स्याङ्जा, २८ कात्तिक । नेकपा एमाले स्याङजाले १० औं राष्ट्रिय महाधिवेसनका लागि स्याङजाबाट सहभागी हुने प्रतिनिधि छनौटको काम सम्पन्न गरेको जिल्लामा सहमतिका आधारमा महाधिवेसनमा सहभागी हुने प्रतिनिधिको नाम टुंग्याइएको एमालेले जनाएको छ।
स्याङ्जा क्षेत्र नं १ बाट सिफारिस हुनेमा नारायणप्रसाद मरासिनी, मिनप्रसाद गुरुङ, सुधिरकुमार पौडेल, विश्व पौडेल, दिपक लम्साल, इश्लाम मिया, सन्तोष के.सी., सीमा क्षेत्री, देवी थापा क्षेत्री र तारा शर्मा रहेका छन्।
यसैगरी स्याङ्जा क्षेत्र नं २ बाट सिफारिस हुनेमा सूर्यप्रसाद गैह्रे (पारस), मोहन रेग्मी, मुक्तिप्रसाद पाठक, खिमबहादुर थापा, किशोरबिक्रम मल्ल, उदयराज श्रेष्ठ, भूपराज अधिकारी, देवीसरा थापा, सरस्वतीदेवी भट्टराई र खगिसरा थापा हुन।
यसैगरी, उत्पिडिततर्फका मेघबहादुर सार्की, टेकु नेपाली, धनमाया वि.क. र दिपक वि.क चयन भएको नेकपा एमाले स्याङ्जाले जनाएको छ।
निर्वाचन समितिका अनुसार स्याङ्जाका दुबै क्षेत्रबाटगरी ८९ जनाको उम्मेदवारी परेको थियो। ती मध्ये खुलातर्फ १४ जना, महिलातर्फ ६ जना र उत्पीडिततर्फ ४ जनागरी २४ जना छनौट गरिएको निर्वाचन अधिकृत यादवराज शर्माले जानकारी दिनुभयो।
Thursday, July 17
Trending
- निबन्ध प्रतियोगितामा त्रिभुवन आदर्शका शौरबी प्रथम
- भानु जयन्तीमा साहित्यिकसभासंगै १ लाख १ रुपैयाको शान्ति साहित्यक पुरस्कार घोषणा
- अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
- आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
- लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
- कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
- पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
- स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज