Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 3
    Trending
    • भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
    • सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता
    • विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
    • पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
    • मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गण्डकीको बर्खे अधिवेशन आजबाट
    गण्डकी प्रदेश

    गण्डकीको बर्खे अधिवेशन आजबाट

    Syangja SandeshBy Syangja SandeshMay 30, 2021Updated:July 15, 2021No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आइतवार जेठ १६ बाट सुरु भएको छ । जेठ ११ मा मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बर्खे अधिवेशन बोलाउनुभएको थियो ।

    अधिवेशनको पहिलो दिन आइतवार प्रदेश सभाका संसदीय दलका नेताहरुले बोल्ने छन् । दलका नेताहरु बोलेपछि सोमबार प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिने छ ।

    प्रदेश सभाको यस अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुपर्ने छ । वैशाखमा २९ दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुनु भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक प्रावधान अनुसार यस अधिवेशनमा विश्वास माग्नेछन् ।

    मुख्यमन्त्री गुरुङले विश्वास नपाए प्रदेश मध्यावधिमा धकेलिने सम्भावना छ । ३ सांसद भएको राष्ट्रिय जनमोर्चाले सत्तारुढ एमालेलाई साथ दिएमात्र मुख्यमन्त्री गुरुङलाई विश्वास पुग्छ । अघिल्लो पटक कांग्रेस नेतृत्व गठबन्धनलाई साथ दिने निर्णय गरेको जनमोर्चाले अहिले के गर्छ टुङ्गो छैन ।

    प्रदेश सभामा जनमोर्चा तटस्थ बस्ने हो भने प्रदेश मध्यावधिमा धकेलिन्छ । सत्तारुढ एमालेको २८, कांग्रेसको १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

    गण्डकीमा यस वर्ष बजेट घट्ने
    गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा बजेट घटेर आउने भएको छ । चालु आर्थिक वर्षभन्दा करिब ३ अर्ब रुपैयाँ घटेर आगामी आर्थिक वर्षका लागि बजेट आउने देखिएको छ । चालु आर्थिक वर्षमा ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । प्रदेशको आन्तरिक आम्दानी र संघबाट आउने अनुदानमा गिरावट आएपछि प्रदेशमा बजेट खुम्चिने भएको हो ।

    प्रदेशका अर्थमन्त्री किरण गुरुङका अनुसार सबै मन्त्रालयलाई सिलिङ पठाइसकिएको छ । ‘मन्त्रालयहरुमा सिलिङ गएको छ, अघिल्लो वर्षको मौज्दात समेत गरेर ३१ अर्बसम्मको बजेट आउन सक्छ,’ गुरुङले भने । संघले गण्डकीलाई राजश्व बाँडफाँड र वित्तीय समानीकरण अनुदानबाट समान साढे ७ अर्बको सिलिङ पठाएको छ ।

    अर्थमन्त्री गुरुङका अनुसार कोरोना र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी भएको छ । कोरोनाको दोस्रो लहरसँगै तेस्रो लहरपनि आउने खतरा भएकाले अहिले स्वास्थ्य, अस्पतालको क्षमता वृद्धि गर्न स्वास्थ्यलाई प्राथमिकता दिइएको गुरुङले जानकारी दिनुभयो । ‘महामारीसँग लड्न सक्ने गरी स्वास्थ्यलाई प्राथमिकता दिएका छौं,’ गुरुङले भन्नुभयो।

    प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिने जनाइएको छ । प्रदेशले व्यवसायीहरुले कोभिडका कारण थलिएको व्यवसाय उकास्न लिएको ऋणको ब्याज तिर्न सुरु गरेको छ । प्रदेशमा व्यवसायीहरुले साढे ७ अर्बभन्दा बढी ऋण मागेका छन् । यो कोष ३ वर्षसम्म चल्ने मन्त्री गुरुङले जानकारी दिए । चालु आर्थिक वर्षको योजना, उपचार, महामारी रोकथाम र पूर्वाधारलाई जोड दिइएको मन्त्री गुरुङले जनाउनुभयो ।

    प्रशासनिक खर्च बढ्ने
    प्रदेशमा अहिले मन्त्रालयहरु थप भएका छन् । पहिलाको सरकारमा ७ मन्त्रालय रहेपनि नयाँ सरकारमा ११ मन्त्रालय छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएपछि कार्यभार धेरै भएको भन्दै मन्त्रालय फुटाउनुभएको थियो ।

    मन्त्रालयहरु फुटेसँगै प्रदेशमा प्रशासनिक खर्च बढ्ने भएको छ । गण्डकीमा कार्यालयहरु थप भएका छन् । चालु आर्थिक वर्षमा करिब ४३ प्रतिशत रहेको चालु खर्च आगामी वर्ष ५० प्रतिशतसम्म पुग्न सक्ने जनाइएको छ ।

    प्रदेश सरकार प्रशासनिक खर्चलाई ५० प्रतिशत नकट्ने गरी काम गर्ने बताउँछ । मन्त्री किरण गुरुङले भन्नुभयो, ‘मन्त्रालय थपेपछि प्रशासनिक खर्च सकेसम्म कम गर्नेछौं । ५० प्रतिशत कट्न नदिने गरी काम गर्नेछौं ।’ ९० प्रतिशत बजेट खर्च हुने आँकलन प्रदेश सरकारको छ ।

    १७ जेठमा बजेटका सिद्धान्त प्राथमिकता
    सोमबार जेठ १७ गते बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिनेछ । त्यसपछि मात्र सदनमा नीति कार्यक्रम प्रस्तुत हुने छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता छ ।

    अर्थमन्त्री किरण गुरुङ आगामी बजेट अहिलेकै सरकारले ल्याउने बताउँउनुहुन्छ । नियमित अधिवेशनबाट बजेट आउने र त्यो सम्भव नभएमात्र अध्यादेशबाट भएपनि प्रदेश सरकारले बजेट ल्याउनु पर्ने बाध्यात्मक अवस्था आउने उहा भन्नुहुन्छ । ‘असार १ गते जसरी पनि बजेट ल्याउनु पर्ने हुँदा नियमित अधिवेशनबाट आउन नसके मात्र अध्यादेशबाट भएपनि ल्याउनु पर्ने बाध्यात्मक अवस्था आउँछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २८ जेठभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ । २९ वैशाखमा मुख्यमन्त्रीमा दोहोरिएका मुख्यमन्त्री गुरुङले संवैधानिक प्रावधान अनुसार १ महिनामा विश्वासको मत लिनुपर्छ ।

    उहाले विश्वासको मत प्राप्त गर्न नसके र १६८ ९५० अनुसार सरकार नबने प्रदेश पनि मध्यावधि निर्वाचनमा धकेलिने छ । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै नीति कार्यक्रम पास हुन नसकेको खण्डमा पनि सरकार अल्पमतमा परेको पुष्टि हुन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025

    गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजालाई

    June 21, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.