Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, September 19
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली कांग्रेस केन्द्रिय सदस्यमा स्याङ्जाका ५ आकांक्षी
    राजनीति

    नेपाली कांग्रेस केन्द्रिय सदस्यमा स्याङ्जाका ५ आकांक्षी

    Syangja SandeshBy Syangja SandeshDecember 8, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ मंसिर । जिल्ला र प्रदेशको निर्वाचन सकिएसंगै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधीको ध्यान केन्द्रतर्फ सोजिएको छ। दुई समूह र प्यानलगतरुपमा चुनावी प्रतिस्पर्धामा उत्रेका स्याङ्जा कांग्रेसका आधा दर्जन युवाहरुले केन्द्रिय सदस्यमा उम्मेदवार दिने आकांक्षा सार्वजनिक गरेका छन्।
    ती मध्ये एक महिला नेतृ सहित ५ जनाले आ आफना उम्मेदवार सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा स्याङ्जाका सरस्वती अर्याल तिवारीले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
    नेपाल महिला संघका केन्द्रिय उपसभापति एव नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य समेत रहेकी तिवारीले आसन्न अधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारीको घोषणा गर्नुभएको हो ।
    वि.सं. २०४४ सालदेखि नेपाल बिद्यार्थी संघमा आवद्ध उहा २०५१ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य बन्नुभयो । कांग्रेसको तल्लोतह नेपाल बिद्यार्थी संघबाट राजनीती सुरु गरेकी उनले जिल्ला सदस्य हुदै तरुण दलको केन्द्रिय सदस्य बन्नुभयो ।
    तिवारीले तरुण दलमा रहेर विदेश बिभागको समेत जिम्मेवारी सफलता पूर्वकपुरा गर्नुभएको छ । उहासंग ११ बर्ष तरुण दलमा र ४ बर्षे महिला संघको पदमा रही काम गरेको अनुभव छ।
    विस २०६४, २०७० र २०७४ सालको बिभिन्न निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार बन्ने अवसर पाए पनि सफलता भने मिलेन् उहालाई। स्पष्ट एवं प्रखर वक्ता तिवारीले बिगत १२ औं, १३ औं र १४ औं अधिवेशनमा पनि सहभागी हुने मताधिकार सहित ३ पटक महासमिति सदस्य बन्न सफल हुनुभयो ।
    जिल्लाबासी बिच लोकप्रिय तिवारीले तल्लोतहदेखि काम गरेको अनुभव र पार्टीमा निरन्तर क्रियाशील छन। आफु जस्ता युवाहरुको आवाज प्रतिबिम्बित गर्नका लागि आफनो उम्मेदवारी केन्द्रिय सदस्यमा रहेको तिवारीले बताउनुभयो ।
    यसैगरी, नेपाली काँग्रेसका युवा नेता बिष्णु पौडेलले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेद्ववारीको घोषणा गर्नुभएको छ ।
    पौडेल पनि नेपाल विद्यार्थी संघको जिल्ला र केन्द्रिय राजनीति हुँदै नेपाली कांग्रेसको पार्टी राजनीतिमा क्रियाशील हुनुहुन्छ ।
    पौडेल २०७४ सालको निर्वाचनमा स्याङ्जाको निर्वाचन क्षेत्र न २ को प्रदेशसभा क को प्रदेश सांसदको उपविजेता हुनुभयो ।
    बिद्यार्थी, तथा तरुणबीच लोकप्रिय छवि बनाएका पौडेलले केन्द्रीय समितिमा ४० वर्ष भन्दा कम उमेरका युवाहरुको सहभागिता अपरिर्हाय भएको जनाउदै आफ्नो उम्मेदवारी प्रस्तुत गरेको जनाउनुभयो ।
    यस्तै, स्याङ्जा महासमिति सदस्य एवं तरुण दलका पूर्व जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य गोविन्द रानाभाटले पनि नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारीको घोषणा गर्नुभयो ।
    समग्र नेपाली कांग्रेसको राजनीतिलाई स्वच्छ र स्वस्थ्य बनाउने अभियानका लागि आफनो उम्मेदवारी घोषणा गरेको रानाभाटको दावी छ।
    यस्तैगरी, नेपाल शिक्षक संघका उपाध्यक्ष, स्याङ्जा निर्वाचन क्षेत्र नं. १ का पूर्व क्षेत्रीय सचिव, भरतप्रसाद लम्सालले पनि गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यको रुपमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ ।
    नेपाली कांग्रेसमा रुपान्तरण, हस्तान्तरण र विधानसम्मत संचालनको लागि आफनो उम्मेदवारी रहेको आकांक्षी लम्सालको भनाई छ।
    र, नेपाल बिद्यार्थी संघदेखि जिल्लामा कांग्रेसको राजनीति सुरु गरेका र पत्रकार इन्द्रबहादुर रिजालले पनि आसन्न महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा सार्वजनिक गर्नुभएको छ ।
    आकांक्षी रिजालले चौधौं महाधिवेशनलाई रुपान्तरण, पुस्तान्तरण, युवापुस्तामा हस्तान्तरण र नयाँ समीकरणमा चल्ने राष्ट्रिय शक्ति बनाउन भूमिकामा रहनेगरी आफनो उम्मेदवारी रहेको जनाउनुभयो ।
    स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिका तथा २ निर्वाचन क्षेत्र गरेर २ हजार २ सय ५९ जना क्षेत्रीय प्रतिनिधि थिए।
    ती मध्ये खुला, महिला, जनजाती, दलित, अल्पसंख्यक÷अपांग र केन्द्रिय सदस्यगरी स्याङ्जाबाट ५२ जनाले महाधिवेशनमा मताधिकारको उपयोग गर्न पाउनेछन्। कांग्रेसको केन्द्रिय महाधिवेशन मंसिर २४ देखि काठमाण्डौंमा सुरु हुदैछ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.