पोखरा, २९ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित चार जना मन्त्रीलाई सपथ गराउनुभएको छ । प्रदेश प्रमुख पौडेलले आफ्नै निवासमा शनिबार साँझ मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सपथ गराउनुभएको हो । संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुख पौडेलले नेपालीलाई शनिबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । मन्त्रीका रुपमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रका मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशहरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले सपथ लिएका छन्। चारै जना मन्त्री बिनाा विभागीय छन्। मुख्यमन्त्री नेपालीलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ।
Author: Syangja Sandesh
पोखरा, २९ जेठ । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली काँग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल । ष्mबनभकतनहुँमा जन्मे पनि उहाको राजनीतिक थलो नवलपरासी रह्यो । त्यसो त विद्यार्थी राजनीति भने उनको तनहुँबाटै सुरु भएको हो । प्रजातान्त्रिक समाजवादलाई शीरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील उहा निष्ठा र त्यागको पर्याय हुन् । संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव ९२०७४० मा उनी प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ ९क० बाट होमिनुभयो । एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित…
काठमाण्डौं, २९ जेठ । भदौमा गर्ने कार्यतालिका रहेको कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका पुनः हेरफेर हुने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले भदौको १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी महाधिवेशनको कार्यतालिका फेरबदल गर्ने प्रस्ताव गरेको छ । बैठकपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सह–महामन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले सदस्यता छानविनका लागि २० असारसम्मको समय पाएको जानकारी दिनुभयो । समितिले सभापतिलाई क्रियाशीलको सूची बुझाइसकेपछि २४ असारमा सूची सार्वजनिक गरिनेछ । र, ६ साउनबाट तल्ला तहको अधिवेशन सुरु गर्ने प्रस्ताव पारित भएको छ । डा. महतका…
पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उहाँलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रीमण्डल बनाएर सपथ ग्रहण गर्नुहुने भएकाे छ । वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि शनिनबार दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गर्नुभएकाे थियाे । साेहीअनुसार शुक्रबार ५ बजे नै विपक्षी गठवन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए । ७१ वर्षे पोखरेल…
पोखरा, २९ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै मन्त्रीहरूलाई आफ्नो निवासमा बोलाउनुभएको छ । प्रदेशको मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरूलाई बोलाउनुभएको स्रोतले जनाएको छ । मन्त्रिपरिषद् बैठक बसेर संसद् विघटनको सिफारिस प्रदेश प्रमुखसमक्ष पुर्याउने तयारी गरेको आशंका छ । यता, प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफूहरूलाई दिएको समयसीमा सकिँदा पनि मुख्यमन्त्रीमा नियुक्ति नगरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास रत्नचोक पुगेको छ । शुक्रबार समर्थनसहित हस्ताक्षर बुझाएका ३१ जना सांसद नै उपस्थित छन् ।
एजेन्जी, २९ जेठ । अमेरिकी राष्ट्रपति जो वाइडेन र जर्मनीकी चान्सलर एन्जेला मर्केलबीच यही जुलाई १५ मा वासिङ्टनमा भेटवार्ता हुने भएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर एन्जेला मर्केलबीच अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा हुने भेटमा समसामयिक राजनीति र साझा चुनौतिका बिषयमा छलफल हुने बताइएको छ । उहाँहरूबीच जलवायु परिवर्तनले निम्त्याएको खतरा, आर्थिक समृद्धिको विकास र अन्तर्राष्ट्रिय सुरूक्षाका साथै पारस्परिक प्रजातान्त्रिक मूल्य मान्यतालगायतका बिषयमा छलफल हुने प्रेस संयोजक जेन साकीले शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । मर्केलको भ्रमणले संयुक्त राज्य अमेरिका र जर्मनीबीचको गहिरो द्विपक्षीय सम्बन्धको पुष्टि गर्नेछ, साकीले भन्नुभएको छ ।दुई देशको…
स्याजा, २९ जेठ । लायन्स क्लब अफ वालिङ सिटीले वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । विश्वब्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण वालिङ नगरपालिकामा पनि उच्च दरमा फैलिरहेको अवस्थामा रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने खालका स्वास्थ्य सामग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरेको हो । लायन्स क्लब अफ वालिङ सिटी, लायन्स क्लब अफ वालिङ ग्रिन सिटी, लियो क्लब अफ वालिङ सिटीले संयुक्तरुपमा नगरपालिकालाई स्वास्थ्यसम्बन्धी सामग्रीहरु हस्तान्तरण गरेको हो । लायन्स क्लबले थर्मल गन १० थान, नोजल मास्क १०० थान, अक्सिमिटर ३० थान, पिपिई सेट २० थान, ग्लोभ्स १० प्याकेट, रेगुलेटर अक्स फ्लो मिटर १५ थान, सर्जिकल मास्क…
गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सकिएको छ। मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरूङले पनि दाबी पेश गरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन्। नयाँ सरकार गठनका लागि मुख्यमन्त्री गुरुङले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको भन्दै विपक्षी गठबन्धनका सबै ३१ जना सांसदहरू प्रदेश प्रमुकको निवासमा पुगेका हुन्। प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन दिएको समयको अन्तिममा शनिबार दिउँसो विघटित सरकारका मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेश गरेका थिए। यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका गठबन्धनले स-शरीर उपस्थित भएर नेपाली…
हेटौंडा, २९ जेठ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ। बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार भएको छलफलपछि शनिबार बहुमतले स्वीकृत गरेको हो। छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका भएका थिए। शुक्रबार पाँच घण्टा नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखेका थिए । छलफलमा सहभागि सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनका लागि सुझावसमेत दिएका छन्। ९ जना प्रदेशसभा सदस्यले राखेको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका…
पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्नुभएको छ। उहाले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गर्नुभएको हो। राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उहाको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको स्रोतको भनाइ छ । यस्तै पूर्व राजपाका एक सांसदले ल्याएको जसपाको प्रदेश कमिटीको निर्णय लिएर जसपाको पनि समर्थन आफूलाई रहेको गुरुङले दाबी गर्नुभएको छ ।
वालिङ, २९ जेठ । वालिङ नगरपालिकाले बंगुरपालनको संभावना भएका तीन ठाउँलाई पकेट क्षेत्र घोषणा गरी ब्यवसायिक बंगुरपालनलाई अगाडि बढाएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बंगुर पकेट कार्यक्रम अन्तर्गत नगरपालिकाले वडा नं. ६ को लाङघाली बंगुरपालन समूह धनुबाँसे, ७ को सिर्जना बंगुरपालन समूह र ८ को पारिबन बन उपभोक्ता समूहलाई बंगुर पकेट क्षेत्रकारुपमा विकास गरेको हो ।घोषणा गरिएका पकेट क्षेत्रहरुमा बंगुरका पाठापाठी वितरण, कृषकहरुलाई आवश्यक तालीम तथा औषधोपचारका लागि सहयोग गर्ने र विशेष गरी ब्यवसायिकतामा जोड दिईने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।“पकेट क्षेत्रका कृषकहरुमा ब्यवसाय सञ्चालनका लागि दृढ ईच्छा, संकल्प हुनुप¥यो अन्य सहयोग नगरपालिकाले गर्छ” उहाँले भन्नुभयो, “कृषकहरुलाई ब्यवसायिक बनाउनका…
काठमाडौं, २९ जेष्ठ । देशका अधिकांश भागमा मनसुन सक्रिय भएको छ । यो वर्षको मनसुन हिजो दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविदहरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा औसत भन्दा बढि पानी पर्ने पूर्वानुमान गरेको छ । जसका कारण यो वर्ष मनसुनजन्य विपद बाढी–पहिरोबाट झण्डै १८ लाख बढि मानिस प्रभावित हुनसक्ने छन् । गत वर्ष औसत बराबरजस्तो पानी पर्दा ४ सय मानिसको मृत्यु भएको थियो भने ११ सयभन्दा बढि परिवार प्रत्यक्ष प्रभावित भएका थिए । विपद व्यवस्थापन प्राधिकरणले यो तथ्यांक विश्लेषण गर्दा यो वर्ष मनसुनमा १८ लाख भन्दा बढि मानिस…
स्याङ्जा, २९ जेठ । विपदका कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको कोभिड १९ को पहिलो र दोस्रो लहरको ब्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले जलबायु परिवर्तनका कारण हुनसक्ने संभावित क्षतिको न्यूनिकरणका लागि आवश्यक तयारीमा जुटेको हो ।नगर प्रमुख दिलीपप्रताप खाँणको अध्यक्षतामा बसेको बैठकले वर्षात्का समयमा बाढी, पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्यूनिकरणलाई मध्यनजर गर्दै आवश्यक तयारी गर्ने निर्णय भएको हो ।गतवर्षभन्दा यसवर्ष पानी धेरै आउने जल तथा मौसमविदहरुले पूर्वानुमान गरे अनुसार वालिङमा बाढी तथा पहिरो गई क्षति हुनसक्ने भएकाले जोखिमयुक्त बस्तीलाई विशेष ख्याल गर्ने बैठकले निर्णय गरेको छ । जोखिमयुक्त बस्तीका…
सर्लाही, २९ जेठ । सर्लाहीको दक्षिणी भेगका ग्रामीण बस्तीमा अझैपनि परम्परागत गुइँठाको प्रयोग भैरहेको छ । नजिक जङ्गल नभएका बस्तीहरुमा पशुचौपायको गोबरबाट गुइँठा बनाएर आगो बाल्ने गरिएको हो । गोडैता, बरहथवा, बसबरिया, चक्रघट्टा, विष्णु, ब्रसदरमुकाम मलङ्गवा सहित कौडेना, बलरा, ह्मपुरी, पर्सा, हरिपूर्वा लगायतका स्थानीय तहको प्रत्येक जसो बस्तीमा अधिकांश स्थानीयले खानाबनाउन गुइँठाको प्रयोग गर्दै आएका छन् । बजारक्षेत्र र विकासउन्मुख बस्तीमा एलपीग्याँस र बिजुलीबाट खानापकाउने उपकरणको प्रयोग बढेपनि ग्रामीण बस्तीमा भने अहिलेपनि गुइँठाकै प्रयोग भैरहेको हो । दाउराको अभावमा दक्षिणी ग्रामीण बस्तीमामानिसको शवजलाउन समेत गुइँठाको प्रयोग हुने गरेको छ ।
काठमाडौं, २९ जेठ । चीनको सिन्जियाङमा मानवता विरोधी अपराध गरिएको मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले जनाएको छ । उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यकको बसोबास रहेको सिन्जियाङमा केन्द्रीय सत्ताबाट मानवता विरोधी अपराध भएको आरोप एम्नेष्टी इन्टरनेशनलले लगाएको हो । एक प्रतिवेदन निकाल्दै एम्नेष्टीले सिन्जियाङमा मानवता विरोधी अपराध भइरहेकाले अनुसन्धान गर्न संयुक्त राष्ट्रसङ्घसँग अपील गरेको छ । चीनले उइगर, काजाख र अन्य मुस्लिम समुदायका मानिसलाई सामूहिक रूपमा थुनामा राख्ने, निगरानी गर्ने र यातना दिने गरेको आरोप एम्नेष्टीको छ । चीनले सिन्जियाङमा नरसंहार गर्न खोजेको आरोप केही पश्चिमा देश र मानवअधिकारवादी समूहले लगाउँदै आए पनि चीनले भने खण्डन गर्दै आएको छ ।