Author: Syangja Sandesh

वालिङ, १७ कात्तिक । नेपालीहरुको दोस्रो ठुलो पर्व शुभ दिपावलीका अवसरमा स्याङ्जाको वालिङमा दिपावली साँझ हुने भएको हो।सप्तक संगीत सांस्कृतिक केन्द्र वालिङले दिपावलीको पुर्व सन्ध्यामा सप्तक संगीत दिपावली साँझ २०७८ को आयोजना गरेको हो । संगीत साँझको आयोजना बारे जानकारी दिन बुधबार केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । कोभिडले थलिएको संगीत क्षेत्र र सुस्ताएका दर्शकमाँझ उत्साह जगाउने प्रयास स्वरुप दिपावली साँझको आयोजना गरिएको केन्द्रका अध्यक्ष देवराज गैह्रेले जानकारी दिनुभयो । संगीत र संस्कृति सम्बन्धी प्रशिक्षण केन्द्रको रुपामा यही बैसाखमा स्थापित केन्द्रले कला, संगीत र नृत्यको प्रशिक्षण दिँदै आईरहेको छ । लामो समय बुटवलमा संगीत पाठशाला सञ्चालन गर्नुभएका गैह्रेले स्याङ्जामै…

Read More

स्याङ्जा १७ कात्तिक । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको पहलमा सिद्धार्थ राजमार्ग अन्र्तगतका खाल्डाखुल्डी पुर्ने अभियान आज बिहान १० बजेदेखि सुरु गरिने भएको छ । पोखरा सुनौली राजमार्ग अन्र्तगतको फेदिखोलादेखि गल्याङ नगरपालिकाको राम्दी पुलसम्मका खाल्डाखुल्डी पुरी सडक निर्माण कार्यमा जुट्न प्रशासनको आग्रह छ । लामो समयदेखिका राजमार्गमा भएका खाल्डाखुल्डीका कारण पैदलयात्री तथा सवारीयात्रुले समेत हैरानी भोग्नु परेको छ । स्याङ्जा खण्डको करिव ८० किलोमिटर राजमार्गलाई सहज बनाउने कार्यक्रमा जुट्न सडक कार्यालय, निर्माण ब्यवसायी, प्रहरी कार्यालय, शसस्त्र प्रहरी, नेपाली सेना, जिल्लाका ११ वटै पालिका र जिल्ला स्थित विभिन्न सामाजिक संघसंस्थालाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । राजमार्गमा भएका…

Read More

स्याङ्जा १७ कात्तिक । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो तिहार अर्थात यमपञ्चक । आज बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि सुरु हुनेछ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । सवा ७ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा पनि आज नै गर्नु पर्ने भएको हो । तिथिको घटबढका कारण काग र कुकुर तिहार आज एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यमपञ्चकको दोश्रो दिन आज काग तिहार मनाइदैछ । पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट…

Read More

काठमाण्डौं १६ कात्तिक । एकीकृत समाजवादी) प्रदेश नं. १ का संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन भएको छ। एमालेका मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले सोमबार पदबाट राजीनामा दिएसँगै आज नयाँ सरकार गठन भएको हो। राईले मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेपछि गठबन्धनको तर्फबाट ५ जना मन्त्रीले सपथ गर्नुभएको छ । गठबन्धनकोतर्फबाट कांग्रेस, माओवादी, जसपाबाट एक÷एकजना मन्त्री बनेका छन्। आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रीमा केदार कार्की, र सामाजिक विकास मन्त्रीमा जयराम यादव, सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहामम्फेले जिम्मेवारी पाएका छन्। तुम्बाहाम्फे संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चको…

Read More

काठमाण्डौं १६ कात्तिक । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त हुनुभएको छ । कांग्रेस संसदीय दलका नेता शाहीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पूर्वसहमती अनुसार नवनियुक्त मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुख कलौनीले हिजो राती पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थन सहित कांग्रेस संसदीय दलका नेता शाहीले प्रदेश प्रमुख कलौनीसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो । प्रदेश सभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका नेता शाहीले कांग्रेसका ६, माओवादीका १२ र समाजवादीका तीन सांसदको गरी २१ जनाको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।…

Read More

काठमाण्डौ १६ कात्तिक । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले हिजो सोमवार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली बेच्न गर्न अनुमति दिएको छ । पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट बिजुली भारतीय ऊर्जा एक्सचेन्ज ९आईआईएक्स० मा बेच्न अनुमति दिइएको हो । दुई विद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बेच्नका लागि अनुमति दिइएको छ । प्राधिकरणले आज मङ्गलवार राति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत…

Read More

काठमाडौं १६ कात्तिक । अफगानिस्तानको राजधानी काबुलमा दुई शक्तिशाली विस्फोटमा परेर १५ जनाको मृत्यु भएको छ । दुईवटै विस्फोट अस्पतालको अगाडि भएको तालिबानका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तालिबान सम्बन्धी सुरक्षा अधिकारीका अनुसार विस्फोटमा परेर अहिलेसम्म ३४ जना घाइते भइसकेका छन् । प्रत्यक्षदर्शीले त्यहाँ गोलीको आवाज पनि सुनेको बताएका थिए । अस्पतालका कर्मचारीले अस्पतालभित्र विस्फोटको ठूलो आवाज सुनेका जनाएका थिए।

Read More

काठमाडौं १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा द्वीपक्षीय भेटवार्ता भएका छ । ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलन ९कोप–२६० मा दुई नेताबीच साइडलाइनमा दुई पक्षीय वार्ता भएको हो । भेटमा नेपालका तर्फबाट बनमन्त्री रामसहाय यादव, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत रहेका थिए भने भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर भेटमा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै भविष्यमा सँगै काम गर्ने कुरामा जोड दिएकामा मोदीलाई धन्यवाद दिनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको…

Read More

स्याङजा १६ कात्तिक । गल्याङ नगरपालिका १ मालुङ्गामा सिलाई कटाई र ब्यूटी पार्लर तालिम समापन सहित प्रविधि हस्तान्तरण गरेको छ । साउन ४ गते सुरु भएको तालिमको आजसमापन गरिएको हो । समापन गर्दे नगर प्रमुख भुपराज अधिकारीले स्वरोजगार र उद्यमी बन्नका लागि नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्वता जनाउनुभएको छ । उहाँले तालिम लिए पछि त्यसको सदुपयोग हुनुपर्नेमा जोड दिदै यस तालिमबाट आत्मनिर्भर र उद्यमी बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । बैंक तथा वित्तीय संस्थाले व्याजमा सस्तो गरी उद्यमीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिदै नगरप्रमुख अधिकारीले सस्तो ऋणका लागि पनि आफुले सबै सहयोग गर्ने प्रतिबद्वता  जनाउनुभयो । महिला, असक्त र…

Read More

काठमाडौं १६ कात्तिक । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ।हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । आज बेलुका यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ। आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ…

Read More

काठमाण्डौं १५ कात्तिक । स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरु जलवायु परिवर्तनसँग कसरी लड्ने भन्ने बारे बहसमा जुटेका छन् । जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका मुलुक, आद्योगिक राष्ट्र र कार्बन उत्सर्जनलाई घटाउन कदम चालिसकेका मुलुकका नेताहरुले आ–आफ्नो दृष्टिकोण राखिरहेका छन् । चीन, भारत र ब्राजिल लगायत प्रमुख अर्थतन्त्रहरूले कोइला र वन फँडानी जस्ता मुद्दाहरूमा आफ्नो प्रतिबद्धतालाई कडा पार्न दबाबको सामना गर्नु पर्ने देखिएको छ । कम विकसित देशहरूले जलवायु परिवर्तनको विनाशकारी प्रभावहरूको सामना धनी राष्ट्रले दिने भनेको आर्थिक सहयोगको प्रतिज्ञा पूरा गर्न दबाव दिने रणनीति बनाएका छन् । सम्मेलनको आयोजक बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विश्व निकै संवेदनशील…

Read More

स्याङ्जा १५ कात्तिक । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) स्याङ्जाको संयोजकमा तिलक गुरुङ् चयन हुनु भएको छ ।सात सदस्यीय तदर्थ समितिको उपसंयोजकमा अप्सरा राना सचिवमा इशा राना, सदस्यहरुमा अस्मिता राना, सिता थापा र जमुना गुरुङ् चयन हुनु भएको हो ।नेपाल आदीवासी जनजाती पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष एमवी आस्था मगरको अध्यक्षमा भएको भेलामा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, आदीवासी जनजाती महासंघ गण्डकी प्रदेश इन्चार्ज होमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाली काँग्रेस वालिङ नगर समितिका उपसभापति पदमराज गुरुङ, नेपाल प्रेस युनियनका अध्यक्ष प्रदिप कोइराला, प्रेस चौतारीका अध्यक्ष मुक्ति न्यौपाने लगायतका बक्ताहरुले आफ्नो हक…

Read More

काठमाण्डौ. १५ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थानमा माथि उक्लिएको छ । आईसीसीले सार्वजनिक गरेको वरीयता अनुसार नेपाल एक स्थान उक्लिदै १३ औं स्थानमा पुगेको हो । यसअघि आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औ स्थानमा थियो । वरीयतामा इंग्ल्यान्ड पहिलो, पाकिस्तान दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् । नेपाल भन्दा पछि स्कटल्याण्ड, नामिबिया, यूएई, ओमान, नेदरल्याण्ड र पपुवा न्यूगिनी रहेका छन् ।

Read More

काठमाण्डौ. १५ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुभएको छ । उहाँले हिजो प्रदेशवासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो । गएको वैशाख २ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र कांग्रेसले सरकार आलोपालो चलाउने सहमति भएको थियो । त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिनुभएको हो । त्यतिबेला नेपाली कांग्रेस र अहिले सरकार चलाइरहेको नेकपा माओवादी केन्द्रबीच प्रदेशमा सरकार पालैपालो चलाउने सहमति भएको थियो। माओवादीले बढीमा कात्तिक १५ गतेसम्म सरकार चलाउने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति भएको थियो। त्यही सहमति अनुसार अब कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्नु हुनेभएको छ ।

Read More

काठमाण्डौ. १५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनु भएको छ । आज दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई राजीनामा पत्र बुझाउनु भएको हो । मुख्य मन्त्रीले राजीनामा बुझाए लगत्तै प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको छ । प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम भोली दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको…

Read More