स्याङ्जा ७ पुस । सातसय कोल्मा बहाकोट सम्पर्क मंचको आयोजनामा पुतलीबजार नगरपालिका ९ कोल्मामा जारी राष्ट्रियस्तरको क्रस कन्ट्री दौड प्रतियोगिता पुरा भएको छ । ५, १० र २५ किलोमीटर दौड प्रतियोगिता भएका हुन ।
प्रतियोगितामा ५ किमी, १० किमी र २५ किलोमिटरको दौड प्रतियोगिता भएका हुन । महिलातर्फको ५ किलोमिटर महिलातर्फ राममाया बुढा प्रथम, सुस्मिता चौधरी दोस्रो र नितेश तामाङ तृतीय हुनु भएको छ ।
यसैगरी, पुरुषतार्फको १० किलोमिटरतर्फ सनम गुरुङ प्रथम, तेन्जन रोका द्वितीय र मनोज रोका तृतीय हुनु भयो । र, २५ किलोमिटर पुरुष तर्फ गोपाल तामाङ प्रथम, सञ्जय श्रेष्ठ दोस्रो र शुसीलकुमार शाही तृतीय हुनुभएको छ ।
सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्री शुसीला सिंखडाले कोल्माको पहिचान बनाएको खेल प्रतियोगिता र खेलक्षेत्रलाई सहयोग गर्ने बताउनुभयो । युवा र बिद्यार्थीसंग जोडिएको खेल जगतलाई संरक्षण गर्न युवाहरु गाउमै फकर्नु पर्नेमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री द्धय मेखलाल श्रेष्ठ र दिपक चर्ति मगर, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, पूर्व सांसद मिनप्रसाद गुरुङ्, वडा अध्यक्ष लीलबहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
मूल आयोजक समितिका संयोजक जीत बहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव जीवनप्रसाद पोखरेल र सविच जीवन थापाले गर्नुभएको थियो ।
कार्यक्रममा लोककलाकार घनश्याम रिजाल, माया गुरुङ, सुनिता नेपाली लगायतले गीत गाउनु भएको थियो भने कोल्माको घाटु र झोडा लगायतका स्थानीय नृत्य प्रर्दशन गरिएको थियो ।