स्याङ्जा २३ भदौ । नयाँ नेपाल निर्माणको आधार , ज्ञान, शक्ति र संचारमा समुदायको अधिकार भन्ने मूल नारा सहित सामुदायिक रेडियो स्याङ्जा एफ एम र स्याङ्जा टेलिभिजनले सोमबार बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको उदघाटन गर्दे जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तिले आमनागरिकलाई शिक्षित बनाउने उदेश्यले स्याङ्जा सदरमुकाममा पुस्तकालय स्थापना गरिएको बताउनुभयो । विस २०४० सालमा स्थापित पुस्तकालय वाचनालयदेखि सुरुवात भएको उहाको भनाई छ । तत्कालिन राजनीतिक तथा सामाजिक ब्यक्तिहरुको अगुवाईमा पुस्तकालयले जमघट हुने र अध्ययन तथा छलफल गर्ने स्थल बनाएको र आज संचार गृहका रुपमा स्थापित हुन हामी सबैको सुखद खबर भएको बताउनुभयो । पुस्तकालय, रेडियो तथा टेलिभिजन सबैको…
Author: Syangja Sandesh
वालिङ २१ भदौ । वालिङ स्थित एक सामुदायिक बिद्यालयमा अध्ययरत विद्यार्थीहरुले नवआगन्तुक बिद्यार्थीलाई स्वागत तथा पढ्दै कमाउदै सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेका छन । वालिङ नगरपालिका —१० स्थित फूलबारीस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुले ११ लाई स्वागत कार्यक्रममै पढ्दै कमाउदै सम्बन्धी अभिमुखीकरणको कार्यक्रम गरेका हुन् । कार्यक्रमा नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेशन(निरी) फाउडेशनका अध्यक्ष एवम् क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर डा. तारा सिग्देलले विद्यार्थीलाई कमाउदै पढ्दै कार्यक्रमकाबारे सहजीकरण गर्नुभएको हो । अमेरिका लगायतका विभिन्न देशमा विद्यार्थीलाई अध्ययनकै क्रममा आफूहरुलाई व्यवसायसँग समाहित गर्दै उनीहरुले आय आर्जन गर्छन भने नेपालमा त्यस्तो अभ्यास नभएकाले परीक्षणकारुपमा गर्न लागिएको प्रोफेसर डा. सिग्देलले बताउनुभयो…
स्याङ्जा, २१ भदौ । मुक्तिनाथ कृषि कम्पनीले ५५ लाख बराबरको सुन्तलाका बिरुवा बिक्री गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ फापरथुममा अनुसन्धान तथा नर्सरी केन्द्र (फर्म) बनाएको कम्पनीले आर्थिक वर्ष २०८१÷०८२ मा झण्डै ५५ लाखका २५ हजार सुन्तलाको बिरुवा बिक्री गरेको हो । फर्मबाट सुन्तलाका प्रतिबिरुवा २ सय २० रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले पछिल्लो ३ वर्षदेखि व्यावसायिक रुपमा सुन्तलाजन्य बिरुवा उत्पादन गर्दै आएको हो । नर्सरीमा हाल ‘स्याङ्जा स्थानीय, खोको स्थानीय र बाँसखर्क स्थानीय’ गरि ३ जातका सुन्तला र सुनकागतीका कलमी बिरुवा उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । मुक्तिनाथ कृषि कम्पनीको फर्ममा तयार कलमी बिरुवा छिटो…
स्याङ्जा २१ भदौ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) स्याङ्जाले बिरोध सभा गरेको छ । पश्चगामी एवं शिक्षक विरोधी विद्यालय शिक्षा विधेयक–२०८२ विरुद्ध हिस्टुनल शहिदचोकमा विरोध कार्यक्रम गरेको हो । बिरोधसभालाई सम्बोधनगर्दै हिस्टुन केन्द्रिय उपाध्यक्ष खगेन्द्र पौडेलले हिस्टुनको मागमा सरकार गम्भीर नभएको र लाखौं विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाउनुभयो । उहाँले शिक्षक विरोधी विद्यालय शिक्षा विधेयकको विरोध गर्दै आफ्नो मागमा सरकार गम्भीर नभए चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिनुभयो । कार्यक्रममा हिस्टुन गण्डकी प्रदेशका सहसचिव हरिकृष्ण शर्मा, हिस्टुन स्याङ्जाका पूर्वअध्यक्ष हरि ढकाल, पूर्व सचिव चन्द्रमणी पौडेल, पुतलीबजार नगरपालिकाका अध्यक्ष भोजराज शर्मा, भिरकोटन गरपालिकाका अध्यक्ष पूण्यप्रसाद खनाल, फेदिखोला…
स्याङ्जा २१ भदौ । शारीरिक अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण घुम्ति शिविर शनिवार भएको छ । अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको सेवा शुभारम्भको ४१ औं बार्षिक उत्सवको अवसर पारेर स्याङ्जा जिल्लाभरलाई लक्षित गर्दै अपांगता भएका बालबालिकालाई लक्षित गर्दै शिविर गरिएको हो । अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको आयोजना तथा पुतलीबजार नगरपालिका सहित सबै पालिकाहरु, सामाजिक विकास कार्यालय, स्याङ्जा, स्माइल ट्रेण्ड बि एण्ड वी अस्पताल, ग्वार्को, ललितपुर, अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल र स्याङ्जा अपांग समाज स्याङ्जाको सहयोगमा शिविर गरिएको हो । शिविरको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले अपांगताका क्षेत्रमा क्रियाशिल संस्थाहरुसंग सहकार्य गर्दै…
स्याङ्जा २० भदौ । “मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवस शुक्रवार स्याङ्जामा बिबिध कार्यक्रमगरि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा ,पुतलीबजार नगरपालिका स्याङ्जा र सामाजिक बिकास कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा दिवस मनाइएको हो । प्रभातफेरि सहित मंचीय कार्यक्रमगरी दिवस मनाइएको छ ।पुतलीबजार नगरपालिका १ प्रगतिनगरबाट सुरु भएको प्रभातफेरिले स्याङ्जाका मुख्य बजार परिक्रमागरि जिल्ला प्रशासन कार्यालयको प्रांगणमा गएर मंचको कार्यक्रममा परिणत भएको थियो । दिवसको उदघाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले यस्ता दिवका कार्यक्रमले जनचेतना फैलाउनुका साथै मानव बेचबिखनमा नियन्त्रण हुने बताउनुभयो । स्याङ्जामा मानव वेचबिखनका घटना हाल नभएता यस बारे सचेत र सजग रहनु…
स्याङजा २० भदौ । गण्डकी प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय स्याङ्जाले जिल्लाका ११ वटै स्थानीय तहका शिक्षा शाखाका कर्मचारीहरुसँग अन्तरक्रिया गरेको छ । कार्यालयले शिक्षा तर्फ आर्थिक वर्ष २०८२÷०८३ मा सम्पादन गर्ने योजना तथा कार्यक्रमहरुको प्रभावकारिता अभिवृद्धि तथा स्थानीय तहसँगको समन्वय र सहकार्य मार्फत् कार्यक्रम सहज कार्यान्वयनमा सघाउ पुग्ने कार्यालय प्रमुख जीवन पौडेलले बताउनुभयो । विभिन्न विद्यालयका पूर्वाधारहरुको निर्माण र स्तरउन्नति , विपत्को कारण विद्यालयमा पुगेको क्षतिको पुर्ननिर्माण लगायत विभिन्न कार्यक्रमहरु बालबालिकाहरुको पञ्चेबाजा प्रतियोगिता, शिक्षक विद्यार्थी प्रतिभा पहिचान बालविकास सिकाइ सामाग्री र विज्ञान प्रयोगशाला, अभिभावक शिक्षा, विज्ञान सामाग्री, शैक्षिक सामाग्री, प्रदर्शनी प्रतियोगिता लगायतका शिक्षा तर्फका कार्यक्रमहरु सामाजिक विकास कार्यालय…
स्याङजा २० भदौ । १२ रबिउल औवल पैगम्बर मोहम्मद मुस्तफा सलल्लाहो अलैहे बस्सलमको १५०० औं जन्म जयन्तीको अवसर पारेर शुक्रवार स्याङजा बाडखोला मुस्लिम समाजले बहिरा बालबालिकाका लागि खाद्यान्न सहित नगद प्रदान गरेको छ । पुतलीबजार नगरपालिका ३ स्थित समाज र सोही वडामा रहेको चण्डीकालिका बहिरा आवासिय बिद्यालयमा आश्रित बालबालिकालाई लक्षि गर्दै मुस्लिम समाजले चामल, दाल, चिनी, चाउचाउ, बिस्कुट, तेल लगायतका खाद्या्रन्न सहयोग गरेको हो । पुतलीबजार बिज्ञ समितिका संयोजक एवं कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल र समाजका अध्यक्ष अलि मिया (मुमु) लगायतका पदाधिकारीले खाद्यान्न सहित बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमिरबक्स मिया र प्रधानाध्यापक साबित्री शर्मालाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो । इस्लाम धर्मालम्बीले…
स्याङ्जा १८ भदौ । चापाकोटको पर्यटकीय क्षेत्र रामडाँडा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । बर्खा सकिए लगतै दृश्यावलोकनका लागि पुग्ने आन्तरिक पर्यटकले रामडाँडा भरिभराउ भएको हो । पछिल्लो समय रामडाँडामा दैनिक झण्डै ३÷४ सयको संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । जिल्लाका वालिङ्, गल्याङ्, हरिनाश, छिमेकी पाल्पा, गुल्मी, तनहुँ र पर्वत जिल्लाबाट आन्तरिक पर्यटक रामडाँडा पुगेका छन् । रामडाँडा पुग्ने अधिकांश आन्तरिक पर्यटकले धार्मिक मनोकांक्षा पुरा हुने अपेक्षा सहित दृश्यावलोकनलाई प्राथमिकता दिने गरेका छन् । आसपासका विद्यालय, युवा क्लब, आमा समूहले भ्रमण गर्ने रामडाँडा युवायुवतीका लागि पिकनिक गन्तव्य बन्दै गएको छ । रामडाँडाबाट स्याङ्जाको उत्तरीभेग, पाल्पाको रामपुर उपत्यका, तनहुँ, कास्की,…
स्याङ्जा, १८ भदौ । चिसो मौसममा पाईने स्याङ्जाका रसिला सुन्तला भण्डारण गरेर गर्मियाममा बेच्न सके कृषकले कम्तिमा दोब्बर मुल्य पाउने थिए । सुन्तला पाक्ने मौसम शुरु भएसँगै जिल्लाका कृषकलाई सताउने एउटै चिन्ता छ, सुन्तलाले यो वर्षपनि उचित मुल्य पाउँदैन् । कृषकको यस्तै चिन्तालाई अन्त्य गर्न जिल्लामा झण्डै १५ वटा शीतभण्डार निर्माण गरियो । कृषकले उत्पादन गरेका वस्तुको उचित मुल्य पार्न २२ करोडको लागतमा बनेका १५ शीतभण्डार संचालनमा छन् । जिल्लाका ११ मध्ये ९ पालिकामा एक हजार ८५० मेट्रिकटन क्षमताका शीतभण्डार निर्माण भएको छ । आवश्यक जनशक्तिको अभाबमा ठूला शीतभण्डार चलेकै छैन् । करोडौ खर्चेर बनेका सामान्य रुपमा चलेका अधिकांश शीतभण्डार…
स्याङ्जा १८ भदौ । यही भदौ २० गते शुक्रवार पुतलीबजार नगरपालिकाले नगरपालिका मातहतका सबै सरकारी कार्यालय, बिद्यालय र बित्तिय संस्थाहरुलाई सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मका संस्थापक एवं प्रवर्धक पैगम्बर मुस्तफा सल्सल्लाहु तआला अलैहे वसल्लमको जन्म जयन्तीको अवसर पारेर सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो । बसल्लम १५०० औं जन्मोत्सवलाई भब्यताका साथ मनाउन पुतलीबजारले दिएको बिदाप्रति इस्लामधर्मालम्बीहरुमा खुशी छाएको पुतलीबजार नगरपालिका ३ का शा खालिद मियाको भनाई छ। हाम्रो धर्म संस्कृति र परम्पराप्रति नगरले देखाएको सम्मानलाई हाम्रो समुदायले उच्च कदर गरेका छौं उहाले भन्नुभयो । मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने,…
स्याङ्जा १८ भदौ । मूल्य शृङ्खलामा आधारित जडिबुटी उत्पादन तथा बजारीकरण सम्बन्धी अध्ययन गर्न वालिङ नगरपालिकाबाट गएको टोली भारतमा छ । जिल्लाका ५५ जनाको टोली भारतको हरिद्वार पुगेर जडिबुटी सम्बन्धी अध्ययन सहित अनुभव आदानप्रदान गर्ने भएको छ । टोलीले हरिद्वारस्थित पतञ्जली योगपीठमा पाँच दिनसम्म रहँदै जडिबुटी पहिचान, प्रवद्र्धन तथा बजार व्यवस्थापनका अभ्यासबारे प्रत्यक्ष अध्ययन र अनुभव आदान–प्रदान गर्ने बताइएको छ । सामुदायिक तथा निजी वनमा रहेका तर पहिचान नभएका र खेर गइरहेका जडिबुटीको प्रवद्र्धन, संरक्षण र बजारीकरण गर्ने दीर्घकालीन लक्ष्यसहित यो भ्रमण आयोजना गरिएको नगर उपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो । आचार्य बालकृष्णको पैतृक थलो स्याङ्जामा जडिबुटी अध्ययन तथा अनुसन्धान…
स्याङ्जा १७ भदौ । लागू औषध मुद्धामा फरार कसुरदार पक्राउ परेका छन । पक्राउ पर्नेमा फेदीखोला गाउँपालिकाका ३० वर्षिय सन्दिप पौडेल हुन । उनी कास्कीको छोरेपाटनाबाट पक्राउ परेकोे प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । कास्की जिल्ला अदालतले लागु औषध मुद्धामा २०७५÷०५÷०५ गते फैसला भई १ वर्ष ८ महिना १२ दिन कैद र नगद एक लाख रुपैयाँ जरिवाना तोकिई फरार रहेका पौडेल पक्राउ परेका हुन । पौडेललाई जिल्ला अदालत स्याङ्गजामा उपस्थित गराई आवश्यक कारवाही अघि बढाइएको प्रहरीको भनाई छ।
स्याङ्जा १७ भदौ । गैरसरकारी संस्था महासंघ स्याङ्जाले प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई मंगलबार ध्यानाकर्षणपत्र बुझाएको छ । संघसंस्था ऐन २०८२ मस्यौदाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आफ्ना माग र प्रस्तावित मस्यौदामा असहमति जनाएको छ । गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण हुनेगरी बुझाइएको ज्ञापनपत्रमा सरोकारवालासंग राय परामर्श नै नलिई एकांकी रुपमा तर्जुमा गरिएको ऐनको मस्यौदाप्रति आपत्ती प्रकट गरिएको छ । महासंघ अध्यक्ष एकनारायण सापकोटा नेतृत्वको ध्यानाकर्षणपत्र बुझाइएको थियो । ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले गृह मन्त्री तथा मन्त्रालयमा पठाउने जानकारी दिनुभयो । ध्यानाकर्षण पत्रमा मानव अधिकार, सामाजिक रुपान्तरण र सामुदायिक विकासमा संलग्न नागरिक तथा सामाजिक संघ संस्थाहरुले विगत लामो समयदेखि नागरिक…
स्याङ्जा १७ भदौ । नवआगन्तुक स्याङजा जिल्ला न्यायाधीश उपेन्द्रप्रसाद गौतम, जिल्ला न्यालयाधिवक्ता लालप्रसाद लामिछाने र सहायक जिल्ला न्यायाधिवक्ता प्रवेश गिरीलाई स्याङजा जिल्ला अदालत बार एशोसिएशनले मंगलबार स्वागत सहित परिचयात्मक कार्यक्रम गरेकोे छ । कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश गौतमले बार र बेन्चको संयुक्त प्रयासमा मात्रै न्याय प्रवाहमा सफलता मिल्ने बताउदै न्याय दिलाउन जहिले पनि क्रियाशील रहने बताउनुभयो । अभियोजनकर्ता सरकारी वकिल र प्रतिरक्षा गर्ने कानून व्यवसायी दुवै पक्षले सही ढंगले अभियोजन र प्रतिरक्षा गरी न्यायकर्तालाइ न्याय सम्पादन गर्ने कार्यमा सहयोग गरेको खण्डमा दोषीले सजायँ पाउने र निर्दोषीले सजायँ भोग्नु नपरी न्यायपूर्ण समाज निर्माण हुने कुरामा जोड दिनुभयो । बार एशोसिएशनका अध्यक्ष…