पोखरा १२ साउन । पोखराको सिर्जनाचोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो जनसङ्ख्या र सवारीसाधनको चापलाई ध्यान दिर्दै पोखरा महानगरपालिकाले आकाशे पुल निर्माण गरेको हो । यात्रुलाई बाटो काट्न सहज बनाउने उद्देश्यले पुल निर्माण गरिएको हो । महानगरपालिकाको रु दुई करोड १५ लाखको लागतमा स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको इञ्जिनीयर राजु रेग्मीले जानकारी दिनुभयो । तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत रु ५० लाख विनियोजन गर्नुभएको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको सो आकाशे पुल पहिलो भएको उहाले जानकारी दिनुभयो । इञ्जिनीयर रेग्मीका अनुसार एक ठाउँबाट आकाशे पुलमा चढेपछि चारैतर्पmबाट ओर्लन मिल्छ । आकासे पुलका लागि जमीनमुनि सिमेन्ट र जमीनमाथिका सबै संरचना निर्माणमा स्टिल प्रयोग गरिएको छ । महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि केएम जेबिएनएस पोखरा जेबीसँग सम्झौता भएको उक्त पुलको निर्माणकार्य २०७७ साउनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो । विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस सङ्क्रमणका कारण निर्माणकार्य ढिला भई एक वर्षपछि सम्पन्न भएको हो ।
Friday, August 1
Trending
- स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
- जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
- कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
- स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
- असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
- मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
- भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
- सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित