स्याङ्जा १८ कात्तिक । बालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा यमकान्त खनाल निर्वाचित हुनु भएको छ ।
उहाँले १५७१ म्त पाउनु भएको भने निकटतम प्रतिस्पर्धी लक्ष्मीपति पौडेलले ७१५ मत पाउनु भएको छ । खनाल ८५६ मत धेरै ल्याई निर्वाचित हुनु भएको
हो ।
यस्तै उपाध्यक्षमा यज्ञप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ ।उहाँले २०८६ मत ल्याउनु भएको छ भने यमलाल शर्मा पंगेनीले ४३८ मत पाउनु भएको छ ।
यस्तै सचिवमा गोकर्ण प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । उहाँले २०१३ मत ल्याउदा प्रतिस्पर्धी कमल पंगेनीले ५३२ मत ल्याउनु भयो ।
यस्तै कोषाध्यक्षमा दुर्गा कुमारी न्यौपाने निर्वाचित हुनु भएको छ । ५ मतान्तरले यज्ञप्रसाद पाठकलाई पछाडि पार्दै न्यौपाने निर्वाचित हुनु भएको हो । न्यौपानेले १२७५ र पाठकले १२७० मत पाउनु भएको छ ।
यसैगरी, सदस्यहरुमा तारा तिवारी, सरस्वती भट्टराई, भविराज गुरुङ, शालिकराम न्यौपाने, राजिव अर्याल, धनश्याम पाठक, सुमनकल्याण अर्याल, राजेन्द्रप्रसाद वगाले, मोहनीलाल गैहे निर्वाचित भएका छन् ।
यस्तै, लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा परशुराम लम्साल र सदस्यहरुमा गोपाल जि.टी. र सिर्जना सिग्देल निर्वाचित हुनु भएको छ ।