Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, August 1
    Trending
    • स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
    • जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मनाङ र मुस्ताङका सबै नागरिकले लगाए खोप
    गण्डकी प्रदेश

    मनाङ र मुस्ताङका सबै नागरिकले लगाए खोप

    Syangja SandeshBy Syangja SandeshAugust 3, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्या्ङजा। १९ साउन । भौगोलिक रुपले अत्यन्तै विकट गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङ र मुस्ताङका सबै नागरिक अन्ततः खोपको पहुँचमा जोडिएका छन् । प्रदेशकै सबैभन्दा न्यून जनसंख्या रहेको मनाङ र मुस्ताङका सबै स्थानीय तहका शतप्रतिशत नागरिकलाई खोप लगाउने कार्य पूरा भइसकेको मनाङ र मुस्ताङका स्वास्थ्य कार्यालयले जनाएका छन् । हिमाली जिल्ला मनाङ र मुस्ताङमा एकैसाथ माघ १४ गतेदेखि कोरोना बिरुद्धको खोप अभियान सुरु गरिएको थियो । कोरोना बिरुद्धको कोभिशिल्ड खोप अभियान सुरु गर्दा त्यससमय खासै कठिनाई र चुनौती व्यवहोर्न नपरेपनि पछिल्लो समय अमेरिकन जोन्सन एण्ड जोन्सन ,भरोसिल र कोभिशिल्डको दोश्रो डोज खोप अभियानमा भने यी दुई जिल्लाले निकै कठिनाई भोग्नु परयो ।
    मुस्ताङमा कुल ९ हजार ५ सय ८ जना नागरिकले तीन प्रकारको कोरोना बिरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले उल्लेख गरेको छ । कार्यालयका अनुसार कोरोना बिरुद्ध जोन्सन एण्ड जोन्सन खोप लगाउनेको संख्या ६ हजार ७ सय १५ रहेको छ भने कोरोना बिरुद्ध पहिलो चरण र दोश्रो चरण गरी २ हजार ४ सय ७२ जनाले पहिलो र दोश्रो डोज लगाइसकेका छन् ।

    यस्तै, भेरोसिल खोपको पहिलो र दोश्रो डोज खोप लगाउनेको संख्या ३ सय ३२ रहेको छ । मुस्ताङमा कुल जनसंख्या १३ हजार रहेपनि १८ वर्ष भन्दा माथिका नागरिकको संख्या ९ हजार ३ सय ६० रहेको छ ।तर ,स्वास्थ्य कार्यालयले बितरण गरेको खोपको तथ्यांक सो भन्दा माथि रहेकाले सबै नागरिकले कोरोना बिरुद्धको खोप प्राप्त गरिसकेको स्वास्थ्य प्रमुख भण्डारीको दावी छ । मुस्ताङमा स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,एम्बुलेन्स चालक,सरसफाईकर्मी,कर्मचारी,जनप्रतिनिधि,पत्रकार ,संघसंस्था ,शिक्षक लगायतलाई खोपको लगाईसकिएको जनाइएको छ ।

    यस्तै ,हिमाली जिल्ला मनाङले जिल्लाका सबै नागरिकलाई खोप लगाउन सफल भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । मनाङले जिल्लाका ४ हजार १ सय ९८ जना नागरिकलाई खोप लगाइसकेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । उहाका अनुसार मनाङमा स्थानीय तहका २८ वटै वडाको खोप केन्द्रबाट १८ वर्षदेखि माथिका नागरिकलाई खोप लगाउने काम सम्पन्न गरेको छ भने मनाङमा १ सय ६५ जनाले कोभिशिल्डको दोश्रो डोज खोप लगाउन बाँकी रहेको उल्लेख गरेको छ ।मनाङले २ हजार ९६ जनालाई कोभिशिल्ड ,७५ जनालाई भेरोसिल र २ हजार २७ जनालाई जना नागरिकलाई अमेरिकन जोन्सन एण्ड जोन्सन खोप लगाएको बताएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025

    गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजालाई

    June 21, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.