Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 15
    Trending
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ४ वर्षपछि जनकपुरधाम नै प्रदेश २ को स्थायी राजधानी कायम
    प्रदेश २

    ४ वर्षपछि जनकपुरधाम नै प्रदेश २ को स्थायी राजधानी कायम

    Syangja SandeshBy Syangja SandeshJanuary 18, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जनकपुर ३ माघ । प्रदेश नम्बर २ ले ४ वर्षपछि स्थायी राजधानी पाएको छ । अस्थायी राजधानीको रुपमा रहेको जनकपुरलाई नै स्थायी राजधानीको रुपमा कायम गरिएको हो । दलहरूको साझा प्रस्तावको रुपमा जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाई मत प्राप्त भएपछि जनकपुरधाम नै स्थायी राजधानी कायम भएको हो ।

    प्रदेश सरकार गठन भएको ५ वर्ष हुनै लाग्दा प्रदेश नम्बर २ ले स्थायी राजधानी पाएको हो । तर, नाम भने अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकार गठन भएको बेला जनकपुर अस्थायी राजधानीको रुपमा कायम गरिएको थियो । प्रदेश सभामा हाल कायम रहेका १ सय ४ सदस्यमध्ये मतदानमा ९९ जना सहभागी थिए ।

    जसमध्ये जनकपुरधामको पक्षमा ७८ मत परेको थियो । दुई तिहाइभन्दा बढी मत परेकाले जनकपुरधाम नै स्थायी राजधानी कायम भएको सभामुख सरोज यादवले बताउनुभयो । राजधानीका लागि पनि जनकपुर र वीरगञ्जलाई केन्द्रमा राख्दै त्यसमा वरिपरिका विभिन्न क्षेत्र समेटेर ७ वटा नाम प्रस्ताव गरिएको थियो । तर, पुस १३ गतेको प्रदेश सभा बैठकले नाम र राजधानीको विषय टुङ्गो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको थियो ।

    प्रदेश सभाको त्यस दिनको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो । समितिको प्रस्ताव हिजोको प्रदेश सभा बैठकमा पेस भएको थियो । आजको प्रदेश सभामा सबै प्रस्तावकहरूको तर्फबाट परमेश्वर साहले प्रस्ताव पेस गरेपछि मतदान भएको थियो । सो प्रस्तावमा संसद्को दुई तिहाइ मत नआएमा दोस्रो प्रस्ताव र त्यसमा पनि दुई तिहाइ मत नआए तेस्रो प्रस्तावमा मतदान हुने समितिको सिफारिसमा उल्लेख थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मधेशको मुख्यमन्त्रीमा सरोज यादव

    January 11, 2023

    प्रदेश २ प्रमुखमा हरिशंकर मिश्र नियुक्त

    August 17, 2021

    प्रदेश २ मा ३३ अर्ब ७९ करोड बजेट

    June 15, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.