काठमाण्डौं ११ साउन । भदौ २८ देखि असोज ९ गते सम्म नेपालमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा छ । समूह ‘एफमा रहेको नेपालले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा छनोट हुने लक्ष्य सहित तयारीलाई तीव्रता दिइरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपाली टिमले नेपालमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि तयारीलाई तीव्रता दिइरहेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । छनोट चरणको खेल खेल्न लागेको नेपाल समूह एफमा रहेको छ ।
नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । एसियन कप खेल्ने लक्ष्य नेपाली टोलीले राखेको छ । नेपाली टोलीका लागि ठूलो अवसर भएको भन्दै सहायक प्रशिक्षक अरुणा गुरुङले खेलाडीले मेहनेत गरेको बताउनुभयो ।