स्याङ्जा २१ असार । बालयौन दुब्र्यवहारका दोषि ६५ बर्षिय भिमबहादुर पौडेल बिहीवार साँझ पक्राउ परेका छन । बालिकालाई यौन दुरूपयोगमा ठहर भएका उनी १५ महिनापछि पक्राउ परेका हुन ।
पौडेललाई बालयौन दुरूपयोग मुद्धामा २०७९ चैत २० गते स्याङ्जा अदालतले ६ महिना १७ दिन कैदको फैसला गरेको थियो। त्यसपछि फरार उनी वालिङबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
नौ बर्षिया बालिका यौनदुब्र्यवहारमा दोषि ठहर उनी वालिङ् नगरपालिका ११ भकभका स्थित आफनै घरबाट पक्राउ परेको प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।