स्याङजा २० साउन । कोरोना संक्रमण बृद्धि भएसंगै स्याङजा प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरेको छ। मास्क नलाएका ब्यक्ति भेट्ने बित्तिकै प्रहरीले सोध्ने र उत्नीखेरै मास्क उपलब्ध गराउने गरेको छ।
जिल्ला प्रहरी कार्यालयले सदरमुकाम, वडा कार्यालय वालिङले वालिङमा र इलाका प्रहरी कार्यालय चापाकोटले चापाकोट क्षेत्र वरपर मास्क खोइ अभियान सुरु गरेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।।
निमित्त सूचना अधिकारी समेत रहेका थापाले पुतली बजारनगरपालिका स्थित शहिदचोकबाट स्याङ्जा बजार ,ट्राफिक चोक ,अभियान पथ , ग्यालेक्सी चोक सहित स्याङ्जा बजार क्षेत्रमा कोभिडका तेस्रो लहर सम्बन्धी जनचेतना सम्बन्धी माईकिङ गरेको जनाउनुभयो ।
हाल उच्च जोखिमको अबस्थामा रहेको कोभिड संक्रमणबाट सुरक्षित रहनको लागी अपनाउनुपर्ने सावधानी मुलक माईकिङ, पर्चा पम्पलेट वितरण गर्नुका साथै मास्क नलगाई हिड्ने यात्री, सवारी चालक, सहचालक, यात्रीलाई मास्क उपलब्ध गराएको छ।
मास्क अभियान सहित जनचेतनामूलक कार्यक्रम जानकारी गराउन कार्यालयले प्रहरी निरीक्षक अर्जुन बि.क को कमाण्डमा १६ जना प्रहरीको टोली खटाएको छ।
केही दिनयता स्याङजामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। जिल्लामा आजसम्म ५ हजार ३ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ७ सय ३४ जना निको भएका छन्। ती मध्ये ५ सय १४ जना सक्रिय संक्रमित छ भने १ सय ३१ जनाको मृत्यु भएको छ।
स्याङ्जाका ३ जनामा नयाँ डेल्टा भाइरस समेत देखिएको छ।