स्याङ्जा १७ पुस । अपागता शसक्तिकरण तथा सामुदायिक विकास केन्द्र –नेपाल पुतलीबजार न पा १ स्याङ्जा को आयोजना तथा पुतलीबजार नगरपालिका नगरकार्यपालिकाको सहयोगमा संचालित २ दिने अपांगता अभिमुखिकरण तथ स्वय सेवक परिचालन कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रम को समापन गर्दै नगर उपप्रमुख देवी अर्याल लेनगर उपप्रमुख देवी अर्याल – अपांगता भएका व्याक्ति लाई संधिय र प्रदेश सरकार ले प्रदान गरेका सुविधा का अतिरिक्त थप सेवा सुविधा नगरपालिका को तर्फबाट दिईएको वताउदै यो वर्गको व्यवस्थापना सवैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा सदस्य विण्णुकुमार श्रेष्ठ, स्याङ्जा अपांग समाजका अध्यक्ष रामप्रसाद पोखरेल, सहभागी संगम ढकाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । अपांगता शसक्तिकरण तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन सचिव नारायण प्रसाद रेग्मीले गर्नुभएको थियो ।
तालिममा सहभागी २५ जनालाईे अपाङ्गता सम्बन्धि विश्वव्यापी बिकास क्रम , बिद्यमान राष्ट्रिय अन्तरराष्ट्रिय कानून , सेवा सुविधा , अपाङ्गता का कारण र रोकथामका उपायहरु , प्रस्तुती करणका सिपहरु,, स्वयंसेवक परिचालन को अवधारणा , काम कर्तव्य र अधिकार लगायतका विषयमा सहजिकरण गर्नुभएको थियो । तालिममा सहभागी १२ जना लाई स्वयंसेवी बिद्यार्थीलाई नियुक्तिपत्र पनि प्रदान गरिएको छ ।
पुतलीबजार नगरपालिका वडा न १ स्थित त्रिभुवन आर्दश बहुमुखी क्याम्पस, त्रिभुवन आदर्श मावि, स्याङ्जा बहुमुखी क्याम्पस र पुतलीबजार १३ स्थित मातृभूमि माविगरी ४ बिद्यालयका बालबालिकालाई अपांगता सम्बन्धी सचेतना कार्यक्रमगरि स्वयंसेवी बिद्यार्थी छनौट गरिएको थियो ।