Author: Syangja Sandesh

स्याङ्जा १६ भदौ । स्थानीय पुतलीबजार नगरपालिका वडा नं. ३ निवासी सुरेन्द्रमान भन्ने भूमिनारायण श्रेष्ठले आफनो आमोदकमोद भएको नम्बरी जग्गामा पुतलीबजार नगरपालिकाले बिना अनुमति प्रगतिनगर—बहाकोट—कोल्मा—काल्खु खडक बिस्तार गर्ने क्रममा कटानगरी क्षति पुरयाएकाले उक्त जग्गाको मुआब्जा तथा क्षतिपूर्तिको माग गर्नुभएको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋणमा बिस्तार गरिएको सो सडक भूमिनारायण लगायत दर्जनौ उपभोक्ताको जग्गा जानकारी बिना खन्ने, दाँयाबाँया बिस्तार गर्ने र ढुंगा माटो थुपार्ने गरिएको छ । अन्य उपभोक्ता चुप लागे पनि भूमिनारायण भने न्यायको खोजीमा सम्मानित अदालतसम्म जाने बताउनुभयो । पुतलीबजार नगरपालिका वडा नं. ३ चितिकुना भन्ने ठाउँमा आमेदकमोद गरिएको कि.नं. ८८९ को २ रोपनी १४ आना २ पैसा…

Read More

स्याङ्जा १६ भदौ । सामाजिक विकास कार्यालय स्याङ्जाले फेदीखोला गाउँपालिकास्थित शिवालय माध्यमिक विद्यालयलाई पुस्तकहरु उपलब्ध गराएको छ । राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर यहाँ अध्ययरत बिद्यार्थीलाई ६० वटा बालसाहित्य पुस्तक वितरण गरिएको सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिनसभयो । बाल कथा, बाल कविता, बाल गीत, बाल नाटक, बाल गजल, बाल उपन्यास लगायतका पुस्तकहरु उपलब्ध गराइएको हो ।बालबालिकाले यस्ता पुस्तक रमाइलोसंग पढ्ने हुँदा उनीहरुमा पढ्ने बानीको विकास हुनुका साथै बिबिध क्षेत्रको समेत ज्ञान बढ्ने प्रमुख पौडेलको भनाई छ । बालसाहित्य पुस्तकले बालबालिकाको आत्मविश्वास बढ्नुका साथै सामाजिक सदभाव कायम रहनेमा जोड दिदै भाषिक सीप र सिर्जनात्मक क्षमता बढ्ने बताउनुभयो ।…

Read More

स्याङ्जा १६ भदौ । गण्डकी र लुम्बिनी प्रदेशबिच विकासमा सहकार्य र सहलगानी गर्ने उद्देश्यका साथ सोमबार स्याङ्जाको गल्याङ् नगरपालिका १ मालुंगामा बसेको दुई सरकारबीच समान्वात्मक बैठकले ९ बुँदे निर्णयमा हस्ताक्षर हस्ताक्षर गर्दै ती निर्णयहरु सार्वजनिक गर्नुभएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल एवं धार्मिक क्षेत्र कालीगण्डकी उत्तरबाहिनीमा भएको प्रदेश सरकारका मुख्यमन्त्री द्धय सहित अर्थ, पर्यटन, भौतिक, बन मन्त्री, प्रदेशसभा सदस्य, सचिव सहित सरोकारवालाबीच भएको छलफल सहित प्रस्तुतीले ९ बटा बुदाँमा टेकेर आउदा दिनमा काम गर्ने निर्णय भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हस्ताक्षर गर्दै प्रतिबद्धता जनाउनुभयो । सरकारका बार्षिक नीति तथा कार्यक्रम…

Read More

स्याङ्जा १६ भदौ । दैनिक प्रशासनिक काम चुस्त र नागरिकमैत्री बनाउन जिल्ला समन्वय अधिकारी र पालिकाका ११ वटै प्रमुख प्रशासकीय अधिकृतबीच १३ बुँदे प्रतिबद्धतापत्र सहित घोषणापत्र जारी गरिएको छ । सोमबार सदरमुकाममा आयोजित कार्यक्रममा समन्वय अधिकारी नबराज बरालले ब्यापक छलफल र परामर्शपछि उक्त प्रतिबद्धता जारी गरेका हुन । पछिल्लो पटक नयाँ अभ्यासका क्रमका बरालले कार्यसूचीमा बार्षिक नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, दैनिक प्रशासकीय कामलाई नागरिकमैत्री बनाउन नियमित रुपमा समन्वय र सहकार्य गर्ने उल्लेख छ । जिल्लाका ११ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतले प्रतिबद्धता जनाएको सो कार्यक्रममा आचारसंहिताको पालना, कर्मचारीको क्षमता विकास, त्रैमासिकरुपमा बित्तिय र भौतिक प्रगतिको समीक्षा, बेरुजु न्यूनीकरण, बिभागीय…

Read More

वालिङ १६ भदौ । वालिङमा श्रीमद्देवी भागवत् महापुराण ज्ञान यज्ञ हुने भएको छ । वालिङ १० भकुण्डेमा रहेको शिव पार्वती मन्दिरमा श्रीमद्देवी भागवत् महापुराणम् ज्ञान यज्ञ—२०८२ हुने भएको हो । मुख्य कथावाचक पण्डित प्रकाश तिवारी रहनुहुने यज्ञ यही आउदो असोज ६ देखि १५ गतेसम्म नवदुर्गा अवधीमा गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । नवदुर्गामा वर्षेनी गर्दै आएको श्रीमद्देवी भागवत् महापुराण यस पटक विस्तृतरुपमा गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अर्जुन खनालले जानकारी दिनुभयो । धर्म, संस्कार र संस्कृतिको जगेर्णाका लागि दशैंको घटस्थापनादेखि नवदुर्गा अवधीभर दुर्गा भवानीको आराधना एवम् महायज्ञको आयोजना गरिएको अध्यक्ष खनालले बताउनुभयो । जुन हाम्रो संस्कारसँग जोडिएको…

Read More

स्याङ्जा १४ भदौ । स्याङ्जामा यस वर्षको बालदिवसमा बालबालिकाहरु बीच पञ्चेबाजा प्रतियोगिता हुने भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जामा आयोजना हुने प्रतियोगितामा जिल्लाका बालबालिकाहरु सहभागि हुने भएका हुन् । बालबालिकाको अधिकार र बालबालिकाको आवाजलाई गायन र पञ्चेबाजाको संगित मार्फत् थप बुलन्द बनाउन र बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा सहयोग होस् भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । संस्कृतिको संरक्षण, परम्परागत सीपको पुस्तान्तरण, हाम्रो उत्सव, विवाह र चाडपर्वको लागि पञ्चेबाजा संरक्षणको मा टेवा पुग्ने कार्यालयको विश्वास रहेको छ । जिल्लाका ११ वटै स्थानीय तहबाट कम्तिमा २ वटा समूहको दरले सहभागि हुनको…

Read More

स्याङ्जा १४ भदौ । युवा कवि पारिश्वर न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ विमोचन गरिएको छ । वालिङ् नगरपालिका–१३ का युवा कबि न्यौपानेको पहिलो कवितासङ्ग्रह ‘सिरौँला’ शनिबार वालिङमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ कवि एवम् महाकाव्यकार डा. नवराज लम्साल, गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्याल, डा. शंकरप्रसाद गैरे, ध्रुवप्रसाद शर्मा पङ्गेनी, लक्ष्मीप्रसाद रेग्मी तथा लेखक न्यौपाने सहित संयुक्त रूपमा कवितासङ्ग्रह ‘सिरौँला’ पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक गरेसँगै महाकाव्यकार डा. नवराज लम्सालले कविता सङ्ग्रहमा संग्रहित कविताहरु अत्यन्त सरल र सबैको मन–मनमा भिज्ने खालको रहेको बताउनुभयो । सरल भाषा शैलीमा लेखिएका कविताले पाठकको मन जित्नसक्ने डा. लम्सालले उल्लेख गर्नुभयो…

Read More

स्याङ्जा १४ भदौ । नेपाल सरकारले सामाजिक सञ्जाललाई दर्तासहित सूचीकरण हुनका लागि पटक पटक आग्रह गर्दै आएको छ । तर सामाजिक सञ्जाल कम्पनीहरुले भने आनाकानी गरिरहेका छन् । पटक पटकको आग्रह अनुसार केही सूचीकरणमा आएका छन् । सरकारले सामाजिक सञ्जाललाई एक हप्ताको समयसिमा सहित सूचीकरण गर्न यही भदौ ११ गते पुनःआह्वान गरेको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सूचीकरण गर्न ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयसहित आह्वान गरेको हो । यसअघि २०८१ माघमा पनि सरकारले सामाजिक सञ्जाल अनिवार्य सूचीकरण गर्न भनेको थियो । मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै दोस्रो…

Read More

स्याङ्जा १४ भदौ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा जिल्ला शाखाको आयोजनामा शनिवार अन्तरराष्ट्रिय बेपत्ता दिवस मनाइएको छ । दिवसको उदघाटन गर्दै प्रम्ुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले बेपत्ता परिवारका पिरमार्का असहैय रहेको बताउदै उनीहरुका अवस्था बारे जानकारी गराउन राज्य प्रयासरत रहेको बताउनुभयो । आयोग मार्फत राज्यले बेपत्ता अवस्था पहिचान गराउन काम गर्दै आएको र एक दिन सो कार्य टुंगोमा पुग्नेमा प्रजिअ अर्यालले विश्वास दिलाउनुभयो । राज्य र तत्कालिन बिद्रोही पक्षका अवस्थाका कारण आमनागरिकले आजसम्म ठूलो पिडा भोग्नु परेको प्रजिअ अर्यालको भनाई थियो । कार्यक्रममा प्रहरी उपरीक्षक दधिराम न्यौपाने, नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा लगायतले बेपत्ता परिवारसंग पुनर्मिलन…

Read More

स्याङ्जा १४ भदौ । गैरसरकारी संस्था महासंघ स्याङ्जाको ८ औ अधिवेशन तथा २० औ साधारणसभा र संघ सस्था सम्बन्धी मस्यौदा ऐन २०८२ केन्द्रित अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएका छन् । शनिबार सम्पन्न अधिवेशनले एकनारायण सापकोटाको अध्यक्षमा ९ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा युवराज पराजुली, सचिवमा मीनबहादुर थापा, कोषाध्यक्षमा देवी बस्याल, उपसचिवमा शिव पोखरेल चयन भएका छन । सदस्यहरुमा सुनिता पौडेल गौतम, पवन मरासिनी, शान्ता नेपाली चयन भएका छन । अधिवेशनको उदघाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले मुलुकमा सविधान विपरित पश्चगामी ऐन ल्याएर सरकारले गैरसरकारी सस्थाहरुलाई अन्कुस लगाउन खोजेको बताउनुभयो । सामाजिक संघसस्था सरकारका सहयोगी संस्था…

Read More

स्याङ्जा १४ भदौ । पुतलीबजार नगरपालिकाका यही भदौ २१ गते शनिवार शारीरिक अपांगता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्र्थापन घुम्ति शिविर हुने भएको छ । जिल्ला स्थित अपांगता क्षेत्रमा क्रियाशिल अपांगता भएका ब्यक्तिहरु सहित सरोकारवालाबीचको छलफल मार्फत सो जानकारी दिइएको हो । अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा, काभ्रेपलाञ्चोकको आयोजना तथा पुतलीबजार नगरपालिकाु सहित सबै पालिकाहरु, स्माइल ट्रेण्ड बि एण्ड वी अस्पताल, ग्वार्को, ललितपुर, अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल र स्याङ्जा अपांग समाज स्याङ्जाको सहयोगमा १८ बर्षसम्मका शारीरिक अपांगता भएका बालबालिकाको अपांगता पहिचान सहित स्वास्थ्य परिक्षण हुने भएको बनेपा अस्पतालका सुपरभाइजर एवं गण्डकी प्रदेश पोखराका फोकल पर्सन शालिकराम…

Read More

स्याङ्जा १४ भदौ । जिल्ला न्यायाधीश बासुदेव पौडेलको पर्वत सरुवा भएपछि स्याङजा जिल्ला अदालत, बार एशोसियशन र कर्मचारी मिलन केन्द्रले अलगअलग कार्यक्रमको आयोजनागरी शुक्रवार बिदाई कार्यक्रमको आयोजना गरेका छन् । सर्वोच्च र उच्च अदालतबाट देशभरका न्यायाधीश मध्ये गतबर्ष न्याय सम्पादनमा उत्कृष्ट भएको प्रमाणपत्र पाएका न्यायाधीश पौडेललाई यसपटक उच्च अदालत प्रवेशमा भने रोक लगाइएको छ । जिल्ला न्यायाधीशहरु मध्ये बरिष्ठ न्यायाधीशको सूचीमा रहेका र कार्यसम्पादन तथा न्याय सम्पादनमा अब्बल दरिएका पौडेललाई उच्च अदालतको ढोका किन बन्द गरियो ? सर्वत्र चर्चाको बिषय बनेको छ । बिदाई कार्यक्रममा सहभागी हुदै न्यायाधीश पौडेलले आफू राष्ट्रसेवक भएकाले राष्ट्रले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताए ।…

Read More

स्याङ्जा १३ भदौ । स्याङ्जा सदरमुकाममा रहेको लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, सामुदायिक रेडियो स्याङ्जा एफ.एम. र स्याङ्जा टेलिभिजनको संयुक्त आयोजनामा पुतलीबजार नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । अठारौं राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर पुतलीबजार नगरपालिकाको स्थानीय पाठ्यक्रममा आधारित आधारभूत बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएकोे हो । प्रतियोगितामा पुतलीबजार नगरपालिका ३ देवानचोक स्थित भूतपूर्व सैनिक आवासीय माविमा अध्ययनरत आरुष कार्की र मन्जु कार्कीको समूह प्रथम र पुतलीबजार नगरपालिका १ नारायणस्थान स्थित रोशनी आवासीय माविमा अध्ययनरत शिर्षक पौडेल र सुशान्त रेग्मीको समूह द्धितीय भएका छन् । यसैगरी, पुतलीबजार नगरपालिका ६ टक्सार स्थित हिमालय माविमा अध्ययनरत संगम पौडेल…

Read More

स्याङ्जा १२ भदौ । सर्वोच्च अदालतको प्रवक्तामा स्याङ्जाका अर्जुनप्रसाद कोइराला नियुक्त हुनु भएको छ । न्यायसेवा तर्फको राजपत्रांकित प्रथम श्रेणीका कोइराला स्याङ्जाको सदरमुकामस्थित पुतलीबजार नगरपालिका १० राङखोला निवासी नारायणप्रसाद कोइरालाका कान्छा छोरा हुनुहुन्छ । राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत स्तरको कर्मचारीको रुपमा नियुक्त कोइराला २०७१ सालमा उपसचिव पदमा लिखित परीक्षा उत्र्तीणगरी न्यायसेवा प्रवेश गर्नुभएको थियो । विसं २०७७ सालमा सहसचिवमा पदोन्नति भएका कोइराला बिहीवार सर्वोच्च अदालतको प्रवक्तामा नियुक्त हुनु भएको छ । राङखोलाको चक्रकमलाबाट प्रारम्भिक शिक्षा प्राप्त गरेका उहाले सदरमुकामस्थित त्रिभुवन आदर्श माविबाट २०५० सालमा प्रवेशिका परीक्षा उत्र्तीण गर्नुभएको हो । स्याङ्जाको पुतलीबजार निवासी एकनारायण अर्याल निजामति सेवाको मुख्य सचिव, बिमल…

Read More

स्याङजा १२ भदौ । उत्तरी स्याङ्जाको फापरथुम स्थित आनन्द आश्रममा नेपाली परम्पराको मौलिक तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । तीज पर्वको अवसरमा आयोजित उक्त प्रतियोगिताको आँधीखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापाले उदघाट्न गर्नुभएको हो । प्रत्येक महिना गरिने साहित्यिक तथा बैचारिक गोष्ठी अन्र्तगत यसपटक तीजगीत प्रतियोगिताको आयोजना गरिएको आश्रममा संस्थापक एवं पूर्वमन्त्री त्रिलोचन ढकालले जानकारी दिनुभयो । प्रतियोगितामा समाज सुधार आमा समूह सतौं प्रथम, रजस्थल मावि द्धितीय, जनजागरण आमा समूह पातीखोला तृतीय भएका थिए भने परोपकार आम समूह निबुवाबोटले सान्त्वना पुरस्कार पाएका छन् । बिजयी प्रतियोगीहरुलाई पुरस्कार एवं सम्मानपत्र प्रदान गर्दै आँधीखोलाका उपाध्यक्ष थापाले तीज पर्वको ऐतिहासिक महत्व रहेको हुँदा यो…

Read More