स्याङ्जा २० चैत । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर रोयल तथा ऋण सहकारी संस्थाले प्रशिक्षण एवं शेयर सदस्य र संचालकबिच अन्र्तक्रिया गरेर मनाएको छ ।
शुसासनमूलक सहकारी, सहकारी संघ संस्थाको जिम्मेवारी भन्ने मुल नाराका साथ सहकारी दिवस मनाइएको हो । सो दिवसको उदघाटन गर्दै रोयल तथा ऋण सहकारी संस्थाका संस्थापक प्रवन्धक एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।
सहकारीका माध्यमबाट संसार जोड्ने काम भएको जनाउदै उहाले राज्यले गर्न नसकेको धेरै कामहरु सहकारी मार्फत हुने गरेको बताउनुभयो । सबै क्षेत्रमा राजनीतिको नकारात्मक प्रभाव पारिदा अपेक्षाकृत प्रतिफल उपलब्ध हुन नसकेको जनाउदै सहकारीकर्मीले अर्थको राजनीति गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंक स्याङ्जाका प्रमुख बाबुराम ढकाल, नेपाली कांग्रेसका महासमिति सदस्य एवं युवा नेता द्धय गोबिन्द रानाभाट र अनुप श्रेष्ठ, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अििधकारी, रोयल सहकारीका कानूनी सल्लाहकार पमनारायण अर्याल, त्रिभुवन आर्दश बहुमुखी क्याम्पस स्ववीयू सभापति सुनिलबाबु चापागाई, रोयल सहकारी सञ्चालक सदस्य देवी अर्याल, शिक्षा समिति संयोजक रामप्रसाद लम्साल लगायतले सहकारी दिवसको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवन्ध निर्देशक केशवराज लम्सालले सहकारी बारे जानकारी गराउनु भएको थियो भने सचिव प्रकाश डोटेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।