Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाल लाइभ स्टक इनोभेसनको साङलीयाका किसानलाई २ करोडको सहयोग सहयोग
    गल्याङ् नगरपालिका

    नेपाल लाइभ स्टक इनोभेसनको साङलीयाका किसानलाई २ करोडको सहयोग सहयोग

    Syangja SandeshBy Syangja SandeshNovember 24, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ मंसिर । गल्याङ नगरपालिका ९साङ्लीयामा नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाको साझेदारीमा झण्डै दुई करोडको आयोजना परेको छ ।
    साङ्लियाका लागि नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गत रहेको नेपाल लाइभ स्टक इनोभेसन आयोजना (एनएलएसआइपी) बाट एक करोड७७ लाख ३३ हजार पाँच सय ७६ रुपैयाँको लागत साझेदारीमा आयोजना सञ्चालन हुन लागेको हो ।
    उपआयोजना अन्तर्गत स्थानीय श्री साङ्लीया मोडेल बाख्रा पालन फर्म कृषक समूहले बुधबार गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा यो जानकारी दिइएको हो ।
    जसमध्ये आयोजनाबाट मात्रै ८८ लाख ६२ हजार पाँच सय ५५रुपैयाँ अनुदानको रुपमा प्राप्त हुनेछ । सार्बजनिक सुनुवाई कार्यक्रममा दिइएको जानकारी अनुसार बाँकी स्थानीय कृषक समूहबाट ३५ लाख ६७ हजार दुई सय ८७रुपैयाँ मात्रै लगानी गर्नुपर्नेछ भने ५३ लाख तीन हजार सात सय ३३ रुपैयाँ बैंकबाट ऋण लिनुपर्ने सम्झौता भएको छ । साझेदारीमा सञ्चालित कार्यक्रमबाट मोडेल कृषक फर्म समूहका ४२ जना कृषकहरु लाभान्दित हुनेछन् भने चार सय वटा उन्नत जातका बाख्रा र १६ वटा उन्नत जातका बोका थपिनेछन् ।
    सार्बजनिक सुनुवाई कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले मासु विक्रीमा पनि नगरपालिकाले अनुदानको व्यवस्था गर्ने बताउनुभयो । उहाँले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था गरिए जस्तै मासु विक्रीमा पनि निश्चित मापदण्ड बनाएर किसानलाई अनुदानको व्यवस्था गर्ने प्रतिबद्वता जनाउनुभयो ।
    नगरप्रमुख अधिकारीले विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने पनि बताउनुभयो ।
    उहाँले विकास भन्ने वित्तिकै डोजर लगाएर बाटो बन्ने कुरालाई मात्रै धेरैले बुझ्ने गरेको भन्दै प्रत्येकका हातमा पैसा र सन्तुष्टी हुनु नै विकास हुने बताउनुभयो ।
    नगरप्रमुख अधिकारीले भन्नुभयो –‘सबै विपन्न र गरिबको हातमा पैसा र अनुहारमा सन्तुष्टी झल्किनसकेमा त्यसलाई बल्ल विकास भन्न मिल्छ ।’
    आत्मनिर्भर र स्वाबलम्बी बन्नका लागि कृषि र पशुपालनका क्षेत्रमा काम गर्नुपर्ने भन्दै उहाँले जहाँ जे सम्भव छ, त्यही काम गर्नुपर्ने बताउनुभयो ।
    नगरप्रमुख अधिकारीले भन्नुभयो –‘यहाँ ठूला उद्योग खोल्ने र रेल ल्याउने कुरा गरेर हुँदैन । हामीले गर्न सक्ने भनेको कृषि र पशुपालनमा लागेर आत्मनिर्भर बन्ने कुरा हो । यसमा सबै लाग्नुपर्छ ।’
    नेपालमा दुध र मासुको राम्रो सम्भावना रहेको भन्दै उहाँले विक्रीको ग्यारेण्टी नगरपालिकाले लिने बताउनुभयो ।
    कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले स्थानीय जनताको आय स्तर बढाउन यो आयोजनाको निकै ठूलो महत्व रहेको बताउनुभयो ।
    उहाँले सबै पक्ष मिलेर आयोजना सफल बनाउन सकिएमा थप आयोजना तथा अनुदान ल्याउन सकिने बताउनुभयो
    गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले आयोजनाबाट प्राप्त अनुदानलाई सही रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
    उहाँले नेपाल सरकारले बाख्रा पालिरहेका किसानहरुलाई प्रोत्साहन गर्नका लागि थप अनुदानको व्यवस्था गरिरहेको भन्दै आयोजनाका शीर्षकहरुलाई अक्षरशः पालना गरेर कार्यान्वयन गर्नुपने बताउनुभयो ।
    गल्याङ नगरपालिका वडा नम्बर ९ का सदस्य अमर डिसुवा मगरले यस्ता आयोजनाहरुमा धेरै भन्दा धेरै किसानलाई समेट्न पहल गर्नुपर्ने बताउनुभयो ।


    कार्यक्रमको अध्यक्षता गर्नुभएका साङ्लीया मोडेल बाख्रा पालन फर्म कृषक समूहका अध्यक्ष दिपेन्द्रबहादुर राना ‘दिपक’ ले आयोजनासँग भएको सम्झौता अनुसार आयोजना सफल पार्ने बताउनुभयो । उहाँले आफ्नो समूहका लागि साझेदारीको आयोजना ल्याउन सहयोग गरेको भन्दै नगरप्रमुख तथा पशु सेवा शाखालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
    कार्यक्रमको सहजिकरण गल्याङ सञ्चार प्रा.लि. गल्याङ एफएम ९२.२ मेगाहर्जका तर्फबाट एफएमका स्टेशन म्यानेजर केपी खनालले गर्नुभएको थियो । आयोजना स्वीकृत भएपछि दुई पटक सार्बजनिक सुनुवाई गर्नुपर्ने प्रक्रिया अनुसार पहिलो पटक सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको हो । आयोजना परेपछि बाख्रा पालन गरिरहेका स्थानीय कृषकहरु उत्साहित भएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025

    उत्तरबाहिनी गण्डकी महामेला एवं एक महिने दामोदर धर्मोत्सव आजदेखि सुरु

    October 7, 2025

    गल्याङमा कक्षा १० का विद्यार्थीलाई अनलाइन शिक्षा

    September 11, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    कम्यूनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसमा रक्तदान

    July 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.