काठमाण्डौ २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गर्नुभएको छ । शनिवारदेखि सुरु भएको ‘नेपाल मास्क अभियानको सन्दर्भमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सम्पूर्ण राजनीतिक दलहरूलाई भीडभाड हुने गतिविधि नगर्न आग्रह गर्नुभएको हो ।
उहाँले व्यापार र व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि व्यवसायीहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री देउवाले नेपालमा पनि कोभिड–१९ महामारीको तेस्रो लहर सुरु हुने लक्षण देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गर्नुभएको छ । उहाँले अहिले खोप अभियान पनि जारी रहेकाले खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न आग्रह गर्नुभएको छ ।
सरकारको एक्लो प्रयासले कोभिड नियन्त्रण गर्न नसकिने भन्दै प्रधानन्त्री देउवाले सबैको साझा प्रयासले कोभिड महामारीलाई नियन्त्रण गर्न सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो । सरकारले शनिबारदेखि साउन २९ गतेसम्म ‘नेपाल मास्क अभियान सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मूलनाराका साथ अभियान सुरु गरेको हो ।
Saturday, September 6
Trending
- चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ
- स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार
- इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, पुतलीबजारमा शुक्रवार सार्वजनिक बिदा
- जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा
- लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
- गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
- नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
- मुआब्जा तथा क्षतिपूर्तिको माँग