Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आँधीखोलाको बगर खेतमा परिणत
    समाचार

    आँधीखोलाको बगर खेतमा परिणत

    Syangja SandeshBy Syangja SandeshJune 3, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २० जेठ । झन्डै २३ वर्षअघि खोलाले पुरेर बगर बनेको खेत अहिले खेतीयोग्य बनेको छ । पुतलीबजार नगरपालिका(१ मालेबगर नजिक लगनतुमस्थित बगरे जमिन अहिले खेतीयोग्य बनेको हो ।


    जिल्लामा लकडाउनको समयको सदुपयोग गर्दे जग्गाधनीले खेत बनाउने अभियानमा जुटेका हुन् । सीमित व्यक्ति र पारिवारिक सदस्य मिलेर बगर पन्छाएका हुन् । सुरुका केही दिन डोजर र ट्याक्टर प्रयोग गरिए भने पछिल्ला दिनमा आफैंले सम्याउँदै आएको खेतधनी चेतनारायण श्रेष्ठले बताउनुभयो ।

    ‘हाम्रो दुई रोपनी जग्गा, १८ मुरी माटो हो । धानसितै खोलाले पुरेको थियो । त्यतिबेला हामी यहाँ थिएनौं, चर्न बाहिर गएका थियौं । अहिले अलि निषेधाज्ञाले सबैलाई जुटायो, फुर्सद मिल्यो र दाजुभाइ मलेर खेत बनाउँदैछौं,’उहाँले भन्नुभयो ‘लामो निषेधाज्ञाको सदुपयोग गर्दैछौं ।

    २०५५ साल भदौ १३ गते रातको समयमा आएको विनाशकारी बाढीले आँधीखोला किनारका धेरै खेत पुरेको थियो । ती खेतमा ठूल्ठूला ढुंगा, गिटी र बालुवाका थुप्रा थिए । केहीले बगरमा खेती गरेका छन् भने केही त अझै बगरै छन् ।

    जिल्लामा तेस्रो पटक थपिएको निषेधाज्ञा जारी छ । ‘दिनमा घरबाट अनलाइन कक्षा लिएको छु । साँझ र बिहान शीतलको समयमा दाजुभाइ मिलेर खेतमा आउछौं । सकेका ढुंगा पन्छाउने गरेका छौं । शारीरिक व्यायाम पनि भएको छ । खेत पनि बनेको छ’ महेश श्रेष्ठ भन्नुहुन्छ ।

    श्रेष्ठ दाजुभाइसँगै उहाँका छिमेकी राजु र सनिता जीटी परिवार पनि बगरे खेत बनाउनुभएको छ । भन्डै ८÷९ परिवारले यसरी नै आँधीखोलाले पुरेको खेत बिराएका छन् । केही गह्रामा मकै, तरकारी र कोदो रोप्दै छन् भने कही कही भर्खर उम्रदैछन् । तरकारी र अन्न लगाउन पनि सुरु गरेका छन्। वर्षौंदेखि बगर पल्टेको जग्गा मलिलो देखिएको छ ।

    ‘पहिला हामीले खेत रोप्थ्यौ यहाँ। खोलाले पुरेपछि बगरै बन्यो। भर्खर बनाएर खेत बनेपछि सिँचाइको व्यवस्था नभएकाले कोदो रोप्दैछु सनिता जीटीले भनिन्। पति र जेठाजुले खेतका ढुंगा उठाउँदै गरेका र दुई छोराले खेत खनेपछि उहाँले कोदो रोप्दै हुनुहुन्थ्यो ।

    स्नातक तहमा पढ्दै गरेका सञ्जीत जीटी पढाइ नभएका बेला खेत बनाउन पाउँदा खुसी देखिउनुभयो । लाखौं मूल्य बराबरको आफ्नो जग्गामा ढुंगा र बालुवाले पुरे बगर बनेको छ भन्ने सुन्दा नरमाइलो लाग्ने गरेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘कलेजमा अहिले पढाइ छैन । घरमा कति बस्नु । शीतल बेला पारेर खेत बिराउन आएको हुँ। निषेधाज्ञा पालना गर्दै सदुपयोग गरेको छु ।’
    एकाघरका दाजुभाइ र अर्काघरका आमा, बाबा र छोराहरू मिलेर वर्षौंदेखि बगरे जमिन खेतीयोग्य बनाउनु भएको हो । सुरुका समय डोजर, ट्याक्टरको प्रयोग गरी ढुंगा, गिटी, बालुवा पन्छाएपछि आफूहरू मिलेर खेती योग्य जमिन बनाएका छन् । बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदै सीमित व्यक्ति अथवा आफ्नै परिवार मात्र मिलेर काम गर्ने गरेको उहाँहरूको भनाइ छ ।

    २०५५ भदौ १३ गते रातिको बाढीका कारण वहाकोटको काउले, पुतलीबजारको वीरेन्द्रनगर, लाम्पाटा बजारका दर्जनौं घर बगाउनुका साथै आँधीखोला र अरौंदीखोला वरपरका सयौं रोपनी जग्गाहरू बगर बनेका थिए । बाढीसँगै बगेर सयौं पशुचौपायालगायत ५५ जना मानिसको निधन भएको जानकारहरू बताउँछन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.