काठमाण्डौं १५ साउन । भारतमा भ्रमणका क्रममा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्केनले तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिसँग भेटवार्ता गरेपछि चीनले कडा आपत्ति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाने तिब्बतको विषय सम्पूर्ण रुपमा चीनको आन्तरिक मामिला भएको र यसमा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार गर्न नसकिने बताउनुभयो । चीनले कुनै पनि विदेशी अधिकारी र दलाई लामाबीचको सम्पर्कको विरोध गर्ने उहाँले बताउनुभएको छ । अमेरिकाले आफ्नो प्रतिबद्धतामा कायम रहनुपर्नेमा पनि चीनले जोड दिएको छ । चीन आफ्नो हितको रक्षाका लागि हरेक कदम उठाउन तयार रहने विदेश मन्त्री झाओले बताउनुभयो ।
Thursday, September 4
Trending
- चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ
- स्याङ्जामा २२ करोडको लागतमा १५ शीतभण्डार
- इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै, पुतलीबजारमा शुक्रवार सार्वजनिक बिदा
- जडिबुटी उत्पादन र बजारीकरणको अध्ययन गर्न स्याङ्जाको टोली भारतमा
- लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
- गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
- नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
- मुआब्जा तथा क्षतिपूर्तिको माँग