स्याङजा, ३० जेठ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा सडकखण्डको भालुपहाडमा खसेको पहिरो हटाएपछि यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ। बिहानदेखि अवरुद्ध सडक मध्यान्हदेखी संचालनमा आएको छ।
फेदीखोला गाउँपालिकाको वडा न २ स्थित रहेको भालुपहाडमा माथिबाट खसेको ढुगांसहितको ठूलो पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाले भन्नुभयोे ‘एकतर्फी खुले पनि माथिबाट ढुंगा, माटो खस्ने क्रम भने कायमै छ।’
करिब ८÷९ महिनादेखिको पहाड कटान र केही दिनदेखिका लगातार बर्षाका कारण पहिरो खसेको हो। राजमार्ग विस्तारका नाममा पहाडमा जथाभावी डोजर चलाएका कारण पहिरो गएको हो।
पोखराबाट सडक विभागको डोजर ल्याएर पहिरो पन्छाएपछि सडक खुलाइएको प्रहरीले जनाएको छ। पहिरो खसेर राजमार्ग अवरुद्ध बनेपछि यातायात सेवा मध्यान्हपछि एकतर्फी सुचारु भएको छ।
Friday, October 17
Trending
- प्रहरी दिवसका अवसरमा खुला रक्तदान
- खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
- भूमि आयोग पुनस्र्थापनाको माग
- बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
- गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
- सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
- ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
- कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन