स्याङ्जा ६ चैत । आईतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा वालिङ् नगरपालिकामा नेपाल बिद्यार्थी संघ र एक सदस्य पदमा अनेरास्वीयू क्रान्तिकारी (साझा) उम्म्देवार विजयी भएका छन ।
वालिङ् बहुमुखी क्याम्पस वालिङ्मा हिजो मतदान भई नतिजा भने आज प्राप्त भएको हो ।
प्रत्यक्ष निर्वाचनमा नेपाल बिद्यार्थी संघका तर्फबाट सभापतिको उम्मेदवार बन्नुभएका संदीप कडेल, सचिवमा राजिन कुवर, कोषाध्यक्षमा सुमना लामिछाने, सदस्यहरुमा अश्विनकुमार रेग्मी, वादल लामिछाने, ओमप्रसाद गुरुङ, दिपा डाला मगर, आकृति पाण्डे, सबिना सुनार र डिला भुषाल निर्वाचित हुनुभएको हो ।
डिला भुषाल अनेरास्वीयू क्रान्तिकारीका तर्फबाट हो भने अन्य सबै नेपाल बिद्यार्थी संघतर्फका रहेको निर्वाचन संयोजक जगन्नाथ पंगेनीले जानकारी दिनुभयो ।