Author: Syangja Sandesh

स्याङ्जा ९ मंसिर । नेकपा एमालेको केन्द्रिय सचिव पदमा स्याङ्जाका पदमा अर्यालले उम्मेदवारी दिनुहुने भएको छ ।नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटनसत्र नजिकिदै गर्दा अर्याल लगायत स्याङ्जाका ८ जनाले केन्द्रीय समिति तथा पदाधिकारीका उम्मेदवार बन्ने आकांक्षा ब्यक्त गरेको जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रै (पारस) ले जानकारी दिनुभयो ।नेकपा एमाले स्याङ्जाका पूर्व अध्यक्ष एवं पुर्व मन्त्री अर्यालले सचिव पदमा उम्मेदवारी दिनहुने भएको हो । उहा अहिले केन्द्रीय सदस्य हुनुहुन्छ। यसअघिको ओली नेतृत्वको सरकारमा राज्यमन्त्रीदेखि पूर्णमन्त्रीगरी ३ पटक मन्त्री बनेकी अर्याल स्याङ्जा एमालेका पूर्व अध्यक्ष पनि हो ।अर्यालसंगै, गण्डकी प्रदेश सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रै (पारस), केन्द्रीय सदस्य द्धय सीता सुन्दास…

Read More

स्याङ्जा ९ मंसिर । घरैवाट सुरु गरौें, महिला हिंसा अन्त्य गरौ भन्ने नाराका लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखिशुरु भएको छ । सामाजिक विकास शाखा र पुतलीबजार नगरपालिकाको आयोजनामाविहीबार स्याङ्जा सदरमुकाममा र्याली सहित लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरु गरिएको हो ।अभियानको सुरुवात गर्दे जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले लैगिक हिंसा विरुद्ध सबैले आ आफना क्षेत्रबाट काम गर्नुपर्ने बताउनुभयो । पर्याप्त ऐन कानून हुदा हुदै पनि अझै पनि समाजमा हिंसाका रुपहरु देखिनु दुखद रहेकोमा जोड दिनुभयो ।कार्यक्रममा पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, सामाजिक विकास कार्यालय प्रमुख इश्वरीप्रसाद रेग्मी लगायतले विभिन्न समयमा गरिएका प्रतिबद्धता र…

Read More

स्याङ्जा ९ मंसिर । वालिङ नगरपालिका ८ स्थित गाउँवेशी डिपार्टमेन्ट स्टोरमा गएराती आगलागी भएको छ। आगलागीले लाखौं मूल्य बराबरको सामाग्री जलेर नोक्सान पुगेको छ।बिद्युतीय सर्किटमा भएको खराबीका कारण बुधबार रातको अन्दाजी १ बजेतिर आगलागी भएको अनुमान गरिएको छ।आगलागीका कारण डिपार्टमेन्ट स्टोरका सिसि टिभीहरु, फ्रीज, कम्प्युटर, टेलिभिजन, कस्मेटिक, खाद्यान्न लगायतका सामानहरु जलेर नष्ट भएको र करिब ५० लाख मूल्य बराबरको क्षति भएको डिपार्टमेन्ट संचालक सुदन श्रेष्ठले जानकारी दिनुभयो ।आगलागी भएको थाहा हुने बित्तिकै वालिङ नगरपालिकाले दमकल ल्याई आगो निभाइएको थियो। आगोले थप क्षति हुन रोके पनि डिपार्टमेन्टका सबै सामाग्री बिग्रीएका छन्।स्याङ्जाको वालिङ नगरपालिका–८ मोड स्थित सो डिपार्टमेन्ट जिल्लाकै ठूलो र नमूना…

Read More

स्याङ्जा ८ मंसिर । गल्याङ नगरपालिका ९साङ्लीयामा नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाको साझेदारीमा झण्डै दुई करोडको आयोजना परेको छ ।साङ्लियाका लागि नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गत रहेको नेपाल लाइभ स्टक इनोभेसन आयोजना (एनएलएसआइपी) बाट एक करोड७७ लाख ३३ हजार पाँच सय ७६ रुपैयाँको लागत साझेदारीमा आयोजना सञ्चालन हुन लागेको हो ।उपआयोजना अन्तर्गत स्थानीय श्री साङ्लीया मोडेल बाख्रा पालन फर्म कृषक समूहले बुधबार गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा यो जानकारी दिइएको हो ।जसमध्ये आयोजनाबाट मात्रै ८८ लाख ६२ हजार पाँच सय ५५रुपैयाँ अनुदानको रुपमा प्राप्त हुनेछ । सार्बजनिक सुनुवाई कार्यक्रममा दिइएको जानकारी अनुसार बाँकी स्थानीय…

Read More

स्याङ्जा ८ मंसिर । नेपाली कांग्रेसको यही १० गते हुने भनिएको जिल्ला सभापतिमा संबिधानसभा सदस्य राजु थापा र गण्डकी प्रदेशका सचेतक एवं सांसद भागवतप्रकाश मल्लबीच प्रतिस्पर्धा हुने भएको छ।संघीय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ स्याङ्जाको क्षेत्र नं. १ बाट सबैभन्दा धेरै मत पाएका थापा र क्षेत्र नं. २ बाट मल्लले सर्वाधिक मत पाउन सफल हुनुभएको हो ।संविधानसभा सदस्य थापा र गण्डकी प्रदेश नेपाली काङ्ग्रेसका सचेतक एवं सांसद मल्ल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।सोमबार भएको क्षेत्रीय तथा संघिय महाधिवेशन प्रतिनिधी चयनमा स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) लगायतका कांग्रेसमा निरन्तर क्रियाशिल नेता तथा नेतृहरुको पराजित भएपछि राजनीतिले नयाँ मोड लिएको हो।कार्यवाहक सभापति…

Read More

स्याङ्जा ८ मंसिर । गल्याङ नगरपालिकामा बृहत पोषण विशेष क्षमता अभिबृद्धि सम्बन्धि तालिम सुरु भएको छ ।गल्याङ नगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष क्षमता अभिबृद्धि सम्बन्धि एक हप्ते तालिम मंगलबार सुरु भएको हो ।तालिमको उद्घाटन कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले पोषण र स्वास्थ्यलाई आन्तरिक उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो ।उहाँले विषादीयुक्त खानाको असर स्वास्थ्यमा पर्ने भएकाले घरमै उत्पादन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।नगरप्रमुख अधिकारीले भन्नुभयो –‘बजारबाट किनिएका तरकारीहरुबाट हामीले विषादी लिइरहेका हुन्छौं । यसलाई रोकेर आफ्नो लागि मात्रै भए पनि घरबाट उत्पादन गर्न सकेमा धेरै रोगहरुलाई रोक्न सकिन्छ ।’ दुधको सेवनले पनि धेरै फाइदा गर्ने भएकाले आफुले सेतो सहरको अवधारणा…

Read More

स्याङ्जा, ७ मंसिर । नेपाली काग्रेस स्याङ्जाको प्रतिनिधीसभा क्षेत्र अन्र्तगतको निर्वाचनमा तुलसीराम रेग्मी र दिलिपप्रताप खाँण क्षेत्रीय सभापतिमा बिजयी हुनुभएको छ । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ मा रेग्मी र २ खाँण बिजयी हुनुभएको हो ।दुई समूहबीच भएको क्षेत्रीय समितिको प्रतिस्पर्धामा दुबैतर्फ आ आफना प्यानल सहित विजयी भएका हुन। रेग्मीले ओमबहादुर भट्ट केसीलाई ३१५ मतान्तरले जितेका छन्। उनका सचिवमा मनोज मल्ल र सूर्यप्रसाद शर्मा सहित सहसचिवमा धु्रव शर्मा र पशुपति पोखरेल बिजयी भए।खाँणका प्रतिस्पर्धी धु्रव शर्मा पंगेनीलाई ४५९ मतान्तरले जितेका हुन। उनका सचिवमा फणीनारायण रेग्मी (दिपक) र यादवप्रसाद पाण्डे (सुन्दर) सहित सहसचिवमा प्रमोद पोखरेल र राजेश डुम्रे निर्वाचित हुनुभएको…

Read More

स्याङ्जा, मंसिर ७ । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा तुलसीराम रेग्मी क्षेत्रीय सभापतिमा विजयी हुनु भएको छ ।खसेको मतको ६३९ मत ल्याई विजयी हुनु भएको हो । उहाकानिकटतम प्रतिस्पर्धी ओमबहादुर भट्टले ३१४ मत ल्याउनु भएको थियो भने अर्का प्रतिस्पर्धी दुर्गाप्रसाद पौडेलले २६ मत ल्याउनु भयो । यहाँ १०१२ मत खसेको थियो ।यसैगरी, क्षेत्रीय सचिवमा मनोज मल्ल र सूर्यप्रसाद शर्मा लामिछाने विजयी हुनु भएको छ । सहसचिवमा ध्रुव शर्मा र पशुपति पोख्रेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।यसैगरी, क्षेत्र नं. २ मा दिलिपप्रताप खाँण बिजयी हुनु भएको छ । उहाले ८२३ मत प्राप्त गर्दे…

Read More

स्याङ्जा ६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत सोमबार (आज) स्याङ्जा लगायत बिभिन्न जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएको हो।स्याङ्जाका २ प्रतिनिधीसभा निर्वाचन क्षेत्रमा चुनावी प्रक्रिया अघि बढेका छन्।केन्द्रीय निर्वाचन समितिका अनुसार आज देशभरका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नयाँ कार्यसमिति चयनका लागि अधिवशेन हुँदैछ । एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा पनि सोमबार नै जिल्ला अधिवेशन हुने कांग्रेसले जनाएको छ ।एउटा निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । हिमाली क्षेत्रका करिव १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ…

Read More

स्याङ्जा ४ मंसिर । स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको चौथो अधिवेशन वालिङ् गरिने भएको छ ।यही मंसिर १३ गते (नोभेम्बर २९) अधिवेशन तथा विश्व सम्मेलन हुने भएको हो । सम्मेलनमा विश्वका विभिन्न मुलुकमा छरिएर रहेका स्याङ्जाबासीको सहभागीता हुने बताइएको छ ।प्रवासमा रहेका स्याङ्जाबासी दाजुभाई तथा दिदीवहिनीले गठन गरेको यस सामाजिक संस्था मार्फत हुने अधिवेशनको तयारि तिब्र बनाएको आयोजकले जनाएका छन । ‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मूल नाराका साथ वालीङमा हुन गैरहेको उक्त महाधिवेशनले २ वर्षे कार्यकालको समिक्षा र सक्रिय टिम निर्माणमा निम्ति देश तथा विदेशबाट प्रतिनिधिहरुको सहभागीता रहनेछ । प्रवासमा रहेर जन्मथलो स्याङ्जालाई माया गर्ने सबै नेपालीहरुको…

Read More

काठमाण्डौ ४ मंसिर । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले केही समयका लागि राष्ट्रपतीय अधिकार पाउनुभएको छ। राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा एक घण्टा २५ मिनेट राष्ट्रपतीय अधिकार पाएको ह्वाइट हाउसले जनाएको छ । यो सँगै अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने ह्यारिस पहिलो महिला बन्नुभएको हो । उहाँलाई अधिकार प्रत्यायोजन प्रकृयामार्फत नै राष्ट्रपतिको अधिकार प्रदान गरिएको ह्वाइट हाउसलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति बाइडेनको हिजो स्वास्थ्य परीक्षण गरिएको थियो। अमेरिकाको उपराष्ट्रपतिमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी ह्यारिस एसियन–अमेरिकन मूलकी हुनुहुन्छ।

Read More

काठमाण्डौं ४ मंसिर । भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले जानकारी दिनुभयो । निरन्तरको अत्यधिक बर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएका बताउनुभयो । बाढीले विषेश गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयमसेवकको टोली खटिएका छन् । खोजी तथा उद्धारकार्य जारी रहेपनि १०० जनाभन्दा बढी बेपत्ता भएको उद्धारकर्ताको भनाइ रहेको छ ।

Read More

काठमाण्डौं ४ मंसिर । योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्नुभएको छ । ​पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आउनु भएका भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिनुभएको हो । शनिबार (आज) बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउनु भयो । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको भन्दै बाबा रामदेवले यहाँको स्वच्छ हावाले निरोगी बनाउने बताउनुभयो। बाबा रामदेव शुक्रबार चन्द्रागिरि पुग्नुभएको हो।उहाले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्ने…

Read More

काठमाण्डौं ४ मंसिर । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आज भएको खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सङ्कटाले हिमालयनसँग १–१ गोलको बराबरी खेलेको हो ।प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा संकटाले अंक बाड्नु परेको हो ।र, आज भएको अर्को लिग फुटबलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई ३–० गोलले हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टारलाई जिताउन निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले गोल गर्नुभयो । च्यासलका लागि विकास मेराग्लियाले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै थ्री स्टारले तीन अङ्क…

Read More

स्याङ्जा ४ मंसिर । पुतलीबजार नगरपालिका ३ स्थित चितिकुनामा नवनिर्मित राधाकृष्ण मन्दिर तथा जेष्ठ नागरिक सत्संघ सेवा केन्द्र बिधिवतरुपमा उदघाटन गरिएको छ ।बिगत ५ दिनदेखि राधाकृष्ण तथा गणेशका मूर्तिको बिभिन्न धार्मिक बिधि अनुरुप ध्यू, दूध, मह, अन्न, फलफूल र बिबिध औषधीबाट स्नान गराइ प्राणप्रतिष्ठाका बिधि पुरागरि मुक्तिनाथ धामका पीठाधीश १००८ सन्त शिरोमणी लोकानन्द स्वामीवाट शुक्रवारै बिधिवत पुजा अर्चना सहित मूर्ति अनावरण गरिएको हो ।मन्दिर अनावरण गर्दे स्वामीले धर्मप्रति आस्थावान हुदै सत्कर्म गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा नेपाली कांग्रैसका केन्द्रीय पूर्वउपसभापति एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, बिष्णु ज्ञवाली भागवत वाचकहरु देवेन्द्र भारद्धाज, गोपाल पाण्डे र आचार्य टिकाराम पौडेल लगायतले सत्संघ केन्द्रलाई धार्मिक पर्यटकीय…

Read More