स्याङ्जा १८ पुस ।नेपाल पत्रकार महासंघ स्याङ्जाले पुतलीबजार नगरपालिका १ स्थित नारायणस्थानमा आफनो कार्यालय भवन निर्माण गर्ने लगायतका बिबिध निर्णय भएको छ ।
सहयात्री पार्टी प्यालेसमा आज बसेको महासंघको बैठकले महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्माको संयोजकत्वमा ७ सदस्यीय भवन निर्माण समिति गठन गरेर भवन निर्माण कार्यलाई छिटोभन्दा छिटो सुरु गर्ने निर्णय गरेको हो ।
समितिमा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सीग्देल, पूर्व अध्यक्ष प्रकाश डोटेल, कोषाध्यक्ष एकबहादुर गोदार, नेपाली कांग्रेस निकट प्रेस यूनियनका अध्यक्ष प्रदीप कोइराला, नेकपा माओवादी निकट प्रेस सेन्टरका अध्यक्ष प्रतिक्षा काफ्ले र नेकपा एमाले निकट प्रेस चौतारिका अध्यक्ष मुक्ति न्यौपाने रहनु भएको छ ।
यसैगरी, बैठकले उपाध्यक्ष भवानी अधिकारीको संयोजकत्वमा ३ सदस्यीय पत्रकार आचार संहिता अनुगमन समिति गठन गरेको छ । समितिको अन्य सदस्यमा जोगराज पाठक र साधना न्यौपाने रहेका छन् ।
यस्तै,अर्का उपाध्यक्ष राधाकृष्ण डुम्रेको संयोजकत्वमा ३ सदस्यीय आर्थिक ब्यवस्थापन समिति चयन गरेको छ । सो समितिको सदस्यमा एकबहादुर गोदार र नारायण विश्वकर्र्मा रहनु भएको छ ।
Sunday, December 7
Trending
- लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
- मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
- कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
- वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
- लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
- फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
- अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
- जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
