गण्डकी, ३ असार । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । पछिल्ला दिनमा प्रदेश अन्तर्गतका जिल्लामा अविरल वर्षासँगै ठाउँ ठाउँमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो रकम राख्ने निर्णय गरिएको हो ।
प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा आज बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो ।
हिमाल पारीको जिल्ला मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पु¥याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली आजै मनाङ जाने भएको छ । गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मनाङ जान लागिएको हो ।
वैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेश र जिल्ला स्थित सुरक्षाकर्मी, जनप्रतिनीधि, सरकारी तथा गैरसरकारी कार्यालयलाई विपद्को यस अवस्थामा तत्काल उद्वार एवम् सहयोगमा लाग्न र पूर्वतयारीमा रहन निर्देशन दिनुभयो । वर्षाका कारण अवरुद्व सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन भौतिक तथा पूर्वाधार मन्त्रालयलाई बजेट प्रवन्ध मिलाउन उहाँले निर्देशन दिनुभयो ।
नवनियुक्त मुख्यमन्त्री पोखरेलले पदबहाली भएकै दिनमा गरिएको निर्णय अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तत्काल निर्माण गरी कार्यान्यवनमा ल्याउन पनि निर्देशन दिनुभएको छ । सरकारले प्रदेशका नौ जिल्लाका लागि १०÷१० लाख रुपैयाँ, मनाङ र मुस्ताङका लागि २÷२ लाख रुपैयाँ यसअघि नै पठाइसकेको छ ।
Sunday, June 1
Trending
- फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
- सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
- गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
- बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
- चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
- पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
- लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
- स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग