Author: Syangja Sandesh

स्याङ्जा ११ असोज । कालीगण्डकी गाउँपालिका ७ स्थित आँधीदोभानमा राखिएका वटा स्टिमर पुरिएको बताइएको छ।कालीगण्डकी जल यातायात प्रा.लि. अन्र्तगत सञ्चालित ती स्टिमर गएराती झरेको पहिराका कारण पुरिएको अध्यक्ष डोलराज भट्टराइले जानकारी दि नुभयो ।स्टिमर पुरिएको खबर पाएपछि घटनास्थल पुगेको उहाले बताउनुभयो । उहाका अनुसार ५÷७ वटा स्टिमर पुरिएको छ, थप बिस्तृत खोजबिन हुदैछ। कोरोना र बर्षात्का कारण स्टिमर सेवा बन्द थिए।आज भोलीमा संचालन गर्ने भनि तयारी भैरहेको अवस्थामा पहिराले स्टिमर पुरेपछि स्टिमर सञ्चालक चिन्तामा परेको उहाले बताउनुभयो ।४ दिनअघि बर्षात् भएपनि २ दिनअघिदेखि चर्को घाम लागेको थियो। गएराती एक्कासी पहिरो झरेर लाखौं मूल्य बराबरको स्टिमर पूर्ण क्षति बनाएको उहाको भनाई…

Read More

स्याङ्जा ११ असोज । नेपाली काङ्ग्रेस १४ औं महाधिबेशन अन्र्तगत कालीगण्डकी गाउँपालिका कांग्रेस सभापतिमा नरबहादुर राना ८१ मत ल्याई बिजयी हुनु भएको छ । उहाका निकटतम प्रस्प्रिर्धी यामप्रसाद पाण्डेले ६९ मत पाउनुभएको थियो । यसैगरी, सचिवमा डोलराज पाण्डे र प्रेमनारायण न्यौपाने, सहसचिवमा चुडामणी पाण्डेय र गोपालप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । यहा १६१ मतदाता थिए। योसंगै स्याङ्जा जिल्लाभरको नगर÷गाउँ सभापतिको नजिता सार्वजनिक भएका छन्।

Read More

स्याङ्जा, १० असोज । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको निर्वाचनमा वालिङ नगरपालिकाको सभापतिको पदमा नेत्रप्रसाद पाण्डेको विजयी हुनु भएको छ । उहाँले २४९ मत ल्याउनु भएको छ भने अर्का उम्मेद्वार भुपराज बगालेले १९० मत प्राप्त गर्नुभएको छ । कुल ४४७ जना मतदाता रहेको वालिङमा जम्मा ४४४ मत खसेको थियो । निर्धारित मिति भदौ –९ गते सहमति हुन नसकेपछि आज दुवै प्यानल चुनावी मैदानमा उत्रिएका थिए । उपसभापतिमा पदमराज गुरुङ र सीता थापा निर्वाचित हुनु भएको छ । त्यस्तै सचिवमा राजु तिवारी, सागर कुंवर विजय भएका छन । सहसचिवमा कृष्ण प्रसाद पङगेनी र डोलराज पङगेनी निर्वाचित भएका छन् । त्यस्तै…

Read More

स्याङ्जा १० असोज । स्याङ्जामा झण्डै ६ महिनादेखि जारी निशेधाज्ञा आजबाट हटेको छ। जिल्लाको जनजीवन सामान्य बन्दै गएको जनाउँदै निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो। पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर घट्दै गएकाले जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले जारी निषेधाज्ञा हटाउने निर्णय गरेको हो। प्रजिअ नेपालद्धारा जारी सूचनामा कोभिड संक्रमणको दर घट्दै गएपनि पूर्ण नियन्त्रणमा आइनसकेको जनाउँदै पेशा व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ। कोभिड नियन्त्रण तथा रोकथामका लागि सहयोग तथा सहकार्य गर्ने स्थानीय तह, राजनीतिक दल, जिल्लास्थित सुरक्षा निकाय, सरकारी कार्यालय, सरकारी एवं गैरसरकारी संघसंस्था, पत्रकार,…

Read More

स्याङ्जा १० असोज । कोरोना संक्रमण दरघटेसंगै बन्द गरिएका मन्दिरहरु खुलेका छन्। जिल्ला सुरक्षा समितिको बैठकले स्मार्ट लकडाउन गरेसँगै यहाँका मुख्य शक्तिपीठ खुलेका हुन् ।कोरोनाका कारण बन्द गर्नुपरेको सूचना सार्वजनिक गर्ने मन्दिर ब्यवस्थापन समितिले मन्दिर खुला भएका जानकारी गराएका छन्।दोश्रो चरणको कोरोना संक्रमण बढेसंगै वैशाखको अन्तिम सातादेखि बन्द गरिएका मन्दिरहरु असोज लागेसँगै खुलाउन थालिएको हो। यहाँका सबै मन्दिरमा नित्यपुजा बाहेक अन्य बन्दै थिए।पुतलीबजार नगरपालिका १४ स्थित चण्डीकालिका, भीरकोट नगरपालिका ४ स्थित छाङ्छाङ्दी मन्दिर, वालिङ् नगरपालिका ८ स्थित गह्रौंसुर मन्दिर र वडा नं. १२ स्थित अकलादेवी मन्दिर, कालीगण्डकी गाउँपालिका ३ स्थित आलमदेवी यहाँका प्रख्यात शक्तिपीठ हुन।आलमदेवी मन्दिरमुलुकका उत्कृष्ट १ सय गन्तब्यमा…

Read More

पोखरा १० असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे विजयी हुनु भएको छ ।बिजुक्छेले ४ सय १४ मत पउदा उहाका निकटतम् प्रतिस्पर्धी गंगाधर पराजुलीले ३ सय ४६ मत पाउनुभयो । बिजुक्छे यसअघि नगर उपसभापति हुनुहुुुुुुुुनथ्यो। अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उहा आगामी कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।यसैगरी सभापतिकै उम्मेदवार पोखरा ९का वडाध्यक्ष रामराज लामिछानेले २ सय ९, काँग्रेस नेता मिलनप्रसाद तिवारीले १ सय ५३, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले १ सय २७, पत्रकार ज्योति हमालले ११ मत ल्याएका छन्। नगर उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित हुनुभयो । उपसभापतिमा ६ प्रतिस्पर्धी…

Read More

स्याङ्जा ९ असोज । नेपाली कांग्रेस गल्याङको सभापतिमा श्याम बस्याल निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा १८२ मत ल्याउदै बस्याल निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी हरि खनालले ६७ मत प्राप्त गर्नु भएको छ ।यस्तै उपसभापतिमा भे प्रसाद श्रेष्ठ १४० र प्रेमबहादुर गुरुङले २०७ मत ल्याइ बिजयी हुनु भएको छ । त्यस्तै सचिवमा खगेन्द्र भण्डारी १७५ र कृष्ण प्रसाद भट्टराई १६६ मत पाउनु भएको छ ।गल्याङमा २५३ मत खसेको थियो । भने ४ मत बदर भएको थियो ।

Read More

स्याङ्जा ९ असोज । नेपाली कांग्रेस आँधीखोला गाँउपालिकाको सभापतिमा नरेन्द्र पौडेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा ६१ मत ल्याउदै पौडेल निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी नविन ढकालले ४७ मत ल्याउनु भएको छ ।पालिकामा ११४ मतदाता रहेकोमा १०९ मत खसेको थियो ।

Read More

स्याङ्जा ९ असोज । नेपाली कांग्रेस पुतलीबजारको नगर सभापतिमा सुरज अधिकारी निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा २३२ मत ल्याउदै अधिकारी निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी बिक्रान्तकुमार श्रेष्ठ सुवर्णले १०८ मत प्राप्त गर्नु भएको छ । पुतलीबजारमा खसेको ३४६ मत खसेको थियो ।यसैगरी, उपसभापतिमा कृष्णमान श्रेष्ठ २४८ र शारदा पोखरेलले २५१ मत ल्याइ बिजयी हुनु भएको छ । त्यस्तै सचिवमा सन्तोष नेपालले २५५ र महादेव श्रेष्ठले २०९ मत ल्याएर बिजयी हुनु भएको छ । सहसचिवमा गोपालचन्द्र लम्सालले २२१ र प्रकाश पौडेलले २१० मत ल्याउनुभएको हो ।

Read More

स्याङ्जा ९ असोज । नेपाली कांग्रेस भीरकोटको सभापतिमा यामप्रसाद अधिकारी (लक्ष्मण) निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा एक सय मत ल्याउदै अधिकारी निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी दिपेन्द्र केसीले ९९ मत प्राप्त गर्नु भएको छ ।दुई सय चार जना मतादाता रहेको भीरकोटमा सबै मत खसेको थियो । भने ५ मत बदर भएको थियो । उहाँहरु दुवै जना वडा अध्यक्ष हुनुहुन्छ ।त्यस्तै उपसभापतिमा बिष्णुमाया काफ्ले ९२ र जगदिशप्रसाद कोईराला १०४ मत ल्याई बिजयी हुनु भएको छ । त्यस्तै सचिवमा नन्दलाल खनाल ११२, तारा प्रसाद अर्याल ११८ तथा सहसचिव प्रसुन मगर ११४, शुसिल खाँण ९१ निर्वाचित हुनुभएको…

Read More

स्याङ्जा ९ असोज । नेपाली कांग्रेस बिरुवा गाँउपालिकाको सभापतिमा डोलराज पोख्रेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा ७० मत ल्याउदै पोख्रेल निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी युवराज केसीले ६३ मत ल्याउनु भएको छ ।पालिकामा १३६ मतदाता रहेकोमा १३३ मत खसेको थियो ।

Read More

स्याङ्जा ९ असोज । नेपाली कांग्रेस फेदीखोला गाँउपालिकाको सभापतिमा महेन्द्र थापा निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा ५२ मत ल्याउदै थापा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी लाल बहादुर अधिकारीले २५ मत ल्याउनु भएको छ । पालिकामा ९१ मत खसेकोमा १४ मत बदर भएको थियो । पालिकामा ९३ मतदाता थिए ।

Read More

स्याङ्जा ९ असोज । नेपाली कांग्रेस हरिनासको सभापतिमा टोपबहादुर भुजेल (टोपा) निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा ६१ मत ल्याउदै भुजेल निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी बिक्रम बहादुर चन्द कृष्णले ५३ मत प्राप्त गर्नु भएको छ । हरिनासमा ११६ मतदाता थिए।

Read More

स्याङ्जा ९ असोज । नेपाली कांग्रेस अर्जुनचौपारी गाँउपालिकाको सभापतिमा बिष्णु काफ्ले निर्वाचित हुनु भएको छ ।आज सम्पन्न निर्वाचनमा ५८ मत ल्याउदै काफ्ले निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी बद्री पौडेलले ३४ मत र फणीनारायण अर्यालले २० मत प्राप्त गर्नु भएको छ । गाउँपालिकामा ११४ मतदाता रहेकोमा ११२ मत खसेको थियो ।

Read More

स्याङ्जा, ९ असोज । नेपाली कांग्रेस चापाकोट नगर सभापतिमा बिक्रम सारु निर्वाचित हुनु भएको छ । शनिवार (आज) भएको अधिवेशनले सारुलाई सर्वसम्मत चयन गरेको हो । नगरसभापतिमा १० जनाले उमेद्वारी दिएका थिए । सहमतीका लागि बनाईएको कार्यदलले सभापति सहित सबैपदको टुंगो लगाएको हो ।उपसभापतिमा सुन्दर भण्डारी र परसुराम लम्साल, सचिवमा विश्वास पुरी, माधव गैरे,विश्व भट्टराई र रामु बस्याल सह सचिवमा माधव भट्टराई र फरसुराम डोटेल, कोषाध्यक्षमा प्रविणा आचार्य चयन भएका हुन ।चापाकोटमा २ सय ५१ जना मतदाता थिए ।

Read More