Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आँधीखोलाको बगर खेतमा परिणत
    समाचार

    आँधीखोलाको बगर खेतमा परिणत

    Syangja SandeshBy Syangja SandeshJune 3, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २० जेठ । झन्डै २३ वर्षअघि खोलाले पुरेर बगर बनेको खेत अहिले खेतीयोग्य बनेको छ । पुतलीबजार नगरपालिका(१ मालेबगर नजिक लगनतुमस्थित बगरे जमिन अहिले खेतीयोग्य बनेको हो ।


    जिल्लामा लकडाउनको समयको सदुपयोग गर्दे जग्गाधनीले खेत बनाउने अभियानमा जुटेका हुन् । सीमित व्यक्ति र पारिवारिक सदस्य मिलेर बगर पन्छाएका हुन् । सुरुका केही दिन डोजर र ट्याक्टर प्रयोग गरिए भने पछिल्ला दिनमा आफैंले सम्याउँदै आएको खेतधनी चेतनारायण श्रेष्ठले बताउनुभयो ।

    ‘हाम्रो दुई रोपनी जग्गा, १८ मुरी माटो हो । धानसितै खोलाले पुरेको थियो । त्यतिबेला हामी यहाँ थिएनौं, चर्न बाहिर गएका थियौं । अहिले अलि निषेधाज्ञाले सबैलाई जुटायो, फुर्सद मिल्यो र दाजुभाइ मलेर खेत बनाउँदैछौं,’उहाँले भन्नुभयो ‘लामो निषेधाज्ञाको सदुपयोग गर्दैछौं ।

    २०५५ साल भदौ १३ गते रातको समयमा आएको विनाशकारी बाढीले आँधीखोला किनारका धेरै खेत पुरेको थियो । ती खेतमा ठूल्ठूला ढुंगा, गिटी र बालुवाका थुप्रा थिए । केहीले बगरमा खेती गरेका छन् भने केही त अझै बगरै छन् ।

    जिल्लामा तेस्रो पटक थपिएको निषेधाज्ञा जारी छ । ‘दिनमा घरबाट अनलाइन कक्षा लिएको छु । साँझ र बिहान शीतलको समयमा दाजुभाइ मिलेर खेतमा आउछौं । सकेका ढुंगा पन्छाउने गरेका छौं । शारीरिक व्यायाम पनि भएको छ । खेत पनि बनेको छ’ महेश श्रेष्ठ भन्नुहुन्छ ।

    श्रेष्ठ दाजुभाइसँगै उहाँका छिमेकी राजु र सनिता जीटी परिवार पनि बगरे खेत बनाउनुभएको छ । भन्डै ८÷९ परिवारले यसरी नै आँधीखोलाले पुरेको खेत बिराएका छन् । केही गह्रामा मकै, तरकारी र कोदो रोप्दै छन् भने कही कही भर्खर उम्रदैछन् । तरकारी र अन्न लगाउन पनि सुरु गरेका छन्। वर्षौंदेखि बगर पल्टेको जग्गा मलिलो देखिएको छ ।

    ‘पहिला हामीले खेत रोप्थ्यौ यहाँ। खोलाले पुरेपछि बगरै बन्यो। भर्खर बनाएर खेत बनेपछि सिँचाइको व्यवस्था नभएकाले कोदो रोप्दैछु सनिता जीटीले भनिन्। पति र जेठाजुले खेतका ढुंगा उठाउँदै गरेका र दुई छोराले खेत खनेपछि उहाँले कोदो रोप्दै हुनुहुन्थ्यो ।

    स्नातक तहमा पढ्दै गरेका सञ्जीत जीटी पढाइ नभएका बेला खेत बनाउन पाउँदा खुसी देखिउनुभयो । लाखौं मूल्य बराबरको आफ्नो जग्गामा ढुंगा र बालुवाले पुरे बगर बनेको छ भन्ने सुन्दा नरमाइलो लाग्ने गरेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘कलेजमा अहिले पढाइ छैन । घरमा कति बस्नु । शीतल बेला पारेर खेत बिराउन आएको हुँ। निषेधाज्ञा पालना गर्दै सदुपयोग गरेको छु ।’
    एकाघरका दाजुभाइ र अर्काघरका आमा, बाबा र छोराहरू मिलेर वर्षौंदेखि बगरे जमिन खेतीयोग्य बनाउनु भएको हो । सुरुका समय डोजर, ट्याक्टरको प्रयोग गरी ढुंगा, गिटी, बालुवा पन्छाएपछि आफूहरू मिलेर खेती योग्य जमिन बनाएका छन् । बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदै सीमित व्यक्ति अथवा आफ्नै परिवार मात्र मिलेर काम गर्ने गरेको उहाँहरूको भनाइ छ ।

    २०५५ भदौ १३ गते रातिको बाढीका कारण वहाकोटको काउले, पुतलीबजारको वीरेन्द्रनगर, लाम्पाटा बजारका दर्जनौं घर बगाउनुका साथै आँधीखोला र अरौंदीखोला वरपरका सयौं रोपनी जग्गाहरू बगर बनेका थिए । बाढीसँगै बगेर सयौं पशुचौपायालगायत ५५ जना मानिसको निधन भएको जानकारहरू बताउँछन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.