काठमाण्डाै २५ साउन । काेराेना महामारीकाे चुनाैतीका बीच टाेकियाे ओलम्पिक सफल रह्याे । २३ जुलाईमा सुरु भएकाे याे प्रतियाेगिता आइतवार समापन भएकाे छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थाेमस बाकले टाेकियाे ओलम्पिक २०२० काे समापन भएकाे औपचारिक घाेषणा गर्नुभएकाे हाे ।
जापानको राजधानी टोकियोमा १९ दिन चलेको प्रतिस्पर्धामा २०५ देशले भाग लिएका थिए। कोरोनाभाइरस महामारीबीच भएको प्रतिस्पर्धामा दर्शकलाई प्रवेश निधेष गरिएको थियो। अब आउँदाे ओलम्पिक सन् २०२४ मा पेरिसमा हुनेछ । टाेकियाे ओलम्पिकमा झन्डै ११ हजार खेलाडीले तीन सय ३९ इभेन्टमा भाग लिएका थिए ।
समापन समाराेहकाे सुरुवात आतिशबाजीबाट भएकाे थियाे । त्यसपछि मञ्चमा आयाेजक जापानकाे झन्डा फहराइएकाे थियाे । त्यसपछि सबै देशकाे झन्डा स्टेडियममा एउटा गाेलाे आकारमा देखाइएकाे थियाे । बिस्तारै–बिस्तारै खेलाडीहरू स्टेडियममा आउन थाले । याे दृश्य निकै महमाेहक थियाे ।
समापन समारोहमा टाेकियाेका गभर्नर युरिको कोइके और आईओसीका अध्यक्ष बाकले ओलिम्पिक झन्डालाई पेरिसका मेयर एनी हिडाल्गोलाई सुम्पिएका छन् । पेरिसमा नै आउँदाे २०२४ पेरिस ओलम्पिक आयाेजना हुँदैछ । यही क्रममा एफिल टावरमा पनि ओलम्पिक झन्डा फहराइएकाे थियाे ।
यस संस्करणकाे ओलम्पिकमा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित एक सय १३ पदक जित्दै पहिलाे बनेकाे छ । तीन भने ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदकका साथ दाेस्राे नम्बरमा रह्याे । तेस्राेमा भने २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक जित्दै आयाेजक जापान छ ।
बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कास्य पदक हात पारेर चौँथोमा रहयो ।
पदक तालिकाको यसपछिका स्थानमा रहेको रूसी ओलम्पिक कमिटी, अस्ट्रेलिया, नेदरल्याण्ड र जर्मनीले क्रमशः १७ स्वर्ण, १० स्वर्ण र १० स्वर्णसहित पाँचौँ छैटौँ र सातौँ स्थानमा आउन सफल भएका छन् । अस्ट्रेलियाले ७ रजत र २२ कास्यसहित कूल ४६ र पदक नेदरल्याण्डले १२ रजत र १४ कास्यसहित कूल ३६ पदक जितेका छन् । जर्मनीले ११ रजत र १६ कास्यसहित कूल ३७ पदक जितेको छ । दशौँस्थानमा रहेको फ्रान्सले ९ स्वर्ण, १२ रजत र ११ कास्यसहित कूल ३२ पदक जितेको छ ।
एशियाली मुलुकहरूमा चीन र जापानबाहेकका राष्ट्र पदक तालिकामा निकै पछाडि देखिए । भारतले एक स्वर्ण, दुई रजत र चार कास्य पदकसहित कूल ७ पदक जितेको छ । गत जुलाई २३ बाट सुरु भएको ओलम्पिक १७ दिनसम्म चलेको थियो । ओलिम्पिक खेल अन्तर्गत जापानका ४२ खेल स्थलमा भएका ३३ खेलका लागि ३३९ प्रतिस्पर्धा तय भएका थिए ।
टोकियो ओलम्पिकमा बर्मुडा, कतार र फिलिपिन्सले पहिलो पटक ओलम्पिकमा स्वर्ण जित्ने इतिहास बनाए। यस्तै बुर्किना फासो, सान मारियो र तुर्केमिनिस्तानले ओलम्पिकमा पहिलो पटक पदक जित्न सफल भए।