौशालामा हाल झण्डै १७५ गाई छन् । ५० वटा बाच्छाबाच्छी झण्डै ४० वटा बुढा भएका गाईगोरु छन् भने गौशलामा ५० वटा थारो र ब्याउनेसँगै २० वटा गाई दुहुनो गाई छन् । सडक छाडा चौपाया मुक्त…

Read More

स्याङ्जा १० मंसिर । अर्जुनचौपारी गाउँपालिकामा भएको आँखा परिक्षण शिविरमा २ हजार भन्दा धेरै बिद्यार्थीले सेवा पाएका छन । गाउँपालिकाले बिद्यार्थीहरुलाई लक्षित गर्दै निशुल्क आँखा परिक्षण शिविरको आयोजना गरेको हो । पालिकाभित्र ४ दिनसम्म बिद्यालय विद्यालयमा पुगेर दिइएको आँखा परिक्षण शिविरबाट २ हजार २ सय ५९ जना लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो । वडागत रूपमा सञ्चालित शिविरमा सेवा लिएका मध्ये २ सय १७ जनामा थप उपचार आवश्यक देखिएको र थप उपचारकालागि रिफर गरिएको छ । वडा नं. १ मा भएको शिविरमा ७४३ जनाको आँखा परीक्षण गरिँदा १०१ जना विद्यार्थीलाई रिेफर गरिएको थियो । वडा १, २ र…

Read More

स्याङ्जा १० मंसिर । पुतलीबजार नगरपालिकाले कुखुरा पाल्न इच्छुक किसानलाई कुखुराका चल्ला र दाना उपलब्ध गराउने अभियानलाई निरन्तरता दिएको छ । अघिल्लो सातादेखि सुरु गरेको चल्ला बितरण कार्यक्रम अन्र्तगत बुधवार पुतलीबजार नगरपालिकाका वडा नं. ५, ६ र ७ का किसानलाई कुखुराका चल्ला उपलब्ध गराइएको हो । कृषि उत्पादनको प्रवद्र्धन, आय–आर्जनका अवसरको विस्तार तथा किसानका जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । कुखुरा पालनगरि स्वस्थ्य मासु उत्पादन गरेर आयआर्जन बढाउनुका साथै मासुमा आत्मनिर्भर बनाउनु पालिकाको लक्ष्य रहेको जनाउनुभयो । कुखुराका चल्लाको स्याहार र खानपानमा ध्यान पुरयाएमा राम्रो आम्दानी लिन सकिने पनि प्रमुख रेग्मीको…

Read More

स्याङ्जा ९ मंसिर । लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलबारदेखि सुरु भएको छ । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नाराका साथ यसबर्षको लैगिंक हिसा बिरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । उद्योग तथा पर्यटन र सामाजिक बिकास, युवा तथा खेलकूद एकिकृत सेवा कार्यालयको आयोजनामा स्याङ्जामा लैङ्गिक हिंसा विरुद्धको “म हिंसा गर्दिन, म हिंसा सहन्न” भनेर प्रतिबद्धतामा हस्ताक्षर सहित अन्तरक्रिया गरिएको हो । प्रतिबद्धतामा हस्ताक्षर गरेर कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले समाजमा हुने गरेका जस्तासुकै हिंसामा पनि सुन्य सहनशिलताका अपनाउनु पर्ने बताउनुभयो । लैंगिक हिंसाबाट परिवार मात्र नभई समाज र देशनै…

Read More

स्याङ्जा ९ मंसिर । गुरुङ समुदायको रोधीं संस्कृतिमा आधारित गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधिंरी’ आइतवार काठमाण्डौंमा सार्वजनिक गरिएको छ । गायिका दुर्गा गुरुङले गीत आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको छ । तमु ल्होछार नजिकिँदै गर्दा काठमाडौंमा आयोजित कार्यक्रममा गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङले नेपाली गीत–संगीतलाई बजारमा ल्याउनु भएको हो । सामूहिक स्वरमा भिमकला गुरुङ, टिका गुरुङ, शिशिर गुरुङ र मनाङ्ग गुरुङले साथ दिनु भएको छ । गीत केशबहादुर गुरुङले लेख्नु भएको हो । म्युजिक भिडियोमा आनन्द गुरुङ र दिपशिखा गुरुङको मुख्य अभिनय छ । गीतको संगीत संयोजन तेजेन्द्र गुरुङ र निर्देशन उमेश गुरुङले गर्नुभएको छ । गण्डकी…

Read More

स्याङ्जा ९ मंसिर । आँधीखोला गाउँपालिकाका माध्यमिक शिक्षामा अध्ययरत बालबालिकालाई च्याउ खेती सम्बन्धी प्रशिक्षण दिइएको छ । आँधीखोला गाउँपालिका र ईको हिमालको व्यवस्थापनमा आँधीखोला ६ फापरथुम स्थित शारदामन्दिर माविको आयोजनामा एक दिने च्याउ खेती सम्बन्धी कार्यशाला सम्पन्न भएको हो । कार्यशालाको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले विद्यार्थीलाई व्यवहारिक ज्ञान सबैभन्दा महत्त्वपूर्ण रहेको बताउनुभयो । व्यवहारिक ज्ञानले विद्यार्थीलाई जीउन सिकाउने जनाउदैै अबको शिक्षा प्रयोगात्मक हुनुपर्नेमा उहाले जोड दिनुभयो । अबको शिक्षा व्यवहारिक ज्ञान सहितको सीपमूलक शिक्षामा लगाव बढाउनु पर्ने जनाउनुभयो । सामाजिक विकास समिति सभापति एवं वडा २ का अध्यक्ष कमलप्रसाद पौडेल, वडा ६ का अध्यक्ष नवीन ढकाल, कृषि शाखा…

Read More

स्याङ्जा, ९ मंसिर । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाले भौतिक १६ प्रतिशत र वित्तीय ९ प्रतिशत प्रगति हासिल गरेको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिक (साउन कात्तिक) अवधिमा खानेपानी कार्यालयले चालु र पुँजीगततर्फ समग्रमा भौतिकतर्फ १६ प्रतिशत र वित्तीयतर्फ ९ प्रतिशत प्रगति हासिल गरेको हो । कार्यालयले पहिलो चौमासिकमा चालुतर्फ २० र पुँजीगत शिर्षकमा २० प्रतिशतका दरले प्रगति हासिल गर्ने लक्ष्य लिएको थियो । चालुतर्फको भौतिक प्रगति झण्डै २० र वित्तीय १६ प्रतिशत प्रगति भएकोमा पुँजीगततर्फ भने भौतिकमा करिब १५ र वित्तीयतर्फ ८ दशमल ६० प्रतिशत प्रगति हासिल गरेको हो । चालु र पुँजीगत खर्चको समग्रमा…

Read More

स्याङ्जा ८ मंसिर । स्याङ्जामा ८ हजार २ सय २५ नयाँ मतदाता थपिएका छन । फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरेको मतदाता दर्ता अभियानमार्फत स्याङ्जामा ३ हजार ३ सय ३४ जना महिला, ४ हजार ८ सय ९० पुरुष र एक अन्य थपिएका निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ । गत असोज ९ गतेदेखि मङ्सिर ५ सम्म मतदाता नामावलीमा नाम दर्तामा लागि खुला गरिएको थियो। निर्वाचन कार्यालयमा वा राष्ट्रिय परिचयपत्रका माध्यमबाट दर्ता भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख श्रीराम थापाले जानकारी दिनुभयो । यसरी थपिनेमा नियमित प्रक्रियाबाट कार्यालयमै पुगेर १ हजार ८४१ ले मतदाता नामावलीमा नाम दर्ता गरा एभने राष्ट्रिय परिचयपत्रमार्फत…

Read More