पोखरा, २९ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित चार जना मन्त्रीलाई सपथ गराउनुभएको छ ।
प्रदेश प्रमुख पौडेलले आफ्नै निवासमा शनिबार साँझ मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सपथ गराउनुभएको हो ।
संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुख पौडेलले नेपालीलाई शनिबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
मन्त्रीका रुपमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रका मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशहरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले सपथ लिएका छन्।
चारै जना मन्त्री बिनाा विभागीय छन्। मुख्यमन्त्री नेपालीलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ।