Author: Syangja Sandesh

स्याङ्जा ४ कात्तिक । लोकप्रिय गायिका एवं बौद्ध भिक्षु आनी छोइङ डोल्मा स्याङ्जाको सिरुवारीमा हुनुहुन्छ । नेपालको पहिलो पर्यटकीय गाउँ सिरूबारीमा उहा मंगलबार आउनुभएको हो ।आँधीखोला गाउँपालिका १ मा रहेको सिरूबारीमा बुधवार (हिजो)बाट सुरु कग्युर पाठ वाचनको उद्घाटन समारोहका लागि उहालाई आमन्त्रण गरिएको हो।बौद्धाधर्मालम्बीहरुका महत्वपूर्ण पाठ कग्युर वाचन कार्यक्रमको उद्घघाटनमा बोल्दै बौद्ध धर्मको उदेश्य मानव हल्याण, अहिंसा र सचआचरण रहेको बताउनुभयो ।‘अमूल्य मानव जीवनलाई जिवन्त बनाउन लोभ, मोह, क्रोध, स्वार्थ र अहंकारबाट टाढा रहनुपर्छ।’ उहाले भन्नुभयो ‘मानवतावादको सिद्धान्त मान्छेकै कल्याण र सुखमा आधारित छ।’कार्यक्रममा गुम्बा समितिका अध्यक्ष क्या. बुद्धिबहादुर गुरुङ, समाजसेवी मनबहादुर गुरुङ, बौद्ध गुरू (खेम्पो) हरु किरण गुरुङ, मिन…

Read More

काठमाण्डौं २ कात्तिक । आज मुहम्मद जयन्ती । मुस्लिम समुदायलाई आजका दिन सरकारले मोहम्मद जयन्तीका अवसरमा मुश्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले कात्तिक २ गते पर्ने १४९६ औं मुहम्मद जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुहम्मद जयन्तीमा मुश्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

Read More

काठमाण्डौ १ कात्तिक । सरकारले भोली मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘मोहम्मद जयन्ती १४ सय ९६’ को अवसरमा मुस्लिम समुदायलाई कात्तिक २ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । त्यस्तै मन्त्रिपरिषद्को बैठकले अबुधाबी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । सरकारका प्रवक्ता कार्कीका अनुसार मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न…

Read More

स्याङ्जा १ कात्तिक । बिरुवा गाउँपालिकाले बडादशैंको पुर्णिमामा दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । विरुवा गाउँपालिकाले कात्तिक ३ गते पुर्णिमाका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । विरुवा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलराम पौडेलद्धारा हस्ताक्षरीत विज्ञप्तिमा पालिकाको वडा नं. ७ मा रहेको मनकामना मन्दिरमा कोजाग्रत पुर्णिमाका दिन पंचवली पुजालाई स्थानीय पर्वको रुपमा मनाउने र उक्त दिन सार्वजनिक विदा दिने जनाईएको छ । साथै कात्तिक ३ गते बुधबार विरुवा गाउँपालिका तथा अन्तगर्तका कार्यालयहरु, शैक्षिक संस्थाहरु, वित्तिय संस्थाहरु र सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा हुने विज्ञप्तिमा उल्लेख छ । पालिकाको वडा नं. ७ मा रहेको मनकामना मन्दिर पालिकाको…

Read More

काठमाण्डौं, १ कात्तिक । नेपाल सरकारले साफ च्यापियनसिप फुटबलमा उपविजेता भएका खेलाडीहरूलाई जनही ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । खेलाडीको प्रोत्साहन स्वरूप उक्त रकम दिन लागिएको प्रवक्ता कार्कीले बताउनुभयो । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले खेलाडीहरूलाई ५–५ लाख र प्रशिक्षकहरूलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो । शनिबार राति भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । नेपाल पहिलोपटक च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

Read More

स्याङ्जा, १ कात्तिक । कर्तव्य ज्यान मुद्दाका फरार आरोपितलाई प्रहरीले २० वर्ष पछि पक्राउ गरेको छ। अर्जुनचौपारी गाउँपालिका २ का ५२ वर्षीय पोतबहादुर रोकाहालाई प्रहरीले पक्राउ गरेको हो।झण्डै २० बर्षअघि (२०५८ पुस) महिनामा सोही स्थान बस्ने झलकबहादुर रोकाहालाई कर्तब्यगरी मारेको आरोपपछि उनी फरार रहेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।आरोपित रोकाहा भारतमा लुकीछिपी बसेको र अहिले दशैं मनाउन घर आएको भन्ने सूचनाका आधारमा पक्राउ परेका हुन। आरोपित रोकाहालाई असोज ३० गते उनलाई घरबाटै पक्राउ गरिएको हो।

Read More

काठमाडों १ कात्तिक । गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गर्नुभएको हो । राजुप्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिँदा स्याङ्जाका प्रजिअ दीपकराज नेपाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । गृहमन्त्रालयका किरण थापालाई कैलालीको सिडियो नियुक्त गरी कैलालीका खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालय तानिएको छ । जगन्नाथ पन्तलाई पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधि खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ । वेदनिधी अधिकारीलाई डोल्पा, नेत्रप्रसाद शर्मालाई मुस्ताङ, श्रीनाथ पौडेललाई रोल्पाको जिम्मेवारी दिँदा विष्णु पौडेललाई अर्घाखाँचीबाट गृहमन्त्रालय तानिएको छ ।

Read More

काठमाण्डौं ३१ असोज ।साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । साफ च्याम्पियनसिपको उपाधि जितेर नयाँ इतिहास रच्ने नेपालको यसपटकको सपना अधुरै रहेको छ । साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक फाइनलमा पुगेको नेपाली टोली यसअघि सात पटकको विजेता भारतसँग ३–० गोलले पराजित भएको हो । यसअघि दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको थियो भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको थियो । ५ खेल बराबरीमा सकिएका थिए । नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ मा साफमा २–१ ले हराएको थियो । त्यसपछि सन् १९९३ मा ढाकामा नेपाल पेनाल्टीमा विजयी भएको थियो । गए साझ भएको खेल…

Read More

स्याङ्जा, २९ असोज । भीरकोट नगरप्रमुख र निवर्तमान सभापतिले आफनो जन्मदिनका दिन कारागार शाखालाई टेलिभिजन प्रदान गर्नुभएको छ ।नगरप्रमुख छायाँराम खनाल र नेपाली कांगस्रेका निवर्तमान नगर सभापति तोयनाथ अर्यालले आफनो जन्मदिनका दिन यहाँका कैदीवन्दीलाई लक्षित गर्दे एउटा रंगीन टेलिभिजन हस्तान्तरण गर्नुभएको हो । टेलिभिजन हस्तान्तरण गर्दै निवर्तमान सभापति अर्यालले बदलिदो अवस्थाका बारेमा सूसूचित होउन भन्ने उदेश्यले टेलिभिजन प्रदान गरिएको जानकारी दिए। साथै, उनले बन्दीलाई टेलिभिजनको उपयोगले एक्लोपनलाई केही कम गराउने बताउनुभयो ।यसैगरी, शौचालय तथा बायोग्यास निर्माणका लागि खनिएको खाडल पुर्नका लागि आवश्यक पर्ने सबै रकम उपलब्ध गराउने बताए। गतबर्ष अन्तिम समयमा निर्माण सुरु गरिएको बायोग्यास निर्माणकार्य रकम र समयको अभावमा…

Read More

काठमाण्डौं २९ असोज । माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले चिर परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्ने भएको छ । लिग चरणको अन्तिम खेलमा आयोजक माल्दिभ्सविरुद्ध ३–१ को रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको भारतले उपाधिका लागि नेपालसँग प्रतिष्पर्धा गर्ने भएको हो । यसअघि नेपालले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै अन्तिम दुईमा स्थान बनाएको थियो । ८ औँ मिनेटको अग्रतालाई ८८ औँ मिनेटमा पेनाल्टीबाट बराबरी गर्दा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाउने मौका पाएको हो ।  मालेस्थित राष्ट्रिय रंगशालामा दुबै टोली सुखद नतिजाका लागि प्रतिष्पर्धा गरेका थिए । गर वा मरको अवस्थामा रहेका दुबै टोलीले आक्रामक खेल देखाउँदै…

Read More

स्याङजा २९ असोज । आज विजयादशमी अर्थात नवरात्रको दशौं दिन, बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन । यस दिन दुर्गा भवानी पूजाको विसर्जन गरि मान्यजनहरुबाट प्रसाद स्वरुप टिका जमरा लगाइन्छ । भगवान रामचन्द्रले बनबासका बेला दुर्गा स्वरुपा महामायाको नौ दिनसम्म पूजा आराधना गरेपछि महामाया देवीको कृपाले नवमीको रातमा ‘भोलीको दिन मेरो प्रसाद स्वरुप टिका जमरा लगाई रावणसंग युद्ध लडेमा विजयी हुन्छौ’ भनेर आशिर्वाद दिनुभएको थियो । आश्विन शुक्ल दशमीका दिन घडाको जलको अभिशेक लिई दुर्गा भवानीको प्रसाद स्वरुप टिका जमरा लगाई भगवान रामले रावणमाथि विजयी प्राप्त गरेका थिए । त्यहि दिनदेखि विजया दशमीका नामले आजको दिन सवैले चामलमा दहि र रातो…

Read More

स्याङ्जा २८ असोज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना र बली दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवी भागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि…

Read More

काठमाण्डौं २७ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टी मार्फत् गोल गर्नुभएको हो । बंगलादेशका सुमन रेजाले नेपाल विरूद्ध खेलको नवौं मिनेटमा गोल गर्नुभएको थियो । बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको माल्दिभ्सको ६ अंक र तेस्रो स्थानमा भारतको ५ अंक छ। फाइनलमा पुग्न माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जीत चाहिन्छ। यो खेलको नतिजापछि नेपालले फाइनलमा भिड्ने टिमको…

Read More

काठमाण्ठौं २७ असोज । युरोपियन सङ्घले अफगानिस्तानलाई एक बिलियन यूरो अर्थात् झन्डै साढे ८ हजार करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । युरोपियन सङ्घका प्रमुख उर्सुला वन्डर लेनले यो आर्थिक सहयोग तालिबानलाई नभइ अफगानिस्तानका सर्वसाधारणलाई दिइने बताउनुभयो । उहाँले त्यहाँ काम गरिरहेका अन्तर्राष्ट्रिय सहयोग एजेन्सीहरूमार्फत् सर्वसाधारणलाई दिने जानकारी दिनुभयो । यस आर्थिक सहयोगले अफगानिस्तानको मानवीय र सामाजिक आर्थिक संरचनालाई परिवर्तन गर्नमा ठूलो भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

Read More

जनकपुरधाम २७ असोज । आज बडादसैँको महाअष्टमी, जनकपुरधामका शक्तिपीठ तथा दुर्गा भनावीको प्रतिमा बनाएको ठाउँमा विवाहित महिलाहरूले खोइछ भरेर पर्व मनाइरहेका छन् । खोइछ भर्नका लागि जनकपुरधामका शक्ति पिठहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । श्रीमान, सन्तानको लामो आयू र परिवारको सुख शान्ति एवं समृद्धिका लागि दुर्गा भवानीको मन्दीरमा विवाहित महिलाहरूले खोइछ भर्ने परम्परा रहेको छ । सप्तमीदेखि नवमीसम्म शक्तिपीठमा हिन्दु महिलाहरू पूजापाठका लागि जम्मा हुने गरेका छन्। नयाँ कपडामा फूल,फल,अक्षतासहित सोह्र श्रृङ्गारका सामान राखेर आफ्नोश्रीमानको दीर्घायुको कामनासहित महिलाहरू दुर्गा भवानीका विभिन्न रुपलाई पूजा गर्दछन् । मधेसी संस्कृतिमा छोरी÷बुहारीलाई विदाइ गर्दा उसको समृद्धिका लागि खोइछ दिने परम्परा परापूर्व कालदेखि रहँदै…

Read More