स्याङ्जा, २६ मंसिर । झण्डैं ८ किलो सुकेको गाँजा सहित जेष्ठ नागरिक डिलबहादुर गुरुङ् पक्राउ परेका छन्।
गाँजा कारोवारमा संलग्न रहेको भन्दै बिशेष सूचनाका आधारमा खोजीकार्य गर्दा ७ किलो ८ सय सुकेको गाँजा सहित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतले बताउनुभयो ।
पुतलीबजार नगरपालिका २ निवासी ६७ बर्षिय गुरुङ्ले आफनै घरभित्र ३ वटा जेव्रा झोला र २ वटा बोरामा लुकाईछिपाई राखेको अवस्थामा पक्राउ परेको बताईएको छ।
गाँजा र गुरुङ् बारे थप अनुसन्धान जारी रहेको र आवश्यक कानूनी कारवाही सुरु भैसकेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । अदालतवाट उनलाई ७ दिनको म्यादथप भई कानूनी कारवाही सुरु भएको प्रहरीले जनाएको छ ।
Friday, September 19
Trending
- “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
- आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
- संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
- अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
- हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा