Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, September 18
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » किन आउँछ गण्डकीमा कम बजेट ?
    गण्डकी प्रदेश

    किन आउँछ गण्डकीमा कम बजेट ?

    Syangja SandeshBy Syangja SandeshJune 1, 2021Updated:July 15, 2021No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रधानमन्त्री केपी ओलीको एकदमै निकट हुनुहुन्छ। परेका बेलामा उनले प्रधानमन्त्रीको आलोचना पनि गर्नुहुन्छ । प्रधानमन्त्रीका काम कारबाहीको बचाउ त गर्ने नै भए । यति हुँदा हुँदै पनि किन बजेट कम आइरहेको छ त संघ सरकारबाट रु यो प्रश्न प्रदेशबासीमा छ । अर्थमन्त्री विष्णु पौडेलले गरेको बजेट भाषणमा आगामी आर्थिक वर्ष २०७८र७९ का निम्ति संघ सरकारले गण्डकी प्रदेशलाई वित्तीय समानीकरण अन्तर्गत १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको उल्लेख छ । गत वर्षभन्दा अझै यो ३३ करोड रुपैयाँ घटेर आएको हो । चालु आर्थिक वर्षका लािग गण्डकीले १३ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ अनुदान पाएको थियो ।

    किन कम आयो त प्रदेशमा बजेट रु प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। गिरिधारि शर्मा पौडेल भन्नुभुहन्छ ‘राष्ट्रिय प्रकृति स्रोत तथा वित्तीय आयोगले विभिन्न सूचकलाई आधार मानेर सूत्र बनाएको छ । प्रदेशका सूचक सूत्रमा राखेपछि त्यही अनुसारको नतिजा आउँछ र त्यसकै आधारमा बजेट विनियोजन हुन्छ ।’ के के हुन् त ती आधार रुमानव विकासका साथै अन्य सूचकांकमा अब्बल, भूगोल सानो र जनसंख्या कम भएकाले सूत्र अनुसार विभाजन गर्दा गण्डकीको भागमा कम बजेट परेको हो

    पहिलो आधार त नेपाल मानव विकास सूचकांक प्रतिवेदन तथा राष्ट्रिय जनगणना २०६८ का आधारमा तय भएको मानव विकास सूचकांक हो । दोस्रो आधार हो मानव गरिबी सूचकांक । तेस्रो हो सडक, विद्युत, र सूचना प्रविधिको उपलब्धताका आधारमा तयार भएको पूर्वाधार सूचकांक । चौथो हो, पूर्वाधार विकास, सेवा लागत र आर्थिक सामाजिक विभेदको अध्ययनका आधारमा तयार पारिएको न्यून विकास सूचकांक । यी सबै सूचकांकाका आधारमा गण्डकी अब्बल छ । भूगोल सानो र जनसंख्या पनि सानो छ । उपाध्यक्ष पौडेल भन्छन्, ‘यी सबैलाई आधार मान्दा त अझै बढी रकम आएको जस्तो हामीलाई लागेको ।’

    यसैगरी विभिन्न तहका सरकारहरुको न्यूनतम खर्च एवं पूर्वाधार विकासको आवश्यकता समेतका आधारमा खर्चको आवश्यकता आकलन गरिएको हुन्छ । यी सबै काम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगले गर्छ । अनि राजस्वको अधिकार, स्थानीय तहबाट प्राप्त विवरण र स्थानीय तह वित्तीय आयोगको सचिवालयबाट प्राप्त विवरणसमेतका आधारमा राजस्व प्रयोगले पनि अनुदानलाई प्राप्तिलाई गाइड गरेको हुन्छ ।

    प्रदेश र स्थानीय तहमा रहेको आर्थिक, सामाजिक तथा अन्य विभेदलाई सम्बोधन गर्न सामाजिक तथा आर्थिक विभेद सूचकांका तयार पारिएको हुन्छ । सूचकांक तयार पार्दा आर्थिक एवं सामाजिक विभेदको अवस्थाका साथै जलवायु परिवर्तनका कारण सिर्जित जोखिमको अवस्थालाई समेत आयोगले विश्लेषण गरेको हुन्छ । आर्थिक विभेदको प्रतिनिधि सूचकका रुपमा प्रदेश र स्थानीय तहको गरिबी, आश्रित जनसंख्या, पूर्वाधार विकासको अवस्थालाई लिइएको हुन्छ । त्यसैगरी प्रदेशको जनजातिगत विवरण अपांगता भएका जनसंख्याको अनुपात, प्रौढ तथा महिला साक्षरता, सुरक्षित खानेपानीमा भएको पहुँचलाई सामाजिक विभेदका प्रतिनिधि सूचकका रुपमा लिइएको हुन्छ ।

    पूर्वाधारको महत्वपूर्ण पक्ष कनेक्टिभिटीसँग जोडिएको हुन्छ । सडक, विद्युत, तथा सूचना प्रविधिमा पहुँचको अवस्थाका सम्बन्धमा केन्द्रीय तथ्यांक विभाग र नेपाल सरकार विभिन्न निकायहरुबाट प्राप्त तथ्यांकका आधारमा पूर्वाधार सूचकांक तयार पारिएको हुन्छ ।

    प्रदेश नीति तथा योजना आयोजका उपाध्यक्ष पौडेल विकास वार्षिक बजेट विनियोजनमा गण्डकीले कम बजेट पाए पनि कार्य क्षमताका आधारमा भने त्योभन्दा बेसी रकम पाएको बताउँनुहुन्छ । उहाले भन्नुभयो ,‘हामीले काम गरेर देखाएका छौं, सशर्त अनुदान प्राप्त गरेर विकास निर्माणका काम अगाडि बढाइरहेका छौं ।’ उहाका अनुसार यो वर्षमात्रै सरुवा रोग अस्पतालका लागि ८ करोड प्राप्त भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि पनि उसैगरी सहयोग प्राप्त भइरहेको उहाले जानकारी दिनुभयो ।

    सुरुको वर्ष प्रदेशले आर्थिक वर्षको अन्त्यसम्ममा ११ अर्ब ४७ करोड रुपैयाँ प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७५र७६ मा २१ अर्ब ७० करोड ७० लाख रुपैयाँ गण्डकीले पाएको थियो । यसैगरी आव २०७६र७७ मा २२ अर्ब ४८ करोड रुपैयाँ संघ सरकारबाट आएको उपाध्यक्ष पौडेलले बताउनुभयो । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १६ अर्ब हाराहारीमा रकम आइसकेको छ । कतिपय काम भइसकेको र भुक्तानी दिन बाँकी रहेकाले अन्तिम किस्ता आउन केही समय लागेको उनले जानकारी दिए । प्रदेशले खासगरी खानेपानी, सिँचाइ र सडकलाई फोकस गरेर तिनै योजनाको प्रगतिका आधारमा रकम प्राप्त गरिहरहेको उहाको भनाइ थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    घर– घरै पुगे सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडाअध्यक्ष भुर्तेल

    August 4, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.