स्याङ्जा २३ पुस । भीरकोट नगरपालिका वडा न ८ र ९ को सिमामा अस्थित गडहरे गुफको भू गर्भ अभ्ययनको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
भीरकोट नगरपालिकाद्धारा आयोजित कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले भीरकोट नगरपालिका नगरपालिलका पर्यटकीय हिसावले उल्लेख्य संभावना रहेको वताउनुभयो । नगरपालिकाले ऐतिहासीक, धार्मीक, क्षेत्रहरुको पहिचानगरी संरक्षण गर्दै आएको र आन्तरिक तथा बाह्य पर्यटकहरु भीत्राउने योजनामा रहेको बताउनुभयो । उहाले प्रदेश र संधिय सरकार संग सहकार्य गर्दे यही क्षेत्रमा काम गर्दे आएको बताउनुभयो । सोही बमोजिम पालिकाले गुफाको अहिले निर्माण तथा मर्मत सम्भारको काम गर्दे आएको छ ।
त्रिभुवन विश्व विधालयका भू गर्भ शास्त्र विभागका प्रमुख डा. कविराज पौडेल र राजन क्षेत्री लगाएतको टोलीले तिन महिना देखी सो गुफाको अध्यनन गरिरहनु जनाउनुभयो ।
सो गुफा भित्र विभिन्न किसिमका आकृतीहरु जस्तै शिव लिङ्ग,गाईका आकुती ,चमेराहरु आदी छन। अहिले सम्म ८ सय मिटर सम्मको अध्यन्न गरी प्रतिवेदन सार्वजनिक गरीएकोे हो । कही उकालो कही ओराले र कुनै ठाँउ सम्ममो, फराकिलो कही साधुरो भाग पनि रहेको अध्ययन टोलीले जनाएको छ । गुफा हेर्न अवलोकन गर्न आउनेहरुलाई सहज होस भनी गुफ भित्र विभिन्न निर्माण कार्य भैरहेको छन ।
भीरकोट नगरपालिका वडा न ८ का वडा अध्यक्ष तन वहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन योजना अधिकृत यामप्रसाद रेग्मीले र स्वागत प्रमुख प्रशासकिए अधिकृत खुमलाल भुषालले गर्नु भएको थियो ।
संघको विशेष अनुदानवाट ४ करोड ७२ लाख र नगरपालिकाको २ लाख रकम वाट अहिले पानी कटाउने, दुई वटा पोखरी निर्माण, प्रशासकीय भवन निर्माण, गेट, पैदलमार्ग, प्रतिक्षालय र टावर निर्माणका काम जारी रहेको प्रमुख प्रशासकिए अधिकृत भुसालले जानकारी दिनुभयो ।