स्याङ्जा २४ पुस । वालिङमा हाते ट्याक्टर मर्मत तालिम सम्पन्न भएको छ ।
वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथादियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक ार्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत पावर टिलर तथाहाते ट्याक्टर मर्मत सम्वन्धी तालिम सम्पन्न भएको हो ।
उपकरण मर्मतको सिप नहुँदा किसानहरुलाई टाढाटाढा मर्मतका लागी लानुपर्ने झण्झटको अन्त्य गर्नका ालागी तालिमको आयोजना गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताउनुभयो ।
कार्यक्रममा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष नेत्रप्रसाद सुवेदी, दियालो संस्थाका उपाध्यक्ष विष्णु सुवेदी, प्रशिक्षक दिलबहादुर पौडेल, सहभागि रुद्रप्रसाद ढकाल लगायतले बोल्नु भएको थियो । संस्थाका अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन फिल्डतथा ईबिक अधिकृत गंगाधर खनाल राजुले गर्नुभएको थियो ।
तालिममा वालिङ नगरपालिकाका १४ वटै वडाका ५० जना युवा कृषक तथा उद्यमीहरुको सहभागिता रहेको थियो । तालिम दुई सिफ्टमा सञ्चालन गरिएको र ट्याक्टर मर्मतको दोस्रो चरणमा ईन्जिन खोल्न सिकाउने तालिम सञ्चालन गरिने परियोजनाले जनाएको छ ।