काठमाण्डौ ३ असोज । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएको छ ।
आइतवार साझ अल अमिरात मैदानमा ओमानले दिएको एक सय २२ रनको समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४६ बलमा अविजित ५२ रन बनाए । त्यस्तै आसिफ शेख ४०, कुशल भुर्तेल र रोहित पौडेल समात ६–६ रन बनाएर आउट भए । यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएको थियो । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।
बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले खेलमा पहिलो एकदिवसीय विकेट लिएका हुन् । जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित नामिबियालाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । ओमान १३ खेलमा २० अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । सात टोली रहेको लिग–२ मा एक टोलीले नौ शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् ।
Tuesday, September 9
Trending
- पूर्णामृतका विद्याथीलाई स्वागतमै पढ्दै कमाउदै बारे अभिमुखीकरण
- मुक्तिनाथ कृषि कम्पनीद्धारा ५५ लाखको सुन्तलाका बिरुवा बिक्री
- माध्यमिक विद्यालय शिक्षक युनियन स्याङ्जाको बिरोध सभा
- स्याङ्जामा शारीरिक अपांगता पहिचान तथा स्वास्थ्य परिक्षण शिविर
- मानव बेचबिखन विरुद्धको दिवस स्याङ्जामा पनि
- स्थानीय पालिकाका शिक्षा शाखा प्रमुख र सामाजिक विकास कार्यालयबीच अन्तरक्रिया
- पैगम्बरको जन्मदिनमा बहिरा बिद्यालयलाई खाद्यान्न र नगद
- चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ