Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङको दशौं नगरसभा भर्चुअल माध्यमबाट सम्पन्न
    गल्याङ् नगरपालिका

    गल्याङको दशौं नगरसभा भर्चुअल माध्यमबाट सम्पन्न

    Syangja SandeshBy Syangja SandeshJanuary 28, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ माघ । गल्याङ नगरपालिकाले आफ्नो दशौं नगरसभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै नगरपालिकाले शुक्रबार प्रविधिको प्रयोग गरी नगरसभा गरेको हो ।
    नगर कार्यपालिकाको कार्यालयमा नगरप्रमुख भुपराज अधिकारी, नगर उपप्रमुख देविसरा थापा र प्रमुख प्रशासकीय अधिकृत शर्मा रहनुभएको थियो भने वडाध्यक्ष सहित नगर सभाका सदस्यहरु वडा कार्यालय तथा घरमा नै बसेर नगर सभामा सहभागी हुनुभएको थियो ।
    नगरसभामा चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सहित राजश्व बाँडफाँड संसोधन विधेयक, अनुमानित आय विवरण संसोधन विधेयक तथा खर्चको संसोधन विधेयक सर्बसम्मत पारित भएको छ ।
    नगरप्रमुख भुपराज अधिकारीले कोरोना संक्रमणको कारण प्रत्यक्ष भेटघाट हुन नसकेपनि प्रविधिको प्रयोग गरी नगरसभा सम्पन्न गरिएको बताउनुभयो ।
    नगरसभालाई सम्बोधन गर्दै उहाँले पहिलो नगरपालिकाको रुपमा रहेको गल्याङ नगरपालिकामा जनताका अपेक्षा धेरै भएको अवस्थामा महामारीले थप समस्या पारेको बताउनुभयो ।
    नगरप्रमुख अधिकारीले भन्नुभयो –‘नगरपालिकाको प्रशासनिक भवन सहितका भौतिक संरचना बनाउनुपर्ने सहितका कामले गर्दा जनताको विकासमा धेरै बजेट राख्न सकिएन तर पनि हामी सफल भएको मैले महसुस गरेको छु ।’
    उहाँले कोरोना संक्रमण तीन वर्षसम्म झेल्नुपर्दा धेरै समस्याहरु आइरहेको भन्दै केही समय पछि प्रत्यक्ष रुपमा छलफल गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
    नगरप्रमुख अधिकारीले यो कार्यकालमा गल्याङ नगरपालिकाका जनप्रतिनिधिहरु बीच अत्यन्तै राम्रो सम्बन्ध बनेको भन्दै प्रत्यक्ष सहभागितामा नगरसभा गर्न नपाउँदा आफुलाई दुख लागेको बताउनुभयो ।
    उहाँले थोरै स्रोत साधानका बीच जनताका धेरै कामहरु भएको भन्दै यसमा सबै नगरसभाका सदस्यहरुको हात रहेको बताउनुभयो ।
    नगरप्रमुख अधिकारीले बाँकी रहेको कार्यकालमा पनि दत्तचित्त भएर जनताको अधिकतम सेवामा लाग्न जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।
    सभामा गल्याङ नगरपालिका उपप्रमुख देविसरा थापाले राजश्व आम्दानीको स्रोतमा वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
    यस्तै प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले कार्यसम्पादन लिजाको बारेमा भएको प्रगति बारे जानकारी गराउनुभयो ।
    गल्याङ नगरपालिका आइटी इन्जिनियर उदय खनालले भर्चुअल (जुम) माध्यम को सहजिकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई

    December 11, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    आइएसओ सर्टिफाइडका लागि गल्याङमा अभिमूखीकरण

    November 22, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.