स्याङ्जा १८ पुस ।नेपाल पत्रकार महासंघ स्याङ्जाले पुतलीबजार नगरपालिका १ स्थित नारायणस्थानमा आफनो कार्यालय भवन निर्माण गर्ने लगायतका बिबिध निर्णय भएको छ ।
सहयात्री पार्टी प्यालेसमा आज बसेको महासंघको बैठकले महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय भवन निर्माण समिति गठन गरेर भवन निर्माण कार्यलाई छिटोभन्दा छिटो सुरु गर्ने निर्णय गरेको हो ।
समितिमा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सीग्देल, पूर्व अध्यक्ष प्रकाश डोटेल, कोषाध्यक्ष एकबहादुर गोदार, नेपाली कांग्रेस निकट प्रेस यूनियनका अध्यक्ष प्रदीप कोइराला, नेकपा माओवादी निकट प्रेस सेन्टरका अध्यक्ष प्रतिक्षा काफ्ले र नेकपा एमाले निकट प्रेस चौतारिका अध्यक्ष मुक्ति न्यौपाने रहनु भएको छ ।
यसैगरी, बैठकले उपाध्यक्ष भवानी अधिकारीको संयोजकत्वमा ३ सदस्यीय पत्रकार आचार संहिता अनुगमन समिति गठन गरेको छ । समितिको अन्य सदस्यमा जोगराज पाठक र साधना न्यौपाने रहेका छन् ।
यस्तै,अर्का उपाध्यक्ष राधाकृष्ण डुम्रेको संयोजकत्वमा ३ सदस्यीय आर्थिक ब्यवस्थापन समिति चयन गरेको छ । सो समितिको सदस्यमा एकबहादुर गोदार र नारायण विश्वकर्र्मा रहनु भएको छ ।
Sunday, June 8
Trending
- आजदेखि ट्राफिक सप्ताह सुरु
- पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
- इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
- भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
- राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
- जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
- सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
- प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण