Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 1
    Trending
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    • ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा
    • पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक
    • वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र
    • हाजिरीजवाफ प्रतियोगितामा जनआदर्श मावि प्रथम
    • फरार कसुरदार ३८ वर्षपछि पक्राउ
    • स्याङ्जामा मनाइयो महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ४ वर्षपछि जनकपुरधाम नै प्रदेश २ को स्थायी राजधानी कायम
    प्रदेश २

    ४ वर्षपछि जनकपुरधाम नै प्रदेश २ को स्थायी राजधानी कायम

    Syangja SandeshBy Syangja SandeshJanuary 18, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जनकपुर ३ माघ । प्रदेश नम्बर २ ले ४ वर्षपछि स्थायी राजधानी पाएको छ । अस्थायी राजधानीको रुपमा रहेको जनकपुरलाई नै स्थायी राजधानीको रुपमा कायम गरिएको हो । दलहरूको साझा प्रस्तावको रुपमा जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाई मत प्राप्त भएपछि जनकपुरधाम नै स्थायी राजधानी कायम भएको हो ।

    प्रदेश सरकार गठन भएको ५ वर्ष हुनै लाग्दा प्रदेश नम्बर २ ले स्थायी राजधानी पाएको हो । तर, नाम भने अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकार गठन भएको बेला जनकपुर अस्थायी राजधानीको रुपमा कायम गरिएको थियो । प्रदेश सभामा हाल कायम रहेका १ सय ४ सदस्यमध्ये मतदानमा ९९ जना सहभागी थिए ।

    जसमध्ये जनकपुरधामको पक्षमा ७८ मत परेको थियो । दुई तिहाइभन्दा बढी मत परेकाले जनकपुरधाम नै स्थायी राजधानी कायम भएको सभामुख सरोज यादवले बताउनुभयो । राजधानीका लागि पनि जनकपुर र वीरगञ्जलाई केन्द्रमा राख्दै त्यसमा वरिपरिका विभिन्न क्षेत्र समेटेर ७ वटा नाम प्रस्ताव गरिएको थियो । तर, पुस १३ गतेको प्रदेश सभा बैठकले नाम र राजधानीको विषय टुङ्गो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको थियो ।

    प्रदेश सभाको त्यस दिनको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो । समितिको प्रस्ताव हिजोको प्रदेश सभा बैठकमा पेस भएको थियो । आजको प्रदेश सभामा सबै प्रस्तावकहरूको तर्फबाट परमेश्वर साहले प्रस्ताव पेस गरेपछि मतदान भएको थियो । सो प्रस्तावमा संसद्को दुई तिहाइ मत नआएमा दोस्रो प्रस्ताव र त्यसमा पनि दुई तिहाइ मत नआए तेस्रो प्रस्तावमा मतदान हुने समितिको सिफारिसमा उल्लेख थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मधेशको मुख्यमन्त्रीमा सरोज यादव

    January 11, 2023

    प्रदेश २ प्रमुखमा हरिशंकर मिश्र नियुक्त

    August 17, 2021

    प्रदेश २ मा ३३ अर्ब ७९ करोड बजेट

    June 15, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025

    पञ्चकन्याका ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक

    November 30, 2025

    वालिङमा प्रथम सडक खाना महोत्सव तयारी तिव्र

    November 29, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह

    November 30, 2025

    एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत

    November 30, 2025

    ग्रामिण स्वावलम्बन सहकारीको २३ औं वार्षिक साधारण सभा

    November 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.