Author: Syangja Sandesh

स्याङ्जा १७ मंसिर । “मासुमा आत्मनिर्भर तथा स्वस्थ मासु उत्पादन कार्यक्रम” अन्र्तगत पुतलीबजार नगरपालिकाले निशुल्क कुखुराका चल्ला बितरण अभियान अन्र्तगत बुधवार ४ वटा वडामा चल्ला सहित दाना बितरण गरेको छ । वडा कार्यालयको शिफारिसका आधारमा पुतलीबजार नगरपालिकाले कुखुरा पालक किसानलाई कुखुराका चल्ला र दाना उपलब्ध गराउदै आएको हो । आर्थिक अवस्था कमजोर तथा बिपन्न परिवारलाई लक्षित गर्दै मासु र अण्डा दिने कुखुरा बितरण गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी गराउनुभयो । प्रमुख रेग्मीका अनुसार बुधवार पनि वडा नं. ४, ८, ९ र १० वडामा कुखुराका चल्ला र दाना बितरण गरिएका हुन । अहिलेसम्म वडा नं. १ देखि १० नम्बर वडामा बितरण…

Read More

स्याङ्जा १७ मङसिर । अर्जुनचौपारी गाउँपालिकाले दरौखोला तथा गडयौलीखोलामा माछाका भुरा छाडेको छ । यहाँको गड्यौलीखोलामा १५ हजार र दरौखोलामा ६० हजार गरेर ७५ हजार विभिन्न जातका माछाका भुरा छाडिएको हो । गाउँपालिकाले कालीगण्डकी मत्स्य ह्याचरीसँग सहकार्य गरेर गाउँपालिका उपाध्यक्ष सपना गुरुङको नेतृत्वको छोलीले गर्दी, हाडे, ढेड, सहर जातका माछा खोलामा छाडेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले पारिस्तिक प्रणली बचोस र भोलीका दिनका माछा मारेरै जीवननिर्वाह गरेका यहाँका नागरिकले जिवीको पार्जन गर्न सकुन भन्ने उदेश्यले खोलामा माछाको भुरा हालेको बताउनुभयो । माछाका भुरा छाड्नाले आर्थीक आर्जन सहज समेत हुने बताउदै अर्यालले हरेक बर्ष जस्ता माछाका भुरा छाडिएको…

Read More

स्याङ्जा १७ मङसिर । बिरुवा गाउँपालिकामा सञ्चालित पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी भुरुङचौकी माध्यमिक विद्यालयले हात पारेको छ । बिरुवा गाउँपालिका खेलकूद समितिको आयोजना तथा भुरुङचौकीस्थित पुष्प खेलमैदानमा भएको प्रतियोगिताको संयोजन भुरुङचौकी माध्यमिक विद्यालयले गरेको थियो । भुरुङचौकी माध्यमिक विद्यालयले १० स्वर्ण, ९ काश्य र २ रजत पदक सहित उपाधी जितेको हो । जीतसँगै भुरुङचौकी माध्यमिक विद्यालयले ३० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगितामा जामुनेडाँडा मावि दोस्रो भएको छ । जामुनेडाँडाले ६ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ । दोश्रो भएको जामुनेडाँडाले २० हजार नगद सहित मेडल र प्रमाणपत्र पाएको…

Read More

स्याङ्जा १७ मंसिर । स्याङ्जामा पहिलो पटक वालिङ् नगरपालिकाले आज (बुधवार) देखि शुक्रवार १७ देखि १९ सम्म सडक महोत्सव गर्ने भएको छ । ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’ भन्ने मूल नाराका साथ प्रथम वालिङ सडक खाना महोत्सवको आयोजना गर्न लागेको हो । वालिङ्मा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सो को जानकारी गराइएको हो । मंसिर १७ गते बुधवारदेखि शुरु हुने प्रथम वालिङ सडक खाना महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र तीनदिने सो महोत्सवको बुधवार दिउसो १ बजे बिधिवतरुपमा उदघाटन गरिने नगर प्रवक्ता पदमराज गुरुङ्ले जानकारी गराउनुभयो । वालिङ् नगरपालिकाको मौलिक खानपान, कलासंस्कृति र उद्यमलाई प्रर्वद्धन गर्ने उदेश्यले…

Read More

स्याङ्जा १५ मंसिर । माघकोे दोश्रो साता राष्ट्रपति रामचन्द्र पौडेल स्याङ्जा आउनु हुने भएको छ । भीरकोट स्थित भाग्योदयको स्वर्णमहोत्सवको राष्ट्रपति पौडेलले उदघाटन गर्नेगरि निमन्त्रणाकालागि अनुरोध गरिएको बिद्यालयका अध्यक्ष छाँयाराम खनालले जानकारी दिनुभयो । भीरकोट नगरपालिका ६ उजेलीडाँडास्थित भाग्योदय माध्यमिक विद्यालयले ५० बर्ष पुरागरेकाले यसबर्ष स्वर्णमहोत्सव गर्ने भएको छ । आउदो माघ १२ गतेदेखि १४ सम्म बिबिध कार्यक्रमसहित स्वर्ण महोत्सव गर्नेगरी बिभिन्न समिति र उपसमिति गठन भएका छन् । समीको चौपारी नजिक रहेको चौरमा खरको छानाबाट सुरु भएको बिद्यालयले बिभिन्न आरोह अबरोह पार गर्दै स्वर्ण जयन्ती मनाउन लागेको स्मरण गर्दै यो समयाबधीमा अतिरिक्त क्रियाकलापसहित बिभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमगरि मनाइने…

Read More

स्याङ्जा १५ मंसिर । पुतलीबजार नगरपालिकाका प्रथम नगरप्रमुख उमेशचन्द्र थापाको २४ औं स्मृति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरिएको छ । नेकपा एमाले पुतलीबजार नगरकमिटीको आयाजनामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेश सांसद तथा पूर्वमन्त्री सीता सुन्दासले उमेशचन्द थापाको मार्गदर्शनले पार्टी यहाँसम्म आएको बताउनुभयो । पार्टीले रक्तदान कार्यक्रम गर्दै गर्दा थापाप्रति सम्मान भएको बताउदै उहाका रचनात्मक योजनाहरुलाई सफल बनाउदै लैजाने बताउनुभयो । नेकपा एमाले नगर कमिटी अध्यक्ष सोभितबहादुर खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनोजमान श्रेष्ठले स्वागत एवं उपसचिव तेजप्रसाद शर्माले संचालन गर्नुभएको थियो ।पुतलीबजार नगरपालिकाको प्रांगणमा भएको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन…

Read More

स्याङ्जा १५ मंसिर । स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयले बृहत बिज्ञान प्रदर्शनी कार्यक्रम गरेको छ । प्रर्दशनी कार्यक्रमको उदघाटन एवं अवलोकन गर्दे पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले आफुले अध्ययन गरेका बिषयबस्तुलाई प्रयोगगात्मक बिधिद्धारा सिक्ने र सिकाउने यस बिधि अत्यन्त उपयोगी भएको बताउनुभयो । सैद्धान्तिकरुपमा रहेको किताबी ज्ञानलाई ब्यहारमा प्रयोगगरी अध्ययन गर्दा बिद्यार्थीलाई अझ धेरै ज्ञान र सीपको सिकाई हुने प्रमुख रेग्मीको भनाई छ । यस्ता कार्यक्रले बिद्यार्थीको ज्ञान, सीप र क्षमतालाई बढाउने हुदाँ अन्य बिद्यालयहरुले पनि सिको गर्नुपर्नेमा उहाले जोड दिनुभयो । यस्ता कार्यक्रमले बिद्यार्थीमा उत्सुकता थप्नुको साथै खोजमुलुक र अनुसन्धानमुलुक बनाउने र शिक्षण सिकाइमा सहज बनाउने बताउनुभयो…

Read More

स्याङ्जा १५ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा स्याङ्जामा विभिन्न सचेतना मूलक कार्यक्रमहरु जारी छन् । सोही क्रममा एकिकृत सेवा कार्यालय स्याङ्जा र गल्याङ नगरपालिकाको समन्वय र सामुदायिक प्रहरी साझेदारीमा अभिमुखिकरण तथा अन्तक्र्रिया गरेको छ । कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले लैङ्गिक हिंसा अन्त्यको लागि सबै जनाको एकिकृतप्रयास आवश्यक रहेको औल्याउृनुभयो । कहि कतै लैङ्गिक हिंसाबाट पिडित हुन परेमा स्थानीय न्यायिक समितिले कानूनी सहायता , उद्धारमा सहयोग गर्न तयार रहेको उहाले जानकारी गराउनुभयो । एकद्धार संकट व्यवस्थापन केन्द्र प्रदेश अस्पताल स्याङ्जा प्रमुख गीता न्यौपानेले महिलाहरु आफूहरु हिंसामा परेनतापनि समाज र परिवारको डरले बाहिर अभिव्यक्त गर्न…

Read More

स्याङ्जा १५ मंसिर । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत भीरकोटमा महिला पञ्चेबाजा प्रतियोगिता हुने भएको छ । एकिकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र भीरकोट नगरपालिकासँगको समन्वयमा यही मंसिर २४ गते महिला समुहबीच पञ्चेबाजा प्रतियोगिता हुने भएको हो । बयरघारी सिसौघारी स्थित भीरकोट खेलमैदानमा प्रतियोगिता गरिने भएको कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । गीत तथा पञ्चेबाजा मार्फत् महिला हिंसा विरुद्ध आवाज बुलन्द गरिने भएको हो । उहाले प्रतियोगिताले मौलिक संस्कृति जगेर्ना र महिला आवाज तथा अधिकार स्थापनामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्याङ्जामा ‘प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौ’ भन्ने नाराकासाथ लैंगिक हिंसा बिरुद्धको अभियान…

Read More

स्याङ्जा १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र वालिङ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा वालिङमा १० दिने बारिष्टा तालिम शुरु भएको छ । सामाजिक विकास मन्त्रालय, हेल्भटास अन्र्तगत इन्स्योर परियोजनाको आर्थिक एवं प्राविधिक सहयोगमा १० दिन अर्थात ५० घण्टे बारिष्टा तालिम शुरु भएको हो । सीप स्तरोन्नति तालिमको उद्दघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष तथा इन्स्योर परियोजनाका फोकल पर्सन सञ्जिवबाबु कोईरालाले स्वदेश तथा बिदेशमा समेत वारिष्टाका पारखीको संख्या दिनानुदिन बढ्दो रहेको जनाउनुभयो । सीप सिकेर आजआर्जन बढाउन सकिनेमा अध्यक्ष कोइरालाको भनाई छ । सीप सिकेर ब्यवहारमै उपयोग गर्नुपर्ने उहाले बताउनुभयो । कार्यक्रममा महासंघका…

Read More

स्याङ्जा १३ मंसिर । वालिङ नगरपालिकाले पालिका गान बनाउने भएको छ । नगरपालिकाले बुधबार एक सूचना प्रकाशन गर्दै ३० दिनभित्र पालिका गानको रचना पेश गर्न आग्रह गरेको छ । पालिकाको गान तयार गर्दा वालिङ नगरपालिका नाम अनिवार्य समावेश हुुनपर्ने, रचनामा वालिङको सामाजिक, सांस्कृतिक, प्राकृतिक, भौगोलिक, धार्मिक ऐतिहासिक तथा पुरातात्विक विशिष्टता झल्कने हुनुपर्ने भनिएको छ । रचना बढीमा ५० शब्द भएको मौलिक विशिष्टता झल्कने सहज तथा सरल नेपाली भाषामा हुनुपर्ने, रचनामा प्रयोग भएका शब्दको संक्षिप्त व्याख्या गरिएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । साथै रचनामा कुनै जातिय विभेद, सामाजिक सदभाव, सार्वभौमिता, राष्ट्रिय एकता वा अखण्डतामा आँच आउने शंकेत वा शब्द प्रयोग…

Read More

स्याङ्जा १३ मंसिर । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि स्याङ्जाबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा टुंग्याएको छ । जिल्लाबाट १५ जना प्रतिनिधिका लागि ८४ जना आकांक्षी थिए । काठमाडौंमा यही मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने ११ औं महाधिवेसनका पार्टी प्रतिनिधि छनोट गरेको हो । स्याङ्जाबाट १५ जना प्रतिनिधिका लागि ८४ जना आकांक्षी देखिएका थिए । दुई दिनको छलफल पश्चात् प्रतिनिधि छनोट भएको हो । क्षेत्रीय र संगठनात्मक रुपमा सक्रिय व्यक्तिहरुलाई सर्वसहमतिमा एमाले स्याङ्जाले प्रतिनिधि छनोट गरेको छ । स्याङ्जा संघीय निर्वाचन क्षेत्र नं. १ मा खुलाबाट नारायण मरासिनी, सुधिर पौडेल, महेश पुरी र चुनप्रसाद शर्मालाई महाधिवेशन प्रतिनिधिका रुपमा छनोटमा…

Read More

स्याङ्जा, १३ मंसिर । अर्जुनचौपारी गाउँपालिका–१, अर्जुनचौपारी बजारमा २०५९ सालदेखि संचालनमा आएको ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको साधारण सभा अर्जुनचौपारी खेलमैदानमा सम्पन्न भएको हो । साधारण सभालाई सम्बोधन गर्दै साना किसान विकास बैंकका संचालक सुखदेब न्यौपानले पछिल्लो समय सहकारी क्षेत्र बदनाम हुँदै गएको समयमा ग्रामिण स्वावलम्बन सहकारीले अर्जुनचौपारीका स्थानीय शेयर सदस्यलाई गरेको सेवा प्रसंशा योग्य रहेको बताउनुभयो । साना किसान कृषि सहकारीले पशुपालन, कृषि उत्पादन र र्निजीवन बीमाका क्षेत्रमा कृषकसँग सहकार्य गर्दै आएको संचालक न्यौपानेले सुनाउनुभयो । सहकारीले शेयर सदस्यको आर्थिक वृद्धिलाई ध्यानमा राख्दै जोखिम बहनलाई प्राथमिकता दिएर…

Read More

स्याङ्जा १३ मंसिर । अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्च कन्या माध्यमिक विद्यालयमा ३२२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । विद्यालयमा अध्ययन गरेका २०६५ सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरूले विद्यालय पोशाक वितरण गरेका हुन् । देश तथा विदेशमा रहेका २०६५ सालको एसएलसी ब्याचका ८४ मध्ये ४२ जना पूर्व विद्यार्थीहरूले संकलन गरेको २ लाख ४१ हजार पाँच सय रुपैयाँ बराबरको पोशाक वितरण गरिएको हो । यहाँ कक्षा नर्सरी देखि कक्षा नौ सम्मका सबै विद्यार्थीलाई पोशाक वितरण गरिएको र अब कक्षा १०, ११ र १२ का कमजोर विद्यार्थीलाई पोशाक वितरण गरिएको पूर्व विद्यार्थी एवं शिक्षक सुरेन्द्र काफ्लेले जानकारी दिनुभयो । आफू…

Read More

स्याङ्जा १३ मंसिर । वालिङ् नगरपालिका सडक खाना महोत्सवको तयारीमा जुटेको छ । वालिङ्का स्थानीय उत्पादन, कला, संस्कृति र भेषभुषा सहित सामाजिक सदभाव कायम राख्ने उदेश्यले सडक महोत्सव गरिने भएको हो । आउदो साता पहिलो पटक सडक खाना महोत्सव गरिने भएको हो । वालिङ नगरपालिकाको आयोजनामा आँधीखोला करिडोर हुदै सुर्र्कोदी पुलसम्म ३ दिने प्रथम सडक खाना महोत्सव गरिने उपप्रमुख कबिता तिवारीले जानकारी दिनुभयो । स्थानीय खानाका परिकार, स्थानीय उत्पादन सहित स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनकालागी सडक खाना महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा विभिन्न जातिय भेषभुषा, संस्कृतिको प्रर्दशन र स्थानीय कलाकारहरुको प्रस्तुति रहनेगरी तयारी भैरहेको बताइएको छ ।…

Read More