स्याङ्जा ५ कात्तिक । स्याङ्जाकि ३५ वर्षीय बसन्ती थापा एक हप्तादेखि बेपत्ता हुनुहुन्छ । गल्याङ नगरपालिका २ घ्याङ्सिङ्डांडा घर भएकी उनलाई खोजिदिन उहाका श्रीमान चन्द्र बहादुर थापाले जिल्ला प्रहरी कार्यालय वालिङमा निवेदन दिनुभएको छ ।
एक हप्ता अघि बिहानको करिब ११ बजेको समयमा घरबाट निस्केर हिडेकी उनि अहिले कहाँ छिन भन्ने कुराको अत्तोपत्तो छैन। उहाले प्रयोग गर्ने मोबाइल समेत घरमै छोडेर गएको र कसैले प्रलोभनमा पारि बेपत्ता बनाएको हुनसक्ने भन्दै श्रीमानले प्रहरी समक्ष गुहारमाग्नुभएको छ । १८ वर्ष अघि विवाह गरेका उनीहरुको यस बिचमा कुनै ठुलो झगडा समेत नपरेको श्रीमान चन्द्र बहादुर बताउ नु भएको छ ।
श्रीमतीले घर छोडेको अर्को दिन एउटा नयाँ नम्बरबाट फोन गरेर अब आफुलाई कहिल्यै सम्पर्क नगर्न भनि फोन काटेको श्रीमानले बताउनुभयो । श्रीमतीको फेसबुक हेर्दा उहालाई भारतमा रहेका एक पुरुषले नियमित फोन सम्पर्क गरेको र उक्त व्यक्तिले बेचबिखनको निम्ति कतै लुकाएर राखेको हुनसक्ने श्रीमानको आशंका रहेको छ।
वालिङ प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि पौडेलले यस विषयमा आफुहरुको खोजिकार्य जारि रहेको जानकारी गराउनुभयो ।