पोखरा, २९ जेठ । गण्डकी प्रदेशमा शनिबार नयाँ सरकार गठन हुँदैछ । शुक्रबार कांग्रेस नेतृत्वको ४ दलीय गठबन्धनले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष ३१ सांसदको हस्ताक्षर बुझाएपछि शनिबार सरकार गठन हुने भएको हो ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया र विपक्षीले बुझाएको दाबी हेरेर कदम चाल्ने भन्दै शुक्रबार विपक्षी गठबन्धनलाई फर्काउनु भएको थियो । कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दाबी गर्दै प्रदेश प्रमुख कहाँ गएका थिए ।
कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २ (कृष्ण थापा बाहेक), जनता समाजवादीका २, स्वतन्त्र सांसद दीपक मनाङेको हस्ताक्षर सहित उपस्थित भएका थिए ।
बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएपछि प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको थियो ।
६० सदस्यीय गण्डकी प्रदेश सभाका २७ सांसदले उहालाई विश्वासको मत दिएका थिए । अविश्वासमा ३० र १ जना तटस्थ र १ सांसद दिपक मनाङे अनुपस्थित र जनमोर्चाका कृष्ण थापा तटस्थ बस्नु भएको थियो ।
Tuesday, October 14
Trending
- फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
- स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
- जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
- अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
- डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
- एक हजार २८ प्याकेट पटका बरामद
- भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
- एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ