स्याङ्जा, ७ असार । आज निर्जला एकादशी । सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरको मठमा तुलसीको दल राख्ने गर्दछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ छर्ने गरिन्छ । यसरी छरिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यो चार महीनाको अवधिलाई चतुर्मास भनिन्छ । स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । आज पानीसमेत नपिई व्रत गर्नाले फल पाइने शास्त्रीय मान्यता रहेको छ । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग…
Author: Syangja Sandesh
स्याङ्जा, ७ असार । योग गर्न आह्वान गर्दै आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ््घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पनि समर्थन गर्नुभएको थियो । युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले पनि मोदीको प्रस्तावमा समर्थन गरेका थिए । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने…
एजेन्सी असार ६ । इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रायसी निर्वाचित हुुुनुभएको छ । तीन जना प्रतिष्पर्धीलाई हराउँदै रायसी इरानको १३औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको बीबीसीले जनाएको छ ।उहाँले ६२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति रायसीले आगामी अगस्टमा सपथ लिएर कार्यभार सम्हाल्ने बताइएको छ । यसैबीच इजरायलले इरानको राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित भएसँगै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गर्नुपर्ने जनाएको छ ।रायसी राष्ट्रपति निर्वाचित भएसँगै इरानले आणविक गतिविधि बढाउसक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्नुपर्ने इजरायलले टिप्पणी गरेको हो ।
काठमाण्डौ असार ६ । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिएका छन् । एसियन भलिबल महासंघका अनुसार प्रतियोगिताबाट ५ देशले नाम फिर्ता लिएका हुन् । प्रतियोगिताबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएका हुन् । प्रतियोगितामा अब नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान र हङकङले सहभागीता जनाउनेछन् । यसअघि एसियन भलिबल एसोसियनसनले १७ वटा देशले प्रतियोगितामा सहभागी हुन पाउने जनाएको थियो । तर, ५ देशले नाम फिर्ता लिएपछि प्रतियोगिता खेल्ने देशको संख्या १२ पुगेको छ । यसअघि प्रतियोगिता चीनमा हुने तय भएको थियो । चीनले आयोजकको रूपमा नाम…
स्याङ्जा, ६ असार । स्याङ्जामा आउँदो असार १५ सम्मका लागि निषेधाज्ञा बढाईएको छ । असार ७ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर असार १५ गते सम्म पुर्याईएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जामा कोरोना संक्रमण दर बढेसँगै निषेधाज्ञाको समय थप गरिएको हो । जारी निशेधाज्ञा भने केही सहज र खुकुलो बनेको छ । रातो नम्वरका गाडीहरुमा जोर बिजोर प्रणाली शुरु भएको छ भने बैंक तथा बित्तिय संस्था स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न सकिने भएको छ । औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि १२ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको भएको भन्दै प्रशासनले…
स्याङजा, ६ असार । गोर्खा ट्रष्टद्धारा जिल्ला अस्पताल स्याङजालाई १० लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।कोभिड प्रभावित बिरामीलाई लक्षित गर्दे गोर्खा वेल्फेयर ट्रष्ट नेपालले अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।ट्रष्ट नेपाल र ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम शाखाको संयुक्त सहयोग तथा स्याङजा शाखाको समन्वयमा ती स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।ट्रष्टले ९÷९ लिटका २ वटा अक्सिजन कन्सन्ट्रेटर, १५ बटा अक्सोमिटर र १ सय ५० वटा पिपिई उपलब्ध गराएको छ ।यसैगरी ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमले सर्जिकल मास्क, े केएन ९५ माक्स, पन्जा र सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।गोर्खा वेल्फेयर ट्रष्ट नेपाल स्याङजा शाखाका…
असार ६, स्याङ्जा । आँधीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले शनिवार आयोजित नवौ गाउसभाबाट चालु बर्षका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, सूचना प्रबिधि र पर्यटनलाई जोड दिएको छ । स्याङजाको पहिचान बोकेको अन्धाअन्धी दह र श्रवणकुमारको पहिचान बढाउने खालका कार्यक्रम ‘जाऊँ है अन्धाअन्धी श्रवणकुमार अभियान’ संचालन गर्ने भएको छ । यसैगरी, सिरुवारी – गोरुजुरे – अन्धाअन्धी – श्रवणकुमार – पंचासे पर्यटन मार्ग बनाउने, सेतीदोभान — साधना गार्डेन पदमार्ग र टावर निर्माण, डहरे लेकमा जंगल पार्क बनाईने जस्ता योजनालाई समावेश गरिएका छन्।…
स्याङ्जा, ५ असार । स्याङ्जामा आँधीखोलाले बगाएर एक पुरुषको शनिवार मृत्यु भएको छ। मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ४ रामकोश बस्ने ५१ बर्षीय मनबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहारामकोशबाट पुतलीबजार नगरपालिका १४ लामागे जानेक्रममा आधीखोला तर्दै गर्दा बगाएको हो।थापाको मृत्यु सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
एजेन्सी ५ असार । संयुक्त राष्ट्रसंघको महासचिवमा एन्टोनियो गुटेरस दोश्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ । पदमा रहँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका गुटेरसलाई राष्ट्रसंघको महासभामा १ सय ९३ सदस्यले समर्थन गरेपछि उहाँको दोश्रो कार्यकालका लागि चयन हुनुभएको हो । गुटेरसको कार्यकाल सन् २०२६ सम्म कायम रहनेछ । यसअघि उहाँ २०१७ मा पहिलो पटक महासचिव पदमा निर्वाचित हुनुभएको थियो ।
काठमाडौं , ५ असार । नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी गर्न बन्द प्रशिक्षणमा २० खेलाडी छनोट गरेको छ । सो प्रतियोगिता आगामी महिना स्पेनमा हुनेछ । प्रधानमन्त्री कप र मेयर कपमा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको क्यानका महासचिव अशोकनाथ प्याकु¥यालले जानकारी दिनुभयो । बन्द प्रशिक्षणका लागि छनोट गरिएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र पृथु…
काठमाडौं, ५ असार । स्वीट्जरल्यान्डको केन्द्रीय बैंक स्वीस नेसनल बैंकमा नेपाली नागरिकले गरेको बचतमा दोब्बर वृद्धि भएको देखिएको छ । गतसाता सार्वजनिक गरिएको वार्षिक विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ । सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण समेत जारी प्रतिवेदनमा उल्लेख छ । सन् २०२० मा भारतीयले स्वीस बैंकमा २० हजार ७ सय करोड भारु बचत गरेको पनि जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । नेपालीको बचत भने सन् २०२० मा दोब्बर भएको…
काठमाण्डौ ५ असार । पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ। अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन(तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान र बाजुरामा एक(एक जना रहेको गृह मन्त्रालयले जनाएको छ। बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन्। बेपत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन्। बाजुरा र रुपन्देहीमा एक(एक जना बेपत्ता रहेका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको…
तोलाकान्त बगाले वालिङ, ५ असार । स्मार्ट नगरको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि, उद्योग, ब्यापार, पर्यटन, उर्जा, सूचना प्रणाली र पूर्वाधार–स्मार्ट सिटी वालिङ निर्माणका आधार’ भन्ने मुलमुन्त्र रहेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथमिकताहरुमा कोरोना भाईरसको रोकथाम, नियन्त्रण उपचारको प्रभावकारी ब्यवस्थापन गर्ने सबैको जीवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिक उपयोग तथा उपलब्धताको उच्चतम परिचालन गरी विकासको गतिलाई तीब्र बनाउने, आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको…
रामप्रसाद दाहालकाठमाण्डौं, ४ असार । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत् श्रमजीवी पत्रकारलाई केही विशेष सुविधा दिने घोषणा गरेपछि पत्रकारहरूले स्वतन्त्रता खोज्ने कि सुविधा भन्ने प्रश्न सशक्त ढंगले उठेको छ। बजेटले ७ लाख रूपैयाँको दुर्घटना बिमा र प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रका आधारमा देशभरिका सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचार गर्ने घोषणा गरेको छ। यसबाहेक आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना, कोभिड–१९ का कारण रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति, सञ्चार गृहहरूलाई पुनर्कर्जा तथा व्यावसायिक निरन्तरता कर्जा, लोककल्याणकारी विज्ञापनबापत् सरकारले उपलब्ध गराउने रकमको १० प्रतिशत सञ्चार प्रतिष्ठान कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने लगायत विषय पनि बजेटमा समेटिएका छन्। तर, चर्चा दुर्घटना बिमा र नि:शुल्क उपचारमा केन्द्रित छ। दुर्घटना…
काठमाडौं, असार ४ । एमाले कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारमा सहभागी तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको हो । गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि मुख्यमन्त्री शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गर्नुभएको थियो । नेकपा एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरुलाई सर्वोच्च अदालतले पुनर्वहाली गरेको हो ।